Tag: एमसीसी

  • ‘एमसीसी चाहिँदैन भन्नेले ओली, प्रचण्ड र नेपालललाई ‘राष्ट्रघाती मुर्दावाद’ भन्न सक्नुपर्छ’ : गगन थापा

    ‘एमसीसी चाहिँदैन भन्नेले ओली, प्रचण्ड र नेपालललाई ‘राष्ट्रघाती मुर्दावाद’ भन्न सक्नुपर्छ’ : गगन थापा

    काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीविरुद्ध नाराबाजी गर्नेले अब एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध बोल्न सक्नुपर्ने बताएका छन् ।

    विगतमा नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफूलाई नै राष्ट्रघाती घोषणा गर्नुपर्ने उनले बताएका हुन् ।

    थापाले भने, ‘भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्‍यो । किनकि ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा दर्ता गरेको हो । देव गुरुङजीले प्रचण्ड र झलनाथ खनालले माधवकुमार नेपाललाई राष्ट्रघाती मुर्दावाद भन्न सक्नुपर्‍यो । अनि बल्ल एमसीसीबारे उहाँहरूले टिप्पणी गर्नुको अर्थ हुन्छ ।’

    एमसीसी संसदमा टेबल हुनुले सार्वभौम संसदले निर्णयको अधिकार पाएको भन्दै महामन्त्री थापाले कसैले पनि डबल स्ट्याण्डर्ड देखाउन नहुने बताए ।

    उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसीको छलफलमा सहभागी हुनु सकरात्मक भएको बताए । उनले एमाले पनि एमसीसीकाे पक्षमा उभिने दाबीसमेत गरे ।

    ‘नाराबाजीकै बीच पनि एमालेले छलफलमा भाग लिएको छ । माओवादी, नेमकिपा र जनमोर्चालेपनि एमसीसीबारे छलफल गरेका छन् । अब संसदले आफ्नो प्रक्रिया पुर्‍याएर निर्णय लिन सहज हुनेछ’, थापाले भने ।

    उनले सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरुले सरकार छाडनुपर्ने पनि बताए । उनले भने, ‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विरोध गर्न मिल्दैन । त्यसका लागि सरकार छाड्नुपर्छ ।’

  • एमसीसी टेबल भएपछि देउवाकाे प्रतिक्रिया : अब पास हुन्छ

    एमसीसी टेबल भएपछि देउवाकाे प्रतिक्रिया : अब पास हुन्छ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले साेधेका प्रश्नमा उनले ‘अब पास हुन्छ’ भन्ने प्रतिक्रिया दिएका हुन् ।

    उनलाई सञ्चारकर्मीहरुले एमसीसी कहिले पास हुन्छ ? भनी प्रश्न गरेका थिए ।

  • सात तस्बिरमा तनाबग्रस्त नयाँ बानेश्वर

    सात तस्बिरमा तनाबग्रस्त नयाँ बानेश्वर

    काठमाडाैं । प्रतिनिधिसभाको आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गरिने भएपछि सडकमा प्रदर्शन चर्किएको छ ।

    एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको हो ।

    प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरेको छ । प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्ने प्रयास गरेका छन् । केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • प्रतिनिधिसभा बैठककाे कार्यसूचीमा एमसीसी, अर्थमन्त्रीले पेस गर्ने

    प्रतिनिधिसभा बैठककाे कार्यसूचीमा एमसीसी, अर्थमन्त्रीले पेस गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठकको कार्यसूची तयार भएको छ । अमेरिकी सहयता परियोजना एमसीसी आइतबारकाे सदनको कार्यसूचीमा राखिएकाे छ ।

    आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई कार्यसूचीमा राखिएको हो ।

    एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्ने छन् ।

     

  • के भनेका थिए सत्ता गठबन्धन बैठकमा प्रचण्डले ?

    के भनेका थिए सत्ता गठबन्धन बैठकमा प्रचण्डले ?

