अमेरिकी राजदूतसँगको छलफल पछि देउवा भेट्न बालुवाटारमा ओली

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारितका लागि सहयोग गर्न ओलीलाई गत साता आग्रह गरेका थिए ।

देउवाले बालकोट निवास पुगेर ओलीसँग सहयोग मागेका थिए । ओलीले गठबन्धन तोडेर अघि बढ्ने सुझाव दिएका थिए ।

ओली जसरी पनि गठबन्धन तोडाउने पक्षमा छन् ।

गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा हरेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने चेतावनी दिइसकेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१