Category: समाज

समाज

  • मुगुमा ३१ सय मेट्रिक टन स्याउ उत्पादन

    मुगुमा ३१ सय मेट्रिक टन स्याउ उत्पादन

    काठमाडौ । मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भने बाँकी मुगुमै खपत भएको छ ।

    मुगुका चारवटै स्थानीय तहमा रहेको स्याउ पकेट क्षेत्र छाँयानाथ रारा नगरपालिकाका बाम, रोवा, सोभा, घट्खोला, पिना, ताल्चा, कालापाल्त, लामाचौर, सोरु गाउँपालिकाको सोरुकोट, कालै, बुम्च, खत्याड गाउँपालिकाको सेरी, जाम, खमाले, कवा, कोटीला तथा मुगमकार्मा रोङ गाउँपालिकाको चिमाथ, पापु, माग्री लगायतका स्थानमा चारसय ५५ हेक्टर क्षेत्रफलमा कृषकले स्याउ खेती गरेका थिए ।

    जिल्ला भित्र उत्पादित स्याउ सरदर प्रतिकेजी ३५ रुपैयाँका दरले विक्री वितरण भएको थियो । २०८०/८१ मा स्याउ विक्रीबाट जिल्लामा ४७ लाख २५ हजार भित्रिएको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका परियोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख तेजविक्रम मल्लले जानकारी दिए ।

    ‘गएको भदौ–असोज महिनामा मात्र स्याउ र स्याउका चाना विक्री गरेर दुई लाख ५० हजार बढी आम्दानी गरें । मुख्य पेशा नै यही भएकाले जीविका यसैबाट चल्छ । अहिले स्याउ खरिदको लागि बगैँचामा नै व्यापारी आउने गरेका छन् ।

    कर्णाली राजमार्गको नाग्मा गमगढीको सडक खण्ड नियमित सुचारु हुँदा रारा आउने पर्यटकले समेत बोटबाटै स्याउ किनेर लैजान्छन’ छाँयानाथ रारा नगरपालिका–५ ताल्चाका कृषक हरी बहादुर रोकायाले भने ।

  • पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौ। सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

    गत जेठ २५ गते मकवानपुरको मनहरि गाउँपालिका–९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिइ मोटरसाइकलमा सवार हेटौँडा–८ निवासी निर्मला अधिकारीको मृत्यु भएपछि हालसम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन ।

    प्रहरीलाई पटक–पटक अनुरोध गर्दा समेत आफूहरूलाई बेवास्ता गरेको र हालसम्म मृतकको अन्तिम संस्कार गर्न नसकिएको भन्दै आफन्तहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।

    चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस २५ डीसी ०२१२ नम्बरको खाली ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ग७प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भएको दुर्घटनामा अधिकारीको ज्यान गएको थियो ।

    घटनापछि आफूहरूले प्रहरीलाई पटक–पटक अनुरोध गर्दा पनि सवारीधनीलाई हेटौँडा नझिकाइएको भन्दै आफूहरूले बाध्य भएर राजमार्ग अवरोध गर्नु परेको मृतकका आफन्त सपना श्रेष्ठले जानकारी दिइन ।

    मृतक अधिकारीको श्रीमान गत १८ वर्षबाट सम्पर्कमा नरहेको र मृतकको एक छोरी मात्र रहेको कारण न्यायको लागि आफूहरू आन्दोलित हुनुपरेको उनको भनाइ छ ।
    उनीहरूले हेटौँडा–९ को औद्योगिक क्षेत्र अगाडि राजमार्ग अवरोध गरेका हुन् । उक्त क्षेत्रमा अहिले प्रहरी पुगेको छ ।

     

  • तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा परी नौको मृत्यु

    तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा परी नौको मृत्यु

    काठमाडौं । तीर्थयात्री सवार बसमा आतंकवादीहरूले आक्रमण गरेपछि दुर्घटना हुँदा तीन महिला सहित नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।

    भारतको जम्मू कश्मीरको रियासी जिल्लामा आइतबार साँझ उत्तर प्रदेश र दिल्लीबाट तीर्थयात्रीहरू बोकेर गुडिरहेको बस आक्रमणपछि गहिरो खाडलमा खसेको थियो । बसमा रहेका तीन महिलासहित नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएकका छन् ।

    पोनी क्षेत्रको तेर्याथ गाउँ नजिकै कटरास्थित शिव खोरी मन्दिरबाट माता वैष्णो देवी मन्दिर जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका थिए । ५३ सिटको बस साँझ ६ बजेर १५ मिनेटमा गोली चल्न थालेपछि गहिरो खाडलमा खसेको थियो ।

  • रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु, तीन घाइते

    रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु, तीन घाइते

    काठमाडौ । रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

    दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको रुकुम पश्चिम प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।
    आइतबार साँझ खलङ्गाबाट बाँफिकोट जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पुयाइएको थियो । तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन् ।

    उनीहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।बाँफिकोटमा फाइबर नेट विस्तार गर्न गएका उनीहरु छिनखेतमा बस्दै आएका थिए ।

     

  • कोशी प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

    कोशी प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसकारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

    विभागका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

     

  • झोलुङ्गे पुलमा फसेका १३ खच्चडमध्ये ११ को सकुशल उद्धार, दुईवटाको मृत्यु

    झोलुङ्गे पुलमा फसेका १३ खच्चडमध्ये ११ को सकुशल उद्धार, दुईवटाको मृत्यु

    काठमाडौं । दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा पुलमै फसेका १३ वटा खच्चड उद्धार गरिएको छ । सुरुमा टुचनले पुल सोझ्याउन खोज्दा पनि धेरै लोड भएका कारणले नसकिँदा पुलको तार काटेर नदीमा खसालेर डुंगाबाट उद्धार गरिएको थियो ।

