Category: प्रविधि

प्रविधि

  • अब नेपालमा बनेको सवारी साधन पनि दर्ता हुने

    अब नेपालमा बनेको सवारी साधन पनि दर्ता हुने

    काठमाडौं । अब नेपालमा बनेको सवारी साधन पनि दर्ता हुने भएका छन् । यसभन्दा पहिले कानूनमा नेपालमा सवारी बन्ने कल्पनासमेत गरिएको थिएन ।

    यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था, कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता हुने व्यवस्था गरेको हो ।

    नेपालमा नै मोटरसाइकल, गाडी र स्कुटरको पार्टस् बन्दैन । विदेशबाट ल्याएको पार्टपूर्जाबाट एसेम्बल गरेर बाइक, गाडी र स्कुटर दर्ता हुने भएको हो ।

    अब नेपालमा एसेम्बलिङ गर्ने दर्ता अर्थात नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने भएको हो ।

  • चकचके एलन मस्क, ट्वीटरको नाम ‘टिटर’ राखे

    चकचके एलन मस्क, ट्वीटरको नाम ‘टिटर’ राखे

    काठमाडौं । अप्रिल २०२२ मा मस्कले ट्वीटरमा एक भोटिङ पोल तयार पार्दै ट्वीटरको नाम परिवर्तन गर्ने वा नगर्ने भन्ने कुरामा प्रयोगकर्तालाई भोटिङ गर्न अनुरोध गरेका थिए । जसमा ५६ प्रतिशत प्रयोगकर्ताले ट्वीटरको नाम परिवर्तन गर्ने कुरामा सहमति जनाएका थिए ।

    त्यसको एक वर्षमा मस्कले आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । उनले कम्पनीको नामबाट डब्लू’ अक्षर हटाएर कम्पनीको नयाँ नाम टिटर ९त्ष्ततभच० राखेको बताएका छन् ।

    अमेरिकाको सानफ्रान्सिस्को स्थित ट्वीटरको मुख्य कार्यालयमा रहेको साइनबोर्डमा कम्पनीको नाम परिवर्तन भएको छ । ट्वीटर शब्दबाट डब्लूु  अक्षर हटाएर कम्पनीको नाम टिटर राखेको मस्कको भनाइ छ ।

    ट्वीटरको मुख्यालयमा भएको बोर्डमा डब्लूु मेटिएको देखेपछि सामाजिक सञ्जालमा धेरैले उक्त फोटो फोटोशप गरिएको आशंका गरेका थिए । सोमबार मस्कले एक ट्वीट गर्दै कम्पनीको नामबाट डब्लूु मेटाइएको पुस्टि गरेका हुन् ।

    गत अक्टोबरमा ४४ अर्ब डलर तिर्दै मस्कले ट्वीटरको सम्पूर्ण स्वामित्व खरिद गरेका थिए । त्यसपछि विभिन्न परीक्षण गरिरहेका मस्कले केही दिनअघि अस्थायी रूपमा कम्पनीको लोगो नै परिवर्तन गरेका थिए ।

    लोगो परिवर्तन गरेर डजक्वाइन राखेको चार दिनमै मस्कले पुरानो लोगो कायम गरेका थिए । त्यसको दुई दिनपछि मस्कले पुनः कम्पनीको नाम परिवर्तन गरेका छन् ।

  • अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध

    अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध

    काठमाडाैं । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेसन’ प्रतिबन्ध लगाइएको हो ।

    देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै, उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने पनि बताएका छन्।

    यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्यान्डले उक्त एप्लिकेसनविरुद्ध प्रतिबन्ध लगाइसकेका छन्। युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ।

    चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ। अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी विवादमा छ। यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गरिरहेको छ।

    गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२०मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो। चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो। चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए।

    अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ। साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ । रासस/एपी

