Tag: क्रिकेट

  • साेमपाल र करणकाे उत्कृष्ट बलिङ, यूएईले दियो नेपाललाई १६९ रनको लक्ष्य

    साेमपाल र करणकाे उत्