Tag: कमल थापा

  • स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग : कमल थापा

    स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग : कमल थापा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताएका छन् ।

    शनिबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको घोषणा सभामा अध्यक्ष थापाले एमसीसी पास गर्न र सभामुखमाथिको मुद्धा अघि नवढाउनैका लागि सत्तारुढ दलले प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताएका हुन् ।

    थापाले न्यायपालिकालाइ सुद्धिकरण गर्ने मनसाय दलहरुको नरहेको तर्क गरे । त्यस्तै उनले लामो समयदेखि सदन अवरुद्ध हुदा पनि दलहरु गम्भीर हुन नसकेको र लाज पचाएर तलव भत्ता भने बुझिरहेको धारणा राखे । उनले दलहरुकै कारण मुलुकको राष्ट्रियता कमजोर भइरहेको र नेपालमा बिदेशीको चलखेल बढ्दै गएको उल्लेख गरे ।

    त्यस्तै थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दबाब र प्रभाव दिएको पनि बताए ।

    उनले राप्रपा नेपालको एजण्डेलाई स्थापीत गर्न नयाँ शक्तिका साथ जनतामाझ जाने बताए ।

     

  • गीता छाेएर राप्रपा नफुटाउने कसम खाएको स्मरण गर्दै कमल थापाले भने- चाहेकाे भए सक्थेँ

    गीता छाेएर राप्रपा नफुटाउने कसम खाएको स्मरण गर्दै कमल थापाले भने- चाहेकाे भए सक्थेँ

    काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीकाे घाेषणा सभामा आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएकोबारे स्मरण गरेका छन् । उनले गीतामा हात राखेर कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी पनि गरेका छन् ।

    आफ्नो नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि त्यसो नगरेको बताएका हुन् ।

    उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’

    उनले आफूले चाहेकाे भए पार्टी फुटाउन सक्ने पनि बताएका छन् । उनले भने ‘मैले चाहेको भए सक्थेँ । अहिले पनि राप्रपामा हामीप्रति स्नेह राख्ने बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू हुनुहुन्छ । वहाँहरूले विधान र कानुन बमोजिम बहुमत पुर्‍याएर पार्टी फुटाऔँ भन्ने सल्लाह दिनुभएको थियो । तर मैले पार्टी फुटाउन चाहिनँ ।’

    उनले पार्टी फुटाएर बलियाे बनिन्छ भन्नेमा आफ्नाे विश्वास नभएकाे पनि बताएका छन् । उनले आफूले खडा गरेकाे राप्रपा नेपाल पुन: जागृत गरेकाे पनि बताए ।

  • प्रधानन्यायाधीशविरुद्धको महाभियोगमा तीन दलकाे तीन स्वार्थ : कमल थापा

    प्रधानन्यायाधीशविरुद्धको महाभियोगमा तीन दलकाे तीन स्वार्थ : कमल थापा

    काठमाडौं । नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा देखिएका छन् ।

    सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियोग ल्याइएको दाबीसमेत गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले महाभियोग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।

    उनले एमसीसी पास गर्ने कांग्रेसको स्वार्थ, हत्या अभियोगबाट सभामुखलाई जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउने नेकपा एसको स्वार्थका लागि प्रधानन्यायाधीमाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् ।

    थापाले भनेका छन् ‘प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एससीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा एकीकृत समाजवादीको सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैर जिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।’

  • कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाकाे आग्रह

    कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाकाे आग्रह

    काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    थापाको निर्णयसँगै काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त समेत गरेको छ ।

    बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा थापाको निर्णयलाई ‘अनपेक्षित तथा अप्रत्यासित’ ठहर गरिएको छ । ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’,

    विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’

  • राप्रपाबाट अलग हुने कमल थापाकाे घाेषणा

    राप्रपाबाट अलग हुने कमल थापाकाे घाेषणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् ।

    मंगलबार एक विज्ञप्ति जारी गरी थापाले पार्टीभित्र आफ्नो कुराको सुनवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको बताएका छन् ।

    उनले भनेका छन् ‘अत्यन्त भारि मन तथा पीडाबाेधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कृष्ट चाहना भए पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

    राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति सदैव आभारी रहने पनि उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछु ।’

    यसअघि सोमबार उनले आफूपक्षीय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका थिए ।

  • राप्रपामा कमल थापा पक्षको छुट्टै भेला, नयाँ पार्टी खाेल्ने तयारी !

