Category: प्रविधि

प्रविधि

  • चाडपर्वको अवसरमा शाओमीको मोवाइल फोनहरुमा विशेष छुट

    चाडपर्वको अवसरमा शाओमीको मोवाइल फोनहरुमा विशेष छुट

    काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ ।

    चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

    यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साविकभन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफरसँग यहाँहरुको चाडपर्वको माहोल अझ रोमान्चक बन्ने छ ।’

    यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको POCO M5 मा रु. ५०० सम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् ।

    सीमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागू हुनेछ ।

     

  • दसैंँको लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

    दसैंँको लागि कोका–कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

    काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ ।

    दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँको लागि अत्यन्तै उपयुक्त छन् ।

    कोका–कोला बोतलको लेबलमा भएको त्तच् कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन् । यसको साथै उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्ने मध्य ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्नेछन् ।

    उक्त सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले भने, ‘दसैंँको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ । यो वर्ष मैले कोका–कोलासँग मिलेर दसैंँमा खाइने ५ विशेष परिकारहरुको रेसिपी यहाँँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु । आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ । यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला ।’

    यस्तै, कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ । त्यसैले वहाँँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसैंँ विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ । हामीलाई आशा छ वहाँँहरुले पनि यी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ ।’

    कोका–कोलाले यो वर्षको आफ्नो दसैंँ क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो । “सम्बन्ध उत्सव स्वादसँग” थिम राखिएको यो क्याम्पेनले दसैंँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।

  • नाडा ईभी एक्स्पोमा टाटा मोटर्स प्रदर्शनीको आज अन्तिम दिन, अवलोकनकर्ताकाे यस्तो प्रतिक्रिया

    नाडा ईभी एक्स्पोमा टाटा मोटर्स प्रदर्शनीको आज अन्तिम दिन, अवलोकनकर्ताकाे यस्तो प्रतिक्रिया

    काठमाडौ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्स्पोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएको देखियो । जसमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राईम पनि थियो ।

    पहिलो दिन नाडा ईभी एक्स्पोको उद्घाटन संगै नेक्सन ईभी प्राईम सार्वजनिक गरियो । जसमा अवलोकन गर्न आइपुग्नु भएका ग्राहकहरुको एकदम उत्साहजनक प्रतिक्रिया पाईयो । “न्यु फरेभेर“ को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन् ।

    “हामीले ईभी हेर्न आउनु हुने ग्राहकहरुमा गाडीको प्रविधि र बिक्रि पश्चातका सेवा सुविधा बारे बुझ्न आउनुहुनेहरुलाई भेट्यौं । जहाँ गाडीको बारे उहाँहरु आफै जानकार हुनुहुन्थ्यो । गाडीको मूल्य भन्दा पनि चार्जिंग एप, चार्जिंग स्टेसन, चार्जर, र सर्भिसिंगको जिज्ञासा राख्नेहरुको जमात निकै भेटियो । ”, सिप्रदीका कर्मचारी भन्छन् ।


    बिहिबार शुरु गरिएको ईभी एक्स्पो चार दिन सम्म चलेकोमा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता भेटियो । काठमाडौँ स्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका थिए ।
    “त्यसैगरि ईभी मै स्पेयर टायर का साथ् मा चार्जिंग बक्स र चार्जिंग किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटें मैले त। गाडी त निकै बलियो र राम्रो छ, चाडैं घर लैजान पाएको भए अझै रमाइलो हुने थियो । “, नाडा ईभी एक्स्पो बीच भेटिएका अवलोकनकर्ता भने ।

  • नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता

    नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता

    काठमाडौं । नेपाल टेलिभिजनले समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आव्हान गरेको छ ।

    नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको हो ।

    सूचना अनुसार नेपाली समाचार प्रस्तोता ७ जना र अंग्रेजी समाचार प्रस्तोता ३ जना मागिएको छ ।

    उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

    समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई ग्राह्यता दिइने पनि नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ ।

    हेर्नुहाेस् सूचना :

  • अफगानिस्तानमा टिकटक र पब्जी एपसहित दुई करोड ३० लाख बढी वेबसाइट बन्द

    अफगानिस्तानमा टिकटक र पब्जी एपसहित दुई करोड ३० लाख बढी वेबसाइट बन्द

    काठमाडाैं । अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसहित पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको बताएका हुन् ।

    मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरुको भनाइ छ। प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ ।

    अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो । तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो ।

    तालिबान सरकारका सञ्चार मन्त्री नाजिबुल्लाह हक्वानीले भने, ‘हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेबसाइट बन्द गरेका छौँ, एउटा बन्द गर्‍यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।’

  • चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा विशेष छुट, कुन माेबाइललाई कति ?

    चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा विशेष छुट, कुन माेबाइललाई कति ?

    काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ ।

    नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।

    यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।’

    यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १००० रुपैँया र रेडमी नोट १२ सिरिजमा ३००० सम्म को कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमित अवधिको लागि असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ ।

  • भिभोले ल्यायो नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२

    भिभोले ल्यायो नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२

    काठमाडौं । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू– वाई३५ र वाई२२ सार्वजनिक गरेको छ ।

    वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्नेछन् । स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई२२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुनेछन् ।

    नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । हामीले भिभो वाई३५ र वाई२२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।’

    स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई थप सहज र निर्बाध अनुभवको लागि विस्तारित र्‍याम ३.० अर्थात ८जीवी र्‍याममा थप ८जीवी सम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५००० एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ ।

    यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेरा विशेषताहरु छन् जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ र बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र आश्चर्यजनक पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ ।

    भिभो वाई२२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्दछ । वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीद्वारा संचालित छ ।

