• २०८३ असार १३
  • 2026 June 27, Saturday

चाडपर्वको अवसरमा शाओमीको मोवाइल फोनहरुमा विशेष छुट

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ ।

चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साविकभन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । आशा छ यस अफरसँग यहाँहरुको चाडपर्वको माहोल अझ रोमान्चक बन्ने छ ।’

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको POCO M5 मा रु. ५०० सम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् ।

सीमित अवधिको लागि मान्य यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागू हुनेछ ।