  • ट्वीटरकाे लाेगाे फेरियाे, चरा हटाएर कुकुर

    ट्वीटरकाे लाेगाे फेरियाे, चरा हटाएर कुकुर

    काठमाडाैं । सामाजिक सञ्जाल ट्विटरको लोगो फेरिएको छ । ट्विटरका मालिक एल‍न मस्कले उक्त प्लेटफर्मको लोगोबाट चरो हटाएर कुकुर राखेका छन् ।

    सोमबार रातिदेखि ट्विटरमा चरोको लोगो हटेर कुकुर देखिन थालेको हो । मस्कले लोगो परिवर्तन गरेको पुष्टि गरेका छन् ।

    सन् २००६ देखि सञ्चालनमा आएको ट्विटरको लोगो फेरिएको यो पाँचौँ पटक हो । यसअघि चारपटक लाेगाे फेरिँदा एक समानता थियाे । ती सबै चरोकै लोगो थिए, मात्रै प्रकार फरक थियाे ।

    ११ वर्ष पछि फेरिएको नयाँ लोगोमा पहिलोपटक चरोबाहेक अन्य जनावर राखिएको हो ।

    ट्विटर किनेपछि गत फेब्रुअरी १४ मा मस्कले ट्विटरको सीईओको कुर्सीमा कुकुरको फोटो राखी नयाँ सीईओ बताएका थिए ।

     

  • घट्याे आइफोनको मूल्य

    घट्याे आइफोनको मूल्य

    काठमाडौं । एप्पलले आइफोनको मूल्य घटाएको छ। कम्पनीले आइफोन- १४ प्रो र आइफोन- १४ प्रो म्याक्सको मूल्य घटाएको हो ।

    विश्व बजारमा निकै महङ्गो एवम् लोकप्रिय ब्राण्ड बनेको एप्पले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन- १४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ यसको मूल्य यसअघि १ लाख ९४ हजार ९९० थियो भने २५६ जिबी क्षमताको आइफोन- १४ प्रोको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ पुगेको छ यसको मूल्य यसअघि दुई लाख १४ हजार ९९० रहेको थियो ।

    त्यस्तै, १२८ जिबी क्षमताको आइफोन- १४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ छ यसअघि यसको मूल्य २ लाख १४ हजार ९९० थियो भने २५६ जिबी क्षमता भएको आइफोन- १४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७९० रुपैयाँ तोकिएको छ यसको यसअघिको मूल्य २ लाख ३४ हजार ९९० रहेको थियो। नेपाली बजारमा यस मूल्य बिक्रेता अनुसार २-४ हजार तलमाथि भएको पाइन्छ ।

    पछिल्लो समय अन्य फोनहरूमा पनि आइफोनकोभन्दा एड्भान्स फिचर आइरहँदा पनि यसको लोकप्रियतामा भने कुनै कमी देखिँदैन ।

    नयाँ मूल्यसँगै नेपालमा पनि आइफोन- १४ को विभिन्न मोडल खरिद गर्न सकिन्छ। पछिल्लो समय नेपालमा पनि आइफोन प्रयोगकर्ताहरू धमाधम बढीरहेका छन् ।

    नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि रहेको छ ।

  • साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय कार्यदल गठन

    साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय कार्यदल गठन

    काठमाडौं। नेपाल सरकारले साइबर सुरक्षासम्बन्धी एक उच्चस्तरीय कार्यदल गठन गरेको छ। सरकारी डेटा सेन्टर र वेबसाइटमा बारम्बार समस्या आउन थालेपछि मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले कार्यदल गठन गरेको हो। यसअघि गत सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यदल गर्ने निर्णय गरेको थियो।

    कार्यदलको संयोजकमा सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्वसदस्य जुद्धबहादुर गुरुङ छन्। गुरुङको साथमा साइबर सुरक्षाका विषय विज्ञका रूपमा बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम सदस्य छन्।

    कार्यदलमा नेपाल प्रहरी, नेपाली सेना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पनि प्रतिनिधि रहने जनाइएको छ। कार्यदललाई अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको समय उपलब्ध गराइएको छ।

  • ई-कमर्स कम्पनी भेषभुषा दोस्रो वर्षमा, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य

    ई-कमर्स कम्पनी भेषभुषा दोस्रो वर्षमा, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य

