विश्वकप फुटबल : अन्तिम १६ मा यी टाेलीबीच हुनेछ भिडन्त

काठमाडाैं । फिफा विश्वकप २०२२ को समूह चरणका खेल सकिएका छन् । अन्तिम १६ मा युरोपबाट ८ टिम पुगेका छन् ।

एसियाबाट ३ तीनले अन्तिम १६ मा स्थान बनाएका छन् ।

यस्तै, अफ्रिका र दक्षिण अमेरिकाबाट २-२ टिमले अन्तिम १६ मा स्थान बनाए । उत्तर अमेरिकाबाट १ टिम अन्तिम १६ मा पुगेकाे छ ।

अब शनिबार रातिदेखि अन्तिम १६ का खेल सुरु हुनेछ । आज राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम १६ का खेल :

नेदरल्याण्ड्स भर्सेस अमेरिका – शनिबार राति ८ : ४५ बजे ।

अर्जेन्टिना भर्सेस अस्ट्रेलिया – आइतबार बिहान १२ : ४५ बजे ।

फ्रान्स भर्सेस पोल्याण्ड – आइतबार राति ८ : ४५ बजे ।

इंग्ल्याण्ड भर्सेस सेनेगल – साेमबार बिहान १२ : ४५ बजे ।

जापान भर्सेस क्रोएसिया – साेमबार राति ८ : ४५ बजे ।

ब्राजिल भर्सेस दक्षिण कोरिया – मंगलबार बिहान १२ : ४५ बजे ।

मोरक्को भर्सेस स्पेन – मंगलबार राति ८ : ४५ बजे ।

पोर्चुगल भर्सेस स्विट्जरल्याण्ड – बुधबार बिहान १२ : ४५ बजे ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७