    वाई२२ मा ५०एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरू लिन सकिन्छ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । त्यस्तै मल्टि स्टाइल पोट्र्रेटले धेरै पोट्र्रेट स्टाइलहरु समावेश गर्दछ ।

    दुबै वाई३५ र वाई२२, वाई सिरिजका नयाँ स्मार्टफोनहरू हुन् जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेशका कारण होल्ड गर्न सहज छन् । २.५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ ।

    वाई३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरमा रु ३०,९९९ मा उपलब्ध छ । त्यस्तै ४जीवी र्याम र ६४जीवी रोम भएको वाई२२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा रु २२,९९९ मा उपलब्ध छ ।

  • टेलिकमले निःशुल्क इ–सिम वितरण गर्दै, यस्ता छन् सुविधा

    टेलिकमले निःशुल्क इ–सिम वितरण गर्दै, यस्ता छन् सुविधा

    काठमाडाैं । नेपाल टेलिकमले शुक्रबारदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो ।

    इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ ।

    नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने छ । नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई तत्काललाई इ–सिम उपलब्ध नभए पनि निकट भविष्यमै उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

    इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ । इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

    यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

    मोबाइल सेटबाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिने प्रवक्ता अधिकारीले जानकारी दिए ।

     

  • रियलमीको सबैभन्दा सुपथ मूल्यको छन् स्मार्टफोन 9i 5G नेपाली बजारमा

    रियलमीको सबैभन्दा सुपथ मूल्यको छन् स्मार्टफोन 9i 5G नेपाली बजारमा

    काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मूल्यको 5G स्मार्टफोन रियलमी 9i 5G लन्च गरेको छ । यो स्मार्टफोनमा 2.4GHz को गतिमा सञ्चालन हुने अक्टा–कोर CPU रहेको छ । यसमा 5G नेटवर्कको 5G डुअल सिम डुअल स्ट्यान्डबाइमा राख्न मिल्छ ।

    लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिष गिरीले भने, ‘हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको 5G लाई धेरै भन्दा धेरै उपभोक्तामा पुर्‍याउनु हो र यसै सिलसिलामा हामीले 9i 5G नेपाली बजारमा ल्याएका छौँ ।’

    उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचर्स र डिजाईनकोे राम्रो अनुभव लिने आशा पनि उनले राखे । उनले भने, ‘अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलब्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।’

    ५००० mAH को शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा HD प्राइमरी क्यामरा सहितको ५० एमपिको AI ट्रिपल क्यामरा रहेको छ ।

    यसको साथै, यसमा भएको डाइनामिक र्‍याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल र्‍याम थप्न मिल्छ । साथै, यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ ।

    रियलमी 9i 5G भदौ २८ गतेबाट दराजलगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ ।

  • नोकिया G11 प्लस : सुलभ मूल्यमा दीर्घायू र उत्कृष्ट मोबाइल

    नोकिया G11 प्लस : सुलभ मूल्यमा दीर्घायू र उत्कृष्ट मोबाइल

    काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया G11 प्लस सर्वजनिक गरेको छ। G–सेरिजको सफलता संगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ।

    एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भन्छन्, ‘प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन् । नयाँ नोकिया G11 प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने तीन दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ । हामी हाम्रो गुणस्तरीय निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौँ ।’

    इण्डस्ट्री–लिडिङ अपडेटहरू

    अरु स्मार्टफोनहरु भन्दा दुई गुणा धेरै सुरक्षा अपडेटहरू भएको नोकिया G11 प्लसले तपाईंको अनलाइन गतिविधिहरू हरदम सुरक्षित छन् भन्ने सुनिश्चित गर्दछ । यसमा फिंगरप्रिन्ट र फेस अनलक दुबै समर्थन गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ।

    यसमा प्रयोगकर्ताहरुको इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरू अनि भर्खरको एन्ड्रोइड १२ को सबै सुबिधाहरु लिन सक्नुहुन्छ । नोकिया G11 प्लसको साथमा आएको दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ नयाँ एन्ड्रोइड संस्करणले ल्याउने नयाँ सुविधाहरू र नवीनताहरू प्रयाेग गर्न सकिन्छ।

    प्रिमियम डिजाइन

    नोकिया G11 प्लस स्लिम नर्डिक डिजाइनमा तीन दिन लगातार चल्ने ब्याट्री जडान गरिएको छ जसले तपाईंलाई पूरै हप्ता बिना कुनै चिन्ता फोन प्रयोग गर्न मद्दत गर्दछ ।

    नोकिया फोनहरूमा मात्र उपलब्ध सुपर ब्याट्री सेभरले तपाईंलाई आवश्यक परेको बेलामा थप केही घण्टाको प्रयोग सुनिस्चित गर्दछ। पोली कार्बोनेट बडी भएको फ्लिप कलर फिनिशमा उपलब्ध यो फोनमा प्रकाशको अवस्था अनुसार रंग परिवर्तन हुन्छ।

    उत्कृष्ट फोटोग्राफीको लागि उत्कृष्ट क्यामेरा

    यसमा रहेको AI टेक्नोलोजिद्वारा सहयोग गरिएको 50MP क्यामेराले प्रयोगकर्तालाई यादगार पलहरु कम प्रकाशमा पनि सहज रूपमा खिच्न मद्दत गर्दछ । G–सिरिजमा रहेको ९० Hz पावरको साथ तस्बिरहरु प्रस्ट देखिनुको साथै ६.५” HD डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट तस्बिरहरू सुनिश्चित गर्दछ।

    मूल्य र उपलब्धता

    ३/६४ GBको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. १९,४९९ रहेको छ । निलो रंगमा उपलब्ध नोकिया G11 प्लस नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।