    काठमाडाैं । ब्युटी, फेसन तथा लाइफस्टाइल ई-कमर्स कम्पनी भेषभुषाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा गाला नाइट आयोजना गरेको छ ।

    गएकाे मंगलबार रोयल इभेन्ट बैंक्वयट तीनकुनेमा आयोजना भएको गाला नाइटमा प्रडक्ट प्रदर्शनी, फेसन लाइभ म्युजिक, नेपालमै पहिलो पटक सिनेम्याटिक फेसन शो, कल्चर फेसन शो लगायतका कार्यक्रम भएका थिए ।

    भेषभुषा दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना भएको मनोरञ्जनपूर्ण कार्यक्रम गाला नाइटमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा भेषभुषाले आफ्नो नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक गर्नुका साथै क्लोदिङ र लाइफस्टाइल क्याटेगोरीको ‘एफएलवाई’ नामक नयाँ ब्राण्ड समेत सार्वजनिक भएको छ ।

    कार्यक्रममा भेषभुषाका अध्यक्ष दिपक पाण्डेले एक वर्षको अवधिमा १५० अन्तर्राष्ट्रिय ब्राण्ड र १०० बढी नेपाली ब्राण्डसँग सहकार्य गर्न सफल भएको बताए ।

    ‘सौन्दर्य, पहिरन र जीवनशैलीसँग सम्बन्धित विश्वस्तरीय ब्राण्डहरुलाई उत्कृष्ट ई-वितरण प्रणालीसहितको बहुआयामिक ई-कमर्स प्लेटफर्म बनाउने गरी १ वर्ष अगाडि भेषभुषा स्थापना गरेका हौं,’ उनले भने, ‘एक वर्षको अवधिमा हामीले २५० स्वदेशी र विदेशी ब्राण्डसँग सहकार्य गरिसकेका छौं ।’

    भेषभुषाले आउँदो वैशाखदेखि टेलिभिजन शो समेत ल्याउँदै छ । यस कार्यक्रममा विभिन्न ब्राण्डका प्रडक्टहरू प्रर्दशनी हुनेछन् ।

    नेपाली भेषभुषा संस्कारलाई प्रवर्द्धन गर्न टेलिभिजन कार्यक्रम ल्याउन लागेको भेषभुषाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल बस्नेतले जानकारी दिए ।

    भेषभुषाले क्लोदिङको क्षेत्रमा आफ्नै उद्योग स्थापना गरेको छ । पछिल्लो समय नेपालमा पनि अनलाइनबाट किनमेल गर्ने प्रचलन बढ्दै छ । यस्तैमा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरीय सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामानहरू उपलब्ध गराउन १ वर्ष अगाडि भेषभुषा स्थापना भएको थियो ।

    एक वर्षमा ग्राहकहरूले देखाएको मायाले अझै हौसला मिलेको सीईओ बस्नेतले बताए । ‘ग्राहकबाट १ वर्षको अवधिमा अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएका छौं,’ उनले भने, ‘अब भेषभुषालाई देशभर विस्तार गर्ने योजना अनुसार अगाडि बढेका छौं ।

    अहिले अनलाइनबाट मात्रै सेवा दिइरहेको भेषभुषाले चाँडै नै आउटलेटबाट समेत सेवा दिने योजना बनाएको छ । भेषभुषाले काठमाडौं उपत्यकाभर निःशुल्क सामान डेलिभरी समेत गर्दै आएको छ ।

    नेपाली रैथाने सभ्यता र संस्कारको मौलिकता तथा सुगन्ध बोकेका नेपाली सामानहरु उत्पादन र प्रवर्द्धन गर्ने लक्ष्यसहित काम गरिरहेको अध्यक्ष पाण्डेले बताए । कम्पनीको प्लेटफर्ममा विदेशी प्रडक्ट उपलब्ध भएपनि अल्टिमेट लक्ष्य भनेको स्वदेशी प्रडक्टलाई प्रवर्द्धन गर्ने रहेको छ ।

    भेषभुषाको वेबसाइट (vesvusa.com) र मोबाइल एपबाट ब्युटी, फेसन तथा लाइफस्टाइल प्रडक्टहरू घरमै बसेर खरिद गर्न सकिन्छ । भेषभुषाले हाल एआई फिचरमा समेत काम गरिरहेको छ, जसले तपाईलाई कुन कपडा फिट हुन्छ भनेर बताउने छ ।

    गाला नाइटमा लेकमी, मामा अर्थ, सुगर, लोरेल, द ड्रिमा को, मिलि क्रियसन, फाइब्रो, योलो, टाइटन, फास्ट ट्रयाक, वरिफ्लेम, बेलाभिता, निभिया, फ्लाइ, झुम्का, क्याफिन, डेफी, रिभलन, मेबीलाइन न्यु योर्क, नुगा, रेजभोल लगायतका ब्राण्डको सहकार्य रहेको थियो ।

    कार्यक्रमको पावर्ड बाई पार्टनरमा फ्लाइ, को स्पोन्सर्डमा प्लस साइज नेपाल, हाम्रो पे र प्रभु लाइफ रहेका थिए भने यस बाहेक आइसिटी समाचार, वर्ल्डलिंक, पठाओ, टेक्सास कलेज, साझा डटकम, एकेडेमी अफ कमर्स, रेडमड कफी, संसारा रेमिट, नक्षेत्र लगायतका संस्थाको समेत सहकार्य रहेको थियो ।

  • रुपे इन्टरनेसनल कार्डहरु एससीटीमा आवद्ध संस्थाका एटीएममा प्रयोग गर्न सकिने

    रुपे इन्टरनेसनल कार्डहरु एससीटीमा आवद्ध संस्थाका एटीएममा प्रयोग गर्न सकिने

    काठमाडाैं । डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आवद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा चलाउन मिल्ने भएका छन् ।

    यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएम हरुमा प्रयोग गर्न सकिने भएको छ ।

    यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएम मार्फत सहजै कारोबार गर्न सक्नेछन् ।

    कम्पनीले यो सुविधा छिट्टै नै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ ।

    हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो ।

  • सबै सरकारी वेबसाइट अब एउटै स्वरुपमा, प्रणाली आजदेखि सञ्चालनमा

    सबै सरकारी वेबसाइट अब एउटै स्वरुपमा, प्रणाली आजदेखि सञ्चालनमा

    काठमाडौं । अब सबै सरकारी निकायका वेबसाइटहरु एकै स्वरुपमा देखिने भएका छन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ ।

    जसको शुभारम्भ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन् ।

    मन्त्रालयका अनुसार यस प्रणालीको प्रयोग गरी विकास गरिएका मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

    यो प्रणालीको प्रयोग गरी सरकारी निकायले सूचना प्रविधिमा दक्ष जनशक्ति नहुँदा समेत उपलब्ध जनशक्तिकै माध्यमबाट आफ्नो निकायको वेबसाइट सहजै, निःशुल्क र सुरक्षित रुपमा विकास गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

    अब निकायगत रुपमा वेबसाइट विकास, अध्यावधि र सपोर्टका लागि वर्षेनी हुने खचर्ए समेत बच्ने मन्त्रालयको भनाइ छ । सरकारी निकायले आफ्नो कार्यालयसँग सम्बन्धित सूचना तथा जानकराी सरल र सहज रुपमा प्रकाशनमा ल्याउन सक्ने भएका छन् ।

    नयाँ वेबसाइट अब अपाङ्गता मैत्री बन्ने भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वेबसाइटहरुको व्यापक अध्ययन र अनुसन्धानपछि योे प्रणाली विकास गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

  • नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या

    नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या

    काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोवाइलको नेटवर्कमा समस्या देखिएको छ ।

    सोमबार विहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिने, नेटवर्क आउने-जाने भइरहनेलगायतका समस्या देखिएको हो ।

    कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको, र त्यही कारण केही ठाउँमा समस्या देखिएको टेलिकमका प्रवक्ता शाेभन अधिकारीले जानकारी दिए ।