ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको संघर्षपूर्ण जित

काठमाडाैं । अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया विजयी बनेको हो ।

उनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए ।

विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए ।

समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो ।

ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो । अस्ट्रेलियाले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित राखेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७