    राप्रपामा कमल थापा पक्षको छुट्टै भेला, नयाँ पार्टी खाेल्ने तयारी !

    काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ ।

    चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।

    महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ ।

    थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लिङ्देनले प्रतिबद्धता जनाएका छन् ।

  • राजेन्द्र लिङ्देनकाे निर्णयमाथि कमल थापाकाे चुनाैति

    राजेन्द्र लिङ्देनकाे निर्णयमाथि कमल थापाकाे चुनाैति

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गरेको निर्णयलाई निवर्तमान अध्यक्ष कमल थापाले चुनौती दिएका छन् ।

    राप्रपा काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्षद्वय श्रीदास लामा र गंगामाया लामा तथा सचिव धनजित लामालाई कारबाही गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक रहेको थापाले जनाएका छन् ।

    चारै जना पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासनमा परेका थिए । पदाधिकारी बैठकको निर्णय पार्टी हितमा नरहेको थापाले जनाएका छन् ।

    थापाले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् – राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका २ निर्वाचित वडाध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिइ पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरीत छ । उक्त निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन ।

  • पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न लिङ्देनलाई थापाले लेखे यस्तो पत्र (पत्रसहित)

    पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न लिङ्देनलाई थापाले लेखे यस्तो पत्र (पत्रसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् ।

    सोमबार लिङ्देनलाई पत्र लेखेर थापाले भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्नुहोस् ।’

    अध्यक्ष लिङ्देनलाई सोमबार तीन पृष्ठको पत्र पठाउँदै निवर्तमान अध्यक्ष थापाले यस्तो माग गरेका हुन्। ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न निष्पक्ष छानविन समिति बनाउनु होस्’, थापाले पत्रमा भनेका छन्, ‘हस्तक्षेपको भत्सर्ना गर्नुहोस्, भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् ।’

    हेर्नुहोस् पत्र :

  • अन्य पार्टीमा पनि राजाकाे हस्तक्षेप हुनसक्छ, म नैतिक र धर्मसंकटमा छु : कमल थापा

    अन्य पार्टीमा पनि राजाकाे हस्तक्षेप हुनसक्छ, म नैतिक र धर्मसंकटमा छु : कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अन्य पार्टीमा पनि पूर्वराजाकाे हस्तक्षेप हुन सक्ने आशंका गरेका छन् । आफ्नाे पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबीसहित उनले यस्ताे आशंका गरेका हुन् ।

    मंगलबार महाधिवेशनमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विज्ञप्तिमार्फत् निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् ।

    आफू धर्मसंकटमा परेको पनि थापाले उल्लेख गरेका छन् ।

    विज्ञप्तिको पूर्णपाठ

    राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

    महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

    महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पीडा भोगेको हुँदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुँदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ । अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ ।

    केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजनमण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ ।

    मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।

    तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथि नै गंभीर आघात पुगेको छ ।

    नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।

    राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।

    अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ?

    अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु ।

    यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।

    राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।

  • राप्रपाको महाधिवेशन बुधबारदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनकाे प्रतिस्पर्धा

    राप्रपाको महाधिवेशन बुधबारदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनकाे प्रतिस्पर्धा

    काठमाडाैं । राजासहित हिन्दू राष्ट्रकाे एजेन्डा बाेक्दै आएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन बुधबारदेखि सुरु हुँदैछ ।

    भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।

    महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् ।

    तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।