Tag: सत्ता गठबन्धन

  • प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, एमसीसीबारे के हाेला निर्णय ?

    प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, एमसीसीबारे के हाेला निर्णय ?

    काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

    शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका हुन् ।

    उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल भएको बताइएको छ ।

    एमसीसीलाई लिएर अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेपछि सत्तारुढ दलका नेताहरु दबाबमा छन् ।

    फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसीसी अनुमोदन गर्न अमेरिकाले दबाब बढाएपछि नेताहरु अहिले एमसीसी पास गर्नका लागि तीव्र छलफलमा छन् ।

  • देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, चुनावअघि एससीसी पास गर्न नहुने प्रचण्ड र नेपालको अडान

    देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, चुनावअघि एससीसी पास गर्न नहुने प्रचण्ड र नेपालको अडान

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा छलफल भएको हो ।

    प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा दाहाल र नेपालले अहिलेकाे अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने बताए ।

    कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने उनकाे भनाइ थियो । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्र एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएका छन् ।

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गरी फेब्रुअरी २८ भित्र संसद्‌बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष दाहाल त्यो प्रतिबद्धताबाट पछि हटेका छन् ।

    बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भेटेका थिए । कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउनेलगायतका विषयमा छलफल भएको थियाे ।

    कांग्रेस नेता काेइरालाले एमसीसी गिजाेलिएकाेले तत्काल यसकाे समाधान गर्न पनि प्रचण्डलाई सुझाव दिएका थिए ।

  • एमालेविरुद्धको गठबन्धन किन ? याेगेश भट्टराईले देखाए यी कारण

    एमालेविरुद्धको गठबन्धन किन ? याेगेश भट्टराईले देखाए यी कारण

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत् टिप्पणी गरी पूर्वमन्त्री भट्टराईले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न गठबन्धन बनेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘एमालेविरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।’

    अहिले केही प्रदेशमा गठबन्धनलाई भाग पुर्‍याउनका लागि मन्त्रालय फुटाएर मन्त्रीकाे संख्या बढाइएकाे छ । उनले यसप्रति कटाक्ष गरेका हुन् ।

  • जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव

    जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

    शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

  • स्थानीय चुनावबारे सहमति जुटाउन सत्ता गठबन्धनको दोस्रो बैठक सुरु

    स्थानीय चुनावबारे सहमति जुटाउन सत्ता गठबन्धनको दोस्रो बैठक सुरु

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको दोस्रो बैठक शुरु भएको छ ।

    स्थानीय निकाय निर्वाचनलगायतका विषयमा विचार-विमर्श गर्न गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे हो ।

    शनिबार बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बाहेक चार वटै राजनीतिक पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।

    सहमति जुटे स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर केही समय पछि सार्ने गठबन्धन दलका नेताको प्रस्तावमा विरोध भएपछि नेताहरू पछि हट्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा पुगेका हुन् ।

    गठबन्धनमा नेपाली काँग्रेस वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा रहे पनि अन्य दल केही समय पछि सारेर निर्वाचन गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए । तर उक्त प्रस्तावमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, निर्वाचन आयोग, संविधानविद् लगायतले असहमति जनाएपछि खास गरी नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र वैशाख या जेठ महिनाभित्र चुनाव गर्न सकारात्मक भएका छन् ।

  • स्थानीय चुनावबारे सत्ता गठबन्धनले कानुनविद्सँग परामर्श गर्ने

    स्थानीय चुनावबारे सत्ता गठबन्धनले कानुनविद्सँग परामर्श गर्ने

    काठमाडाैं । स्थानीय चुनावको मिति तय गर्ने विषयमा सत्तारुढ गठबन्धनले फेरि कानूनविद्सँग परामर्श गर्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले फेरि कानूनविद्सँग परामर्श गर्ने सहमति गरेको हो । त्यसपछि शनिबार अर्को बैठक बस्ने तय भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग श्रेष्ठले भने, ‘कानूनविद्हरूसँग थप परामर्श गर्ने र बेलुकी ४ बजे पुनः गठबन्धनको बैठक बस्ने गरी अहिलेको बैठक सकिएको छ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चा बाहेक चारै दलका शीर्ष नेता सहभागी थिए ।

    गठबन्धनको बैठकमा स्थानीय चुनावको मिति तोक्ने विषयमा छलफल भएको छ ।