काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नाे ७१औं जन्मदिन मनाएका छन् ।
जन्मदिनकाे अवसरमा अध्यक्ष ओलीले आफ्नाे बारेमा लेखिएकाे ‘समवेत दृष्टि’ नामक पुस्तककाे लाेकार्पणसमेत गरेका छन् । भक्तपुरमा आयाेजित कार्यक्रममा अध्यक्ष ओली, उनका बुवा माेहनप्रसाद ओली र उनकी धर्मपत्नी राधिका शाक्यले एकसाथ लाेकार्पण गरेकी हुन् ।
ओलीकाे जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीका पुत्रका रूपमा तेह्रथुमको इवा गाउँमा २००८ फागुन ११ गते भएको हो । अध्यक्ष ओली हाल अहिले भक्तपुरकाे बालकाेटमा बस्ने गरेका छन् ।
हेर्नुहाेस् तस्बिर :