मोरोक्कोसँग विश्वकपमा पराजित भएपछि बेल्जियम र नेदरल्यान्ड्समा दंगा

काठमाडाैं । विश्वकप फुटबलमा मोरोक्कोसँग पराजय ब्यहोरेपछि युरोपियन राष्ट्रहरु बेल्जियम र नेदरल्यान्ड्समा दंगा भएको छ ।

आइतबार बेल्जियम मोरोक्कोसँग २-० गोल अन्तरले पराजित भएको थियो । हारपछि बेल्जियम र नेदरल्यान्ड्सका केही शहरहरुमा प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे हाे ।

प्रदर्शनकारीहरुले पसलका तोडफोड गर्नुका साथै गाडीहरुमा आगजनीसमेत गरेका छन् । ब्रसल्स र एन्टवर्प शहरमा प्रदर्शनमा उत्रिएका करिब २० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।

बेल्जियममा पाँच लाखभन्दा बढी मानिस मोरोक्कोका छन् ।

यस्तै, नेदरल्यान्ड्सका शहरहरुमा पनि हारको विरोधमा प्रदर्शन र आगजनी गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७