काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।
अल थुममा रंगशालामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा फ्रान्सलाई जित दिलाउन एम्बाप्पेले दुई र ओलिभर जिरुडले एक गोल गरे ।
खेलको ४४औं मिनेटमा जिरुडले कीर्तिमानी गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ७४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।
खेलका इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलसँगै जित नजिक पुर्याए ।
खेलको इन्जुरी समयमा नै लेवान्डोस्कीले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए पनि पोल्यान्ड ३–१ गोलले पराजित भयो ।
अब फ्रान्सले आज राति हुने इङ्ल्यान्ड र सनेगलबीचको विजेतासँग क्वटारफाइनलमा खेल्नेछ ।