
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मूल्यको 5G स्मार्टफोन रियलमी 9i 5G लन्च गरेको छ । यो स्मार्टफोनमा 2.4GHz को गतिमा सञ्चालन हुने अक्टा–कोर CPU रहेको छ । यसमा 5G नेटवर्कको 5G डुअल सिम डुअल स्ट्यान्डबाइमा राख्न मिल्छ ।
लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिष गिरीले भने, ‘हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको 5G लाई धेरै भन्दा धेरै उपभोक्तामा पुर्याउनु हो र यसै सिलसिलामा हामीले 9i 5G नेपाली बजारमा ल्याएका छौँ ।’
उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचर्स र डिजाईनकोे राम्रो अनुभव लिने आशा पनि उनले राखे । उनले भने, ‘अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलब्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।’
५००० mAH को शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा HD प्राइमरी क्यामरा सहितको ५० एमपिको AI ट्रिपल क्यामरा रहेको छ ।
यसको साथै, यसमा भएको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल र्याम थप्न मिल्छ । साथै, यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ ।
रियलमी 9i 5G भदौ २८ गतेबाट दराजलगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ ।