चन्द्रौटामा नापी सर्वेक्षक घूसको रकमसहित पक्राउ

काठमाडौं । कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका एक सर्वेक्षक सेवाग्राहीबाट घूस लिएको रकमसहित पक्राउ परेका छन् । सर्वेक्षक बेचनप्रसाद गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ उनले सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना पाएपछि आयोगको टोलीले पुगेको थियो । ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।

नापी कार्यालयनजिकै उक्त रकमसँगै स्रोत नखुलेको ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिइएका उनका विषयमा थप अनुसन्धान भइरहेको आयोग प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१