    फसेकामध्ये ११ वटाको सकुशल उद्धार गरिएको छ । लोड कम भएपछि ३ वटालाई तारको सहायताबाट नदीमा नखसालि पुलबाटै उद्धार गरिएको हो भने ८ वटालाई नदीमा खसालेर उद्धार गरिएको हो । बाँकी २ वटा नदीमा खस्दा ढुंगामा बजारिएपछि मृत्यु भएको दैलेख प्रहरी नायब उपरिक्षक (डीएसपी) सुनिल दाहालले बताए ।

    आइतबार बिहान करिब १० बजेको समयमा सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएका थिए । उक्त पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिदा खच्चड अड्किएको जिल्ला प्रशासन कार्यलय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताएका हुन् ।

    उक्त झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई पनि जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

     

  • २६७ जनालाई रोजगारीको प्रतिबद्धता

    २६७ जनालाई रोजगारीको प्रतिबद्धता

    काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सुर्खेत स्थित सिटी हलमा सञ्चालित मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन् ।

    मेलामा २६३ जनाले विभिन्न खालको रोजगारीको लागि आवेदन दिएका छन् । त्यसैले गरी नेपाल चेम्बर अफ कमर्सको समन्वयनमा २६७ रोजगारीको प्रतिबद्धता गरिएको छ ।मेलाको समापन कार्यक्रममा बोल्दै नेपाल चेम्बर अर्फ कमर्स कर्णाली प्रदेशका अध्यक्ष चिन्तामणी न्यौपानेले मेलाले कर्णाली प्रदेशमा रोजगारी सृजना गर्न सहयोग पुग्ने बताए ।

    मेलामा रोजगारदाता र श्रमिक बीच प्रत्यक्ष भेट हुँदा रोजगारीका विभिन्न आयामहरु खुलेको पनि उनले बताए । ‘यो मेला सुरुवात मात्रै हो । सरकारले यस्ता खालका मेलालाई निरन्तरता दिनुपर्छ’ उनले भने ।

    मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

    त्यस्तै, मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तराष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवंम आन्तरिक रोजगारीका विषयक कार्यशालाहरु सञ्चालन हुनेछन् । साथै वागिना एवंम लोक दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गर्नेछ । हुड्के नाच, झ्याउरे नाच, डेउडा समूहको प्रस्तुती थियो ।

    जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला सुर्खेतमा जेठ २५ र २६ गते सञ्चालन भएको थियो । २७ र २८ गते सुदुरपश्चिमको धनगढी र २९ र ३० गते बाग्मती प्रदेशको ललितपुरबाट मेला समापन हुनेछ ।

  • आज १२ औँ राष्ट्रिय कृषक दिवस मनाइदै

    आज १२ औँ राष्ट्रिय कृषक दिवस मनाइदै

    काठमाडौं । कृषि प्रधान देश नेपालमा आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइदै छ । देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

    राष्ट्रिय कृषक महासंघ नेपालले ‘‘मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौं’’ भन्ने नारासहित आइतबार दिवस मनाउँदै छ । विं सं २०७० साल देखि प्रत्येक वर्ष महासंघ अन्र्तगतको कृषक सेवा समितिले दिवस मनाउँदै आएको छ ।

    दिवसको अवसर पारेर देशभरका कृषि क्षेत्रमा लागेका उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने गरिन्छ भने, आधुनिक र विकसित कृषि प्रणालीबारे सचेतना दिने कार्यक्रमहरुको आयोजना पनि गरिन्छ ।

    राष्ट्रिय कृषक महासङ्घ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले विशेषगरी खाद्यान्न उत्पादन गरी मानव लगायतका प्रााणीको जीवन रक्षामा लागेका कृषि कर्मीलाई समय सापेक्ष कृषि प्रणालीको ज्ञान र सीप सिकाएर व्यवसायीक बनाउनुपर्नेमा जोड दिएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हाल ५० दशमलब १ प्रतिशत जनसंखया कृषिमा पेसामा आश्रित छन् ।

  • भक्तपुरमा वरिष्ठ पत्रकार बस्नेतसहित चार जना सम्मानित

    भक्तपुरमा वरिष्ठ पत्रकार बस्नेतसहित चार जना सम्मानित

    काठमाडौ । नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाले वरिष्ठ पत्रकार माथवरसिंह थापासहित चार जना पत्रकारहरुलाई सम्मान गरेको छ । शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापालाई नगद पाँच हजार रुपैयाँसहित वरिष्ठ पत्रकार सम्मानले अभिनन्दन गरिएको हो ।

    त्यस्तै, राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूर्णभक्त दुवाललाई १५ हजार रुपैयाँसहित स्व. भगवान, राजकुमार महर्जन स्मृति पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, ५/५ हजार नगदसहित चन्द्रकला क्षेत्री भगवतीलाई महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व. मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरिएको छ ।

    पुरस्कृत पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले पुरस्कृत गरे ।

  • चन्द्रौटामा नापी सर्वेक्षक घूसको रकमसहित पक्राउ

    चन्द्रौटामा नापी सर्वेक्षक घूसको रकमसहित पक्राउ

    काठमाडौं । कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका एक सर्वेक्षक सेवाग्राहीबाट घूस लिएको रकमसहित पक्राउ परेका छन् । सर्वेक्षक बेचनप्रसाद गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

    जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ उनले सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना पाएपछि आयोगको टोलीले पुगेको थियो । ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।

    नापी कार्यालयनजिकै उक्त रकमसँगै स्रोत नखुलेको ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिइएका उनका विषयमा थप अनुसन्धान भइरहेको आयोग प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।