    काठमाडौं । आइतबार बिहान बसेको गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सदनमा भन्दा संसदीय समितिमा लैजान आग्रह गरेको उनकाे सचिवालयले जनाएको छ ।

    स्वकीय सचिव गंगा दाहालले समाजिक सञ्जालमा लेखेकी छन् ‘अध्यक्ष कमरेडले, यदि तपाईं टेबल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीज्यू भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ ।’

    उनले भनेकी छन्,‘अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएता पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो ।’

    यसका बाजदुद सदनमा आ-आफ्नो विचार अनुसार छलफल गर्ने सहमति भएको प्रचण्डको सचिवालयको भनाइ छ ।

  • संसदमा एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

    संसदमा एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

    काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ ।

    आइतबार बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

  • एमसीसीबारे सत्तागठबन्धनको ‘निर्णायक बैठक’ बालुवाटारमा सुरु

    एमसीसीबारे सत्तागठबन्धनको ‘निर्णायक बैठक’ बालुवाटारमा सुरु

    काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

    संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको हो ।

    नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ ।

    सत्ताघटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । तर पछिल्लो समय माओवादी पनि एमसीसीको पक्षमा लचिलो भएको बुझिएको छ ।

  • फागुन १६ भित्रै एमसीसी पारित गराइसक्नुपर्छ : कांग्रेस नेता महत

    फागुन १६ भित्रै एमसीसी पारित गराइसक्नुपर्छ : कांग्रेस नेता महत

    काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् ।

    रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकीर गरे । नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा पनि जाेड दिए ।

    एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनकाे भनाइ थियाे । डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

    उनले कम आय भएका मुलुकहरुलाई सहयोग गर्नको लागि अमेरिकाले यो एमसीसी स्थापना गरेको स्पष्ट पारे । एमसीसी दुईदेशबीच भएकोले सम्झौता सोहीअनुसार यो सम्झौता कार्यान्वयन हुने पनि उनले बताए ।

    महतले अहिलेसम्म ३८ मुलुकसँग अमेरिकाले कम्प्याक्ट सम्झौता गरिसकेकाे पनि कार्यक्रममा जानकारी दिए ।

  • एमसीसी संसदमा टेबल गर्न दिने नेकपा एकीकृत समाजवादीको निर्णय

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिइने निष्कर्ष निकालेको छ ।

    कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत छ । स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न गरिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा टेबल गर्ने र पास वा फेल जे भए पनि स्वीकार गर्ने बताइरहेका छन् ।

    सत्ता गठबन्धनकाे अर्काे दल नेकपा माओवादी केन्द्रले भने एमालेको अवरोध जारी रहेको र राष्ट्रिय सहमति नभएसम्म एमसीसी सम्झौता संसदमा टेबल नै गर्न नहुने अडान लिइरहेको छ ।

  • एमसीसीबारे एकीकृत धारणा बनाउन नेकपा एकीकृत समाजवादीकाे बैठक

    एमसीसीबारे एकीकृत धारणा बनाउन नेकपा एकीकृत समाजवादीकाे बैठक

    काठमाडाैं । एमसीसीबारे धारणा बनाउनका लागि नेकपा एकीकृत समाजवादीकाे बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा बसिरहेकाे छ । बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेताहरुले बताएका छन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संशाेधन नगरी संसदबाट पारित गर्न नहुने बताउँदै आएका छन् ।

    सरकारले आगामी आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको छ ।

    त्यसअघि सत्ता साझेदार दलहरुको साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका थिए । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थायी कमिटीको बैठकबाट पार्टीको एकीकृत धारणा तय गर्ने भन्दै समय मागेका थिए ।

    नेपालले समय मागेपछि आइतबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बाेलाइएकाे छ । बैठकमा एमसीसी पेश गर्ने कांग्रेसकाे तयारी छ ।

    त्यसअघि बिहान १० बजे प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । यथास्थितिमा एमसीसी पारित भए गठबन्धनबाट बाहिरिने माओवादी केन्द्रले निर्णय गरिसकेको छ ।