Category: फोटो न्यूज

फोटो न्यूज

  • विप्लवदेखि चित्रबहादुर केसीसम्मकाे दुस्साहस : सदनबाट पारित एमसीसी सडकबाट फाल्ने प्रयास (तस्बिरमा)

    विप्लवदेखि चित्रबहादुर केसीसम्मकाे दुस्साहस : सदनबाट पारित एमसीसी सडकबाट फाल्ने प्रयास (तस्बिरमा)

    काठमाडाैं । एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् ।

    खुला मञ्चमा विरोध सभा आयोजना गर्न अघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजनासमेत गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

     

  • संसद भवन अगाडि भेटिएकाे प्रेसर कुकर बम यसरी हुँदैछ ‘डिस्पाेज’ (तस्बिरमा)

    संसद भवन अगाडि भेटिएकाे प्रेसर कुकर बम यसरी हुँदैछ ‘डिस्पाेज’ (तस्बिरमा)

    काठमाडाैं । काठमाडौंको बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएकाे छ ।

    संसद भवनअगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।

    उक्त प्रेसर कुकर बम डिस्पाेज गर्न लागिएकाे छ ।

  • नयाँ बानेश्वरमा सम्भावित मुठभेड रोक्ने तयारी हेर्नुहाेस् तस्बिरमा

    नयाँ बानेश्वरमा सम्भावित मुठभेड रोक्ने तयारी हेर्नुहाेस् तस्बिरमा

    काठमाडाैं । सरकारले अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदमा पारित गर्ने भएपछि नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

  • रुसी सेनाले आक्रमण गरेपछि युक्रेनकाे अवस्था देखाउने केही तस्बिर

    रुसी सेनाले आक्रमण गरेपछि युक्रेनकाे अवस्था देखाउने केही तस्बिर

    रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ ।

    बिहीबार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन् ।

    शुक्रबार पनि रुसले आक्रमणलाई निरन्तरता दिएकाे छ । शुक्रबार रुसी सेना राजधानी किएभमा प्रवेश गरेकाे छ ।

  • २० तस्बिरमा हेर्नुहाेस् रुसी आक्रमणपछि युक्रेनकाे अवस्था

    २० तस्बिरमा हेर्नुहाेस् रुसी आक्रमणपछि युक्रेनकाे अवस्था

    काठमाडाैं । रूसले सैन्य आक्रमण सुरू गरेपछि युक्रेनकाे अवस्था भयावह भएकाे छ ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । पुटिनको घोषणापछि राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ । अन्य सहरमा पनि आक्रमण गरिएकाे छ ।

  • तस्बिरमा हेरौँ नयाँ बानेश्वरमा प्रदर्शनकारी रोक्ने चटारो

    तस्बिरमा हेरौँ नयाँ बानेश्वरमा प्रदर्शनकारी रोक्ने चटारो

    काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध प्रदर्शन भइरहेकाे छ ।

    विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । बानेश्वर क्षेत्रमा मात्रै २४ सय प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको छ ।

    सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् ।

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजीसहित र्‍यालीसहित प्रदर्शन गर्दै संसद् भवन नयाँ बानेश्वरमा भेला भएका छन् ।

    प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा एमसीसी छलफल हुने कार्यसूची छ ।

  • तस्बिरमा केपी शर्मा ओलीकाे जन्मदिन

    तस्बिरमा केपी शर्मा ओलीकाे जन्मदिन

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नाे ७१औं जन्मदिन मनाएका छन् ।

    जन्मदिनकाे अवसरमा अध्यक्ष ओलीले आफ्नाे बारेमा लेखिएकाे ‘समवेत द‍ृष्टि’ नामक पुस्तककाे लाेकार्पणसमेत गरेका छन् । भक्तपुरमा आयाेजित कार्यक्रममा अध्यक्ष ओली, उनका बुवा माेहनप्रसाद ओली र उनकी धर्मपत्नी राधिका शाक्यले एकसाथ लाेकार्पण गरेकी हुन् ।

    ओलीकाे जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीका पुत्रका रूपमा तेह्रथुमको इवा गाउँमा २००८ फागुन ११ गते भएको हो । अध्यक्ष ओली हाल अहिले भक्तपुरकाे बालकाेटमा बस्ने गरेका छन् ।

    हेर्नुहाेस् तस्बिर :

  • एमसीसी र प्रहरी दमनविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (फाेटाेफिचर)

    एमसीसी र प्रहरी दमनविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (फाेटाेफिचर)

    काठमाडाैं । अमेरिकी सहयाेग परियाेजना एमसीसीकाे विराेध र आन्दोलनकारीमाथि प्रहरीको कुटपिटविरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे छ ।

    साेमबार काठमाडाैंकाे माइतीघरमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे हाे ।

  • १० तस्बिरमा ‘रणभूमी’ बनेकाे बानेश्वर क्षेत्र

    १० तस्बिरमा ‘रणभूमी’ बनेकाे बानेश्वर क्षेत्र

    काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएपछि काठमाडाैंकाे नयाँ बानेश्वर क्षेत्र आज रणभूमीमा परिणत भएकाे थियाे ।

    एमसीसीकाे विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए ।

    शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएपछि एमसीसी विरोध प्रदर्शनले उग्र रुप लिएकाे थियाे ।

  • सात तस्बिरमा तनाबग्रस्त नयाँ बानेश्वर

    सात तस्बिरमा तनाबग्रस्त नयाँ बानेश्वर

    काठमाडाैं । प्रतिनिधिसभाको आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गरिने भएपछि सडकमा प्रदर्शन चर्किएको छ ।

    एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको हो ।

    प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरेको छ । प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्ने प्रयास गरेका छन् । केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।