Tag: एमसीसी

  • कांग्रेस-एमाले वार्तामा मिलेन कुरा, सञ्चारमन्त्री कार्कीले भने- सकारात्मक कुरा सुनाउँला भन्ने थियाे, पाइएन

    कांग्रेस-एमाले वार्तामा मिलेन कुरा, सञ्चारमन्त्री कार्कीले भने- सकारात्मक कुरा सुनाउँला भन्ने थियाे, पाइएन

    काठमाडाैं । बालकोटमा जारी कांग्रेस-एमालेको शीर्ष नेताबीचको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जुन सकारात्मक कुरा सुनाउँला भन्ने लागेको थियो त्यो सुनाउन नपाएको बताए ।

    हिजो जुन कुरा भएको थियो आज पनि त्यही कुरा भएको उनले जानकारी दिए ।

    प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव एमालेले स्वीकार नगरेको उनकाे भनाइ छ ।

    ‘एमसिसीलाई राष्ट्रिय सहमितका साथ अनुमोदनको दिशामा लगेर मुलुक महत्वपूर्ण विषयमा एक ठाउँमा उभिन्छ भन्ने सन्देश दिऊँ भनेर प्रस्ताव गर्‍याैँ तर उहाँहरूले पुरानै कुरा दोहोराउनु भएको छ ।’ मन्त्री कार्कीले भने ।

    उहाँहरुले भन्नुभएकाे छ, ‘हामीलाई प्रतिनिधि सभाको द्वार खुलेको छैन। त्यो खुलाउन तपाईंहरूले काम गर्नुस् । तपाईंहरूको दायित्व हो ।’

    आजकाे छलफल यतिमा केन्द्रित भएकाे र गठबन्धन अहिलेसम्म केही तलमाथि नभएकाे उनकाे भनाइ छ ।

    यस्तै, दुवै पार्टीका अडान कायम रहेको भए पनि निरन्तर संवादमा रहने सहमति भएको एमाले महासिचव शंकर पोखरेलले बताए ।

  • प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल अघि बढाइने, यस्ताे छ कार्यसूची

    प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल अघि बढाइने, यस्ताे छ कार्यसूची

    काठमाडाैं । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ ।

    संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ ।

    यसैगरी दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

    यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो ।

    सरकारमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसदबाट पास गराउने कसरतमा लागेको छ ।

    सत्ता गठबन्धनमा रहेका दल नै सो सम्झौताको विपक्षमा बसेपछि एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको छ ।

  • गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

    गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

    काठमाडाैं । नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको हाे ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ ।

    प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले लगातार अवरोध गरिरहेको अवस्थामा महत्वपूर्ण विषयमा समेत छलफल हुन सकेको छैन । यस्तो अवस्थामा एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको अझै पनि फरक मत रहे पनि राष्ट्रिय आवश्यकताले गठबन्धन कायम राख्नुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका थिए ।

    माओवादीका तर्फबाट विगतमा प्रधानमन्त्री तथा मन्त्री भएका नेताहरु नै एमसिसी सम्झौताको विभिन्न कालखण्डमा सहभागी भएकाले अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रश्न पनि उठ्नेमा नेताहरु एकमत दखिएका छन् ।

    शुक्रबारको बैठकमा समग्र कोणबाट छलफल भएको र प्रतिनिधिसभामा एमसिसी पारित गर्ने सन्दर्भमा बहिस्कार गरेर वा अन्य कुनै विधिमार्फत पारित गर्न सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

    माओवादीका नेता हरिबोल गजुरेलका अनुसार एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको असहमति रहे पनि त्यसलाई एउटा निष्कर्षमा पुर्‍याएर गठबन्धन कायम राख्नुपर्छ भन्नेमा मतैक्यता देखिएको छ ।

    यस्तै, माओवादीका अर्का नेता शक्ति बस्नेतका अनुसार गठबन्धन कायम राख्दै अनेकन विकल्पमा छलफल गर्ने र एउटा निकास निकाल्ने प्रयत्न गरिनेछ । गठबन्धन जोगाउनै नसकिने अवस्था भयो भने अर्को कुरा भयो, अन्यथा यसलाई कायम राखेर अनेकन विकल्पमा छलफल गर्ने र एमसिसी सम्झौतालाई पनि एउटा निकास दिनुपर्छ भन्नेमा माओवादीका नेताहरु एक मत देखिएका छन् ।

    धनगढी पुगेका नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले काठमाडौँ फर्कन फोन गरेका थिए । काठमाडौं फर्किएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

    सत्तारुढ गठबन्धनका नेताहरुको अनौपचारिक बैठकले गठबन्धन कायम राख्दै निष्कर्ष निकाल्नुपर्नेमा सहमत भएका छन् । एमसिसी सम्झौता पारित गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ दलबीचमा नै साझा धारणा बन्न नसक्दा विषय सडकमा समेत पुगेको छ । दैनिकजसो प्रदर्शन भइरहेका छन् । संसद्मा प्रतिपक्षले अवरोध जारी राख्ने, सत्तारुढ दलकाबीचमा पनि समान धारणा नबन्दा महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन ।

    सहमति खोज्ने ध्येयका साथ आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आजको बैठक स्थगित गरिदिन आग्रह गरेका थिए । मन्त्री बडूको आग्रहमा नै आज १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।

    एमसिसी सम्झौताका पक्षमा सहमति जुटाउनका लागि बिहीबार प्रमुख राजनीतिक दलहरुका विभिन्न बैठक भए । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको थियो । सो बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलगायतका नेताहरुबीच पनि छलफल भएको थियो । साँझ पुनःप्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल भए पनि कुनै ठोस सहमति बन्न सकेको थिएन ।

    यो अवस्थामा सत्तारुढ दलहरुबीच नै सहमति कायम गरेर जानुपर्ने विषयमा नै धेरैको जोड देखिएको छ । यसैका लागि पनि आजको संसद् बैठक स्थगित भएको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

  • ओली–देउवा छलफल, गगन थापादेखि सुवास नेम्वाङसम्म सहभागी

    ओली–देउवा छलफल, गगन थापादेखि सुवास नेम्वाङसम्म सहभागी

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ ।

    सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेरअघिदेखि जारी छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छफलमा सहभागी छन् । आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगित भए पछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् ।

    अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन् ।

    छलफलमा प्रधानमन्त्री देउवासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा छन् भने एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् । एमसिसीमा सत्तारुढ दलबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल एमालेसँग छलफल गर्दै आएका छन् । प्रतिनिधिसभाको बैठक यही फागुन १३ दिउँसो १ बजे बस्ने भएको छ ।

  • एमसीसीबारे चीनको कडा टिप्पणी : उपहार अल्टिमेटमको प्याकेजसहित आउन खोज्दा अचम्म लाग्यो

    एमसीसीबारे चीनको कडा टिप्पणी : उपहार अल्टिमेटमको प्याकेजसहित आउन खोज्दा अचम्म लाग्यो

    काठमाडाैं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले ‘एमसीसी उपहार हो कि पान्डोराज बक्स हो ?’ भनेर प्रश्न गरेकी छिन् ।

    अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो ? मलाई आश्चर्य लागेको छ । सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ । सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन । जुलुम कूटनीति गरिनुहुँदैन ।’

    अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने, सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने उनले बताइन् । यस्तो सहयोग दिँदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको उनको तर्क छ।

    ‘एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगरी राज्यको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ,’ उनले भनिन्, ‘अन्य देशको सार्वभौमसत्ता र हितलाई हानी पुर्‍याउने र कुनै पनि राजनीतिक अवस्था वा स्वार्थ जोड्नु हुँदैन ।’

     

  • एमसीसी सकस : प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता, के भयाे कुराकानी ?

    एमसीसी सकस : प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता, के भयाे कुराकानी ?

    काठमाडाैं । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेकाे गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । भेटका अवसरमा उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको बताइएको छ ।

    प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ । सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ ।

  • अमेरिकी राजदूतसँगको छलफल पछि देउवा भेट्न बालुवाटारमा ओली

    अमेरिकी राजदूतसँगको छलफल पछि देउवा भेट्न बालुवाटारमा ओली

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन् ।

    अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारितका लागि सहयोग गर्न ओलीलाई गत साता आग्रह गरेका थिए ।

    देउवाले बालकोट निवास पुगेर ओलीसँग सहयोग मागेका थिए । ओलीले गठबन्धन तोडेर अघि बढ्ने सुझाव दिएका थिए ।

    ओली जसरी पनि गठबन्धन तोडाउने पक्षमा छन् ।

    गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा हरेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने चेतावनी दिइसकेकाे छ ।

  • एमसीसी र प्रहरी दमनविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (फाेटाेफिचर)

    एमसीसी र प्रहरी दमनविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (फाेटाेफिचर)

    काठमाडाैं । अमेरिकी सहयाेग परियाेजना एमसीसीकाे विराेध र आन्दोलनकारीमाथि प्रहरीको कुटपिटविरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे छ ।

    साेमबार काठमाडाैंकाे माइतीघरमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे हाे ।

  • एकीकृत समाजवादी एमसीसीकाे विपक्षमा उभिने

    एकीकृत समाजवादी एमसीसीकाे विपक्षमा उभिने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) एमसीसीकाे विपक्षमा उभिने भएको छ ।

    एमसीसीकाे विषयमा पार्टीभित्र मतभेद भएपछि सोमबार एकीकृत समाजवादीले सचिवालय बैठक राखेकाे थियाे । बैठकले संसदमा पेश भएकाे एमसीसीकाे विपक्षमा उभिने निर्णय गरेकाे हाे ।

    बैठककाे निर्णयबारे जानकारी गराउँदै प्रवक्ता जगन्नाथ खतिवडाले भने ‘आजकाे बैठकमा हामीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेका छौं ।’ उनले पार्टीका सबैलाई विपक्षमा उभिनका लागि भन्ने र त्यसका लागि वतावरण बनाउने पनि जानकारी दिए ।

    उनले पार्टीभित्र एमसीसीको प्रक्रियाबारे सामान्य मतभेद भए अरु कुनै विवाद नभएको जानकारी पनि गराए । एमसीसीको विरोध गर्ने कुरा र सरकारमा रहेको विषयलाई जोड्न आवश्यक नरहेको उनको भनाइ थियाे ।

     

  • प्रचण्डले फेरि भने- एमसीसीकाे विपक्षमा छाैँ, प्रहरी दमनकाे विराेध गर्छाैँ

    प्रचण्डले फेरि भने- एमसीसीकाे विपक्षमा छाैँ, प्रहरी दमनकाे विराेध गर्छाैँ

    काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको स्पष्ट पारेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले एमसीसी संसदमा टेबल गरेको छ ।

    तर प्रचण्डले भने सरकारले विवाद र विरोधकै बीच एमसीसी टेबल गरेकोमा विरोध जनाउँदै माओवादी एमसीसीको विपक्षमा उभिने बताएका छन् ।

    यस्तै, उनले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शन गर्नेहरूमाथि प्रहरीले गरेको दमनको विरोध गर्दै घाइतेको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।