Category: समाज

समाज

  • ‘ग्रे मार्केट’ फस्टाउँदा मोबाइलका वैध कारोबारी संकटमा

    ‘ग्रे मार्केट’ फस्टाउँदा मोबाइलका वैध कारोबारी संकटमा

    काठमाडौं । भन्सार छलेर भित्रिने मोबाइल सेटको बढ्दो बजारले वैध कारोबारी संकटमा परेको व्यवसायीहरुले बताएका छन् । नेपाल मोबाइल ब्यवसायी महासंघको शुक्रबार सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभामा व्यवसायीले ‘ग्रे मार्केट’ निरुत्साहित गर्न सरकारको सक्रियता नदेखिएको बताए ।

    महासंघ अध्यक्ष भरत भट्टराईले भन्सार छली गरेर भित्रने ग्रे फोनका कारण नेपाली मोबाइलको कारोबारको अवस्था बिग्रिएको तथा त्यसले देशको राजस्वमा समेत असर गरिरहेको बताए ।

    ‘अहिले ग्रे फोनले नेपाली मोबाइल व्यवसायीहरु मारमा छन् । भन्सार छलेर भित्रिने मोबाइलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा वार्षिक अबौं रुपैंयाँ घाटा भइरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ,’ उनले भने ।

    मोबाइल सेट नियमनको प्रणाली एमडीएमएसलाई प्रभावकारी बनाएर सरकारले गैरकानुनी कारोबार नियन्त्रण गर्नुपर्ने महासंघको माग रहेको उनले बताए । सरकारले एमडीएमएसको प्रणाली ल्याइसकेको छ तर, सञ्चालन भने प्रभावकारी छैन । उक्त प्रणालीले अवैध सेट नियमन गर्ने भए पनि सरकारले ध्यान नदिएको गुनासो व्यवसायीको छ ।

    नेटवर्कको स्तरीकरणसँगै मुलुकमा स्मार्टफोनको प्रयोग ह्वात्तै बढेको छ । प्रयोग बढ्दा बजार पनि विस्तारित भइरहेको छ । मोबाइल सेटकै वैध आयातमा पनि परिमाण बढेको भन्सार विभागको तथ्यांक छ ।

    विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा मात्रै २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख २८ हजार ६ सय ६४ थान मोबाइल आयात भएको छ । यसअघि आव ०७९/८० मा २४ अर्ब ३९ करोड ६७ लाख ७८ हजार रुपैयाँ बराबरको १५ लाख ६९ हजार ५९६ थान मोबाइल आयात भएको थियो ।

    व्यवसायीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आश्वस्त पार्दै नियमनको प्रणाली सक्रिय गराउन सरकार सकारात्मक रहेको बताइन । अवैध कारोबार रोक्न व्यवसायीकै अग्रसरता अपेक्षित रहेको पनि उनले उल्लेख गरिन् ।काठमाडौमा जारी महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दैछ । महाधिवेशनमा ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी छन् ।

  • नेपाल बैंकले दियो प्रहरी स्कुललाई ३० लाखको छात्रवृत्ति

    नेपाल बैंकले दियो प्रहरी स्कुललाई ३० लाखको छात्रवृत्ति

    काठमाडौं । प्रहरी विद्यालयका लागि नेपाल बैंक लिमिटेडले ३० लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेको छ । ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ का लागि बैंक र नेपाल प्रहरीबीच शुक्रबार सम्झौता भएको हो ।

    प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख एसएसपी रेवती ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौतापत्र आदानप्रदानसँगै सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रूपैयाँको चेक एसएसपी ढकाललाई हस्तान्तरण गरे ।कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले छात्रवृत्ति दिने सम्झौताका लागि नेपाल बैंकलाई धन्यवाद दिए । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास उनले व्यक्त गरे ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नागरिकको सेवामा नेपाल प्रहरीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताए ।

    सम्झौताअनुसार उपलब्ध रकमबाट प्रहरी कल्याण कोषको नाममा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना हुनेछ । कोषको ब्याजबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल प्रहरीका नौ स्कुलमा वितरण हुनेछ ।

    कक्षा ४ देखि १० सम्म पढ्ने छात्रछात्राले पाउने छात्रवृत्ति बिदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नताको आधारमा दिइने छ ।

    यस बमोजिमका सन्ततिहरू नभएमा अमर शहिद असक्त प्रहरी कर्मचारीका सन्ततिलाई, सो पनि नभएमा बहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीका सन्ततिलाई उत्प्रेरणा स्वरूप प्रति स्कुल एक जनाको दरले छात्रवृत्ति उपलब्ध गराइने सम्झौतापत्रमा छ ।

     

  • अनुमति नै नलिइ सगरमाथाको कालापत्थरमा रेस्लिङ खेल आयोजना

    अनुमति नै नलिइ सगरमाथाको कालापत्थरमा रेस्लिङ खेल आयोजना

    काठमाडौं । विश्व कीर्तिमान कायम गर्ने हाेडबाजीमा अनुमति नै नलिइ सगरमाथाको कालापत्थरमा रेस्लिङ खेल आयोजना गरिएको छ ।

    नेपाल महिला रेस्लिङ फाउण्डेशनले गत मे २९ मा सगरमाथा दिवसको अवसरमा कालापत्थरमा अवैध रेस्लिङकाे आयाेजना गरेकाे हाे ।

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको नाममा गरिएको उक्त रेस्लिङ आयोजना गर्न कुनै अनुमति लिने वा दिने काम नभएको पर्यटन विभागले जनाएको छ ।

    सगरमाथा राष्ट्रिय निकुञ्जले पनि रेस्लिङको लागि कुनै अनुमति नदिएकाे बताएकाे छ ।

    पर्यटन विभाग र सगरमाथा राष्ट्रिय निकुञ्जबाट अनुमति नलिइ सगरमाथा राष्ट्रिय निकुञ्जभित्र कुनै पनि गतिविधि गर्न पाइँदैन ।

    आयोजकले भने विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गरेको दाबी गरेकाे छ । तर अनुमति नै नलिइ उक्त कार्यक्रम गरिएकाले त्यसलाई मान्यता दिन नसकिने निकुन्जको भनाइ छ ।

    नेपाल महिला रेस्लिङ फाउण्डेशनका अध्यक्ष भगवती खड्काले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएको र पर्यटन विभागलाई पनि यसबारे जानकारी गराएर उक्त प्रतियोगिताको आयोजना गरेको दावी गरेकी छन् ।

    नेपालको पहिलो महिला रेस्लर भगवती खड्का र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती खड्का बिजयी भएको दावी गरिएको छ ।

  • ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी

    ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी

    काठमाडौं । ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने भएको छ ।

    शुक्रबार ललितपुरको लगनखेलस्थित सप्तपातल पोखरीको अनुगमनमा गएका ललितपुरका मेयर चिरिबाबु महर्जनले ३० रोपनी जग्गा राजदलसँग फिर्ता लिएर पोखरी निर्माण कार्य सुरु गरेको बताए । १.२ मिटर गहिराइमा रहेको पोखरी कमलको फुल फुलाउनका निम्ती १.५ मिटर चाहिने हुनाले सोही अनुरुप काम थालेको उनले बताए ।

    उनले भने, ‘यो क्षेत्र हामीले राजदल गणसँग फिर्ता लिएका हौं । यसको क्षेत्रफल लगभग ३० रोपनी छ । अहिले हामीले यहाँ कमलको फुल फुलाउने तयारीमा छौं । पोखरी १.२ मिटरको गहिराइमा छ । यसको फाइनल गहिराई १.५ मिटर हुनेगरी काम सुरु गरेका छौं । माटो झिकिरहेको छौं । १.५ मिटरमा पानी जम्ने गरी बनाउँछौं । यहाँ कमलको फुल फुल्छ । मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ ।’

  • शनिबार र आईतबार यस्तो हुनेछ मौसम

    शनिबार र आईतबार यस्तो हुनेछ मौसम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि शनिबार र आईतबारको मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ ।

    भोलि दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    भोलि राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बांकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आईतबारको मौसम

    दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती कोशी प्रदेश र सुदूर पश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बांकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टामा भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सचेत गराएको छ ।

  • Protest in Beni, Myagdi in Support of ‘Nims Dai’

    Protest in Beni, Myagdi in Support of ‘Nims Dai’

    Kathmandu – A protest was held in Beni, Myagdi in support of record-breaking climber Nirmal Purja, known as ‘Nims Dai’. The protest was organized by the All Nepal National Free Students Union (ANNFSU) Myagdi on Thursday.

    Nepali Congress MP Rajendra Bajgai had called on the government to ban Purja from entering Nepal during the zero hour of the House of Representatives meeting on Tuesday.

    Bajgai cited a news article published in the New York Times regarding allegations of sexual misconduct, accusations of cutting ropes set by Sherpas on the mountains, and allowing foreigners to climb with Nepali citizenship, among other actions, as reasons for banning him.

    Outraged by these remarks, the youth of ANNFSU Myagdi organized a protest in Beni Bazaar. They demanded an apology from Congress MP Bajgai.

    They warned that if Bajgai does not apologize, the protest, which started in Myagdi, will become nationwide.

    Protesters carried placards with slogans such as “The mountains belong to everyone, stop the syndicate,” “Nims Dai, I am with you,” “Stop defaming the nation’s pride,” and “Stop the politics against Nims Dai.”

    Purja climbed Mount Everest in 2018. The photo he took of the crowded summit drew worldwide attention. During his ascent, he also rescued four other climbers.

    Online video streaming platform Netflix made a documentary about him. He has guided members of the Qatari royal family, including Asma Al Thani, and Russian model Victoria Bonya.

  • आज यी चार प्रदेशमा मेघगर्जन चट्याङ्ग सहित पानी पर्ने सम्भावना

    आज यी चार प्रदेशमा मेघगर्जन चट्याङ्ग सहित पानी पर्ने सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

    जसकारण आज बिहानैबाट हाल मौसमको कोशी र बागमती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

    आज राती कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी ,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     

  • वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण अनलाइनबाट

    वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण अनलाइनबाट

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र (डिमान्ड) प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया सुरु गरेको छ ।परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण अनलाइनबाटै हुने प्रक्रिया सुरु गरेका हुन् ।

    काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डीपी अर्यालले उक्त प्रक्रिया सुरु भएको घोषणा गरेका हुन् । भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्यले अनलाइनबाट प्रमाणीकरण गर्ने प्रक्रिया नेपाली राजदूतावास अबुधाबीबाट सुरु भएको घोषणा गरिएको हो ।

    सम्बन्धित देशका दूतावासले अनलाइनमार्फत प्रमाणीकरणको काम थालेपछि फाइल बोकेर रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीका कर्मचारी दूतावास धाउनुपर्ने अवस्था अन्त्य हुनेछ ।

    अहिले रोजगारदाता कम्पनी र म्यानपावरका कर्मचारी मागपत्र प्रमाणीकरणका लागि फाइल भोकेर भौतिक रुपमै दूतावास पुग्दै आएका छन् ।तीन वर्षयता वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सबै प्रक्रिया अनलाइनबाटै भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।

    रोजगारदाता देशका दूतावासबाट मागपत्र प्रमाणीकरण गर्ने सफ्टवेयर निर्माण भइसकेको छ । सम्बन्धित देशका दूतावासबाट अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गरिने श्रम मन्त्रालयले जनाएको छ ।

    वैदेशिक रोजगारसम्बन्धी मागपत्र अनलाइनमार्फत लिन सकिने प्रक्रियाको थालनी गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

    उनले अहिले नेपाली राजदूतावास आबुधाबीबाट सुरु भएको उल्लेख गर्दै छिट्टै अन्य नेपाली राजदूतावासमा समेत व्यवस्था गरिने बताए ।उनले भने, ‘वैदेशीक सेवा सम्बन्धि मागपत्र प्रमाणीकरणको काम अनलाईनबाट दिने कामको शुभारम्भ गर्दा खुसि लागेको छ । अव वैदेशी रोजगार अनुमति प्रणाली र मागपत्र प्रमाणिकरणको काम एउटै प्रणालीबाट अनलाइनबाटै लिन सकिनेछ । यस प्रणालीको शुभारम्भ नेपाली राजदूतावास, अबुधाबीबाट गरिएको छ ।

    अब क्रमैसँग अन्य नेपाली राजदुतावासबाट समेत अनलाईन प्रणालीमार्फत वैदेशीक रोजगारसम्बन्धि मागपत्र प्रमाणिकरणको व्यवस्था मिलाउनेछौं । अब कागजातको आधिकारिकता परिक्षणमा कठिनाई हुने छैन । धेरै लागत र जटिलता हुने समस्याको अन्त्य हुनेछ ।’

  • जलविद्युतमा वैकल्पिक ऊर्जा मिश्रित अवधारणा आवश्यक

    जलविद्युतमा वैकल्पिक ऊर्जा मिश्रित अवधारणा आवश्यक

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सुक्खायाममा विद्युत आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि ऊर्जा मिश्रणको अवधारणामा जानुपर्ने बताएका छन् ।

    प्रतिनिधि सभामा उठेका प्रश्नहरुको बिहीबार जवाफ दिँदै उनले वर्षायाम विद्युत उत्पादन धेरै हुने र सुक्खायाममा कम हुने भएकाले जलविद्युतबाहेकका स्रोतमा लगानी बढाएर ऊर्जा मिश्रणको अवधारणा लागू गर्नु नै पर्ने बताए ।

    उनले भने, ‘सुक्खायाममा आजको दिनमा पनि हामी आयात गर्नुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्य गर्नको लागि हामीले इनर्जी मिक्सको अवधारणामा जानैपर्ने हुन्छ । त्यो भनेको जलविद्युत मात्रले पुग्ने भएन, त्यसमा जलविद्युतको साथै सोलार पावर, विन्ड पावरलगायत सबै अन्य ऊर्जाको पनि प्रयोगबाट यो ऊर्जा मिश्रणको अवधारणाबाट गएर नै हाम्रो वर्षायाम र सुक्खायामको ग्याप फिल गर्नको लागि केही हदसम्म सक्छौ भने हाम्रो विश्वास हो । त्यस अर्थमा पनि सोलारको क्षेत्रमा काम गर्न जरुरी छ ।’

    उनले आगामी आर्थिक वर्ष विद्युत आयातभन्दा निर्यात बढी गर्न सकिने विश्वास पनि व्यक्त गरेका छन् । स्वच्छ ऊर्जाको महत्व आवश्यकताको सन्दर्भमा विश्वव्यापी विभिन्न फोरमहरुमा हुने छलफलमा अथवा जलवायु कूटनीतिको विषय पनि महत्वका साथ नै अगाडि आइरहेको उनले बताए

    मुलुकमा अधिकांश आयोजना नदीको बहावमा आधारित रहने भएकाले पानी घट्दा ऊर्जा उत्पादन घट्छ । आन्तरिक माग नै धान्न पर्याप्त नभइरहेको सन्दर्भमा सौर्य र वायु ऊर्जाका विकल्पमा पनि ध्यान दिनुपर्ने उनले औंल्याए । जलविद्युत आयोजनाका उत्पादनमा वैकल्पिक ऊर्जाको मिश्रण हुन सके आन्तरिक माग धान्नुका साथै निर्यात पनि सहजीकरण हुने उनले बताए ।

     

  • कर्णालीमा श्रमाधान रोजगार मेलाको तयारी पूरा

    कर्णालीमा श्रमाधान रोजगार मेलाको तयारी पूरा

    काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगर स्थित सिटी हलमा मेला शुरु हुँदैछ ।

    मेलाको बिषयमा जानकारी दिन विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका फोकल पर्सन उपसचिव टिकाराम ढकालले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकबीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए । ‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ,’ उनले भने ।

    त्यस्तै, नेपाल चेम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणी न्यौपानेले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए ।वर्षौदेखि हामी हरेक कुराको लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ ।

    तर, अबका दिनमा नेपालमा नै गरीखाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझन, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको बिषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने ।

    त्यस्तै, कमर्सका अध्यक्ष न्यौपानेले नेपाल चेम्बर अफ कसर्मको समन्वयमा ११० जनालाई रोजगारी अवसर प्रदान गरिने बताए । ‘सिद्धार्थ विजनेश ग्रुपले ६० जना, नेपाल टपले ५० र अग्नि ग्रुपले ५० जना श्रमिकको माग गरेका छन्,’ उनले भने । यसैगरी मेला अवधिमा अन्य क्षेत्रमा पनि रोजगारीको अवसर प्रदान हुनेछ ।

    श्रम कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्रीसमशेर रानाले मेलाको तयारी पुरा भएको बताए । हालसम्म मेलामा ४० वटा नीजि क्षेत्रका स्टलहरु रहने छन् । जसमध्ये ३४ वटा स्टलहरु बुक भै सकेको उनले बताए । बेलुकासम्ममा अन्य स्टलहरु पनि बुक हुने अपेक्षा रहेको उनले बताए ।मेला विहान १० बजे श्रमदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गर्ने उनले जानकारी दिए ।

    मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् । मेलामा मध्यान्ह १२ बजेदेखि विभिन्न कार्यशालाहरु सञ्चालन हुनेछन् ।

    सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवंम आन्तरिक रोजगारीका विषयक कार्यशालाहरु सञ्चालन हुनेछन् । साथै वागिना एवंम लोक दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गर्नेछ । हुड्के नाच, झ्याउरे नाच, डेउडा समूहको प्रस्तुती रहनेछ । १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २/२ दिन सञ्चालन भइरहेको छ ।

    कर्णालीमा २५ र २६ गते सञ्चालन हुनेछ । मेलामा नेपाल स्काउट एवं कोपिला भ्याली समाजका स्वयंसेवकहरु, सुरक्षा निकायहरु, आईएलओ, स्वीस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैकर्स एशोसियसन, नेपाल नगरपालिका संघ, गाउँपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्र, प्रत्येक प्रदेशमा रहेका स्थानीय तहहरु, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, टे किगं एजेन्सि एशोसियसन एफ नेपाल, नेपाल माउन्टेरिगं एशोसियसन, सेभ द चिल्ड्रो, वल्र्डलिंक कम्यूनिकेशन र एभरेष्ट नेटको पनि सहभागीता हुनेछ ।