Category: फोटो न्यूज

फोटो न्यूज

  • चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा (तस्बिरहरु)

    चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा (तस्बिरहरु)

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सुरु गरेको छ ।

    सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडा दशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल संचालनमा ल्याएको हो ।

    उक्त पसलमा आवश्यक सबै खाद्यन्नको वस्तुहरु बाहिरभन्दा न्यूनमूल्यमा विक्रि गर्ने गरिएको छ ।

     

  • नागरिक सरकारको तयारीमा शीतल निवास: तैनाथ छन् नेपाली सेना (फोटोफिचर)

    नागरिक सरकारको तयारीमा शीतल निवास: तैनाथ छन् नेपाली सेना (फोटोफिचर)

    नागरिक सरकार गठन गर्ने सन्दर्भमा राष्ट्रपति निवास शीतल निवासमा निरन्तर संवाद जारी छ । भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

     

  • काठमाडाैंमा सेनाको सुरक्षा र चेकजाँच (तस्बिरहरु)

    काठमाडाैंमा सेनाको सुरक्षा र चेकजाँच (तस्बिरहरु)

    गत सोमबार र मंगलबारको आन्दोलनले प्रभावित भएका सर्वसाधारणहरु नियमित काममा फर्किने प्रयास गरिरहेका छन् ।

    आज नेपाली सेनाले कर्फ्यूको आदेश दिएपनि अत्यावश्यक कामका लागि आवतजावतका लागि सहज बनाएको छ । सहज बनाएसँगै रत्नपार्क, सुन्धारा क्षेत्रमा मानिसहरुको चहलपहल बढेकाे छ ।

     

  • यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु (तस्बिरहरु)

    यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु (तस्बिरहरु)

    काठमाडौं । काठमाडौंको थापाथलि स्थित विभिन्न गाडिका सोरुम पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

    मंलबार जेनजीहरुको आन्दोलनमा सहभागी युवाहरुले तोडफोड सहित आगजनी गरेका थिए । हुन्डाई, टाटा, महिन्द्रा, सुजुकी, सिजी मोटर्स आदी कम्पनिका सोरुममा आन्दोलनकारीले आगो लगाएका थिए ।

     

  • सिंहदरबारमा आगलागी, तर पृथ्वीनारायणको सालिक यथावत् (तस्बिरहरू)

    सिंहदरबारमा आगलागी, तर पृथ्वीनारायणको सालिक यथावत् (तस्बिरहरू)

    आन्दोलनकारीले सिंहदरबारमा भीषण आगजनी हुँदा पनि, नेपालको एकताको प्रतीक पृथ्वीनारायण शाहको सालिक सतीसाल जस्तै अडिग भएर उभिएको देखिएको छ। आन्दोलनकारीहरुले शालिक जोगाएका छन् । धुवाँ र भग्नावशेषको बीचमा शालिक सुरक्षित देखिन्छ ।

     

  • जेन-जी काे प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरू)

    जेन-जी काे प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरू)

    भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्ने क्रममा ब्यारीकेड तोडेका हुन्।

    भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।

  • तस्बिरमा हेर्नुहाेस् बानेश्वरतर्फ अघि बढेकाे जेन–जीको जुलुस

    तस्बिरमा हेर्नुहाेस् बानेश्वरतर्फ अघि बढेकाे जेन–जीको जुलुस

    भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।

    जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावाद , केपी चोर देश छोड जस्ता नाराहरु लगाइरहेका छन् ।

    हेर्नुस् तस्बिर :

  • पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, द क्लिफ प्रालिले दियो निशुल्क ओहोरदोहोरको सहायता !

    पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, द क्लिफ प्रालिले दियो निशुल्क ओहोरदोहोरको सहायता !

    बाग्लुङ्ग नगरपालिका -१३ कालाखोलामा ठूलो पहिरो झर्दा अवरुद्ध भएको कालिगण्डकी करिडोरका कारण बाग्लुङका बिभिन्न स्थानमा जान यात्रुहरुलाई समस्या भएपछि ‘द क्लिफ प्रालि’ ले सहयोग गर्ने भएको छ।

    पहिरोले आवतजावतमा समस्या बनाएपछि कम्पनीले परिचयपत्रका आधारमा आफुले संचालन गरेको पुलबाट १ महिनाको लागि निशुल्क ओहोरदोहोरको ब्यबस्था गरिदिएको हो।

    यस क्षेत्रमा वर्षायाममा बर्सेनी पहिरोले दुख दिँदै आएको छ र द क्लिफले उक्त अबस्थामा निशुल्क ओहोरदोहोरको ब्यबस्था गर्दै आएको छ।

  • लिङ्दे खोलामा बाढीपछि हराएका व्यक्तिहरुको खोज तथा उद्धार गरिदैँ (तस्बिरहरु)

    लिङ्दे खोलामा बाढीपछि हराएका व्यक्तिहरुको खोज तथा उद्धार गरिदैँ (तस्बिरहरु)

    रसुवा । रसुवा जिल्लाको लिङ्दे खोलामा असार २४ गते आएको बाढीपछि हराएका व्यक्तिहरूको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएका छन्।

    बाढीपछि नदी आसपासका क्षेत्रहरू जोखिमपूर्ण बनेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ भने हराइरहेका व्यक्तिहरूको खोजीका लागि सुरक्षाकर्मीहरू संयोजनमा परिचालित भएका छन्।

  • मन्त्री घुस प्रकरणमा माओवादीको प्रश्न :प्रधानमन्त्रीको टुक्काले पुग्छ कि अनुसन्धान हुनुपर्छ?

    मन्त्री घुस प्रकरणमा माओवादीको प्रश्न :प्रधानमन्त्रीको टुक्काले पुग्छ कि अनुसन्धान हुनुपर्छ?

    प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारका दुई मन्त्रीको अडियो प्रकरणबारे कडा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको घुस सम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद राईले सरकार किन मौन छ भनेर संसदमा प्रश्न गरिन्।

    “प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको ‘म घुस लिँदिन, अरूलाई लिन दिन्न’ भन्ने टुक्काले मात्रै पुग्छ कि कानुनी र नैतिक जवाफदेही पनि आवश्यक छ?” भन्दै उनले थपिन्, “घुस डिल त केवल सामान्य प्रशासन मन्त्रीको मात्र नभएर प्रधानमन्त्रीको नैतिकताको सवाल पनि हो।”

    राईले मालपोत कार्यालय र भूमि आयोग कास्कीमा भएको भनिएको सरुवा सेटिङ प्रकरण पनि उठाउँदै, यस्ता गम्भीर अडियोहरू सार्वजनिक भइरहँदा चुप लागेर बस्नु उपयुक्त नहुने बताइन्। उनले सभामुखसँग प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिन माग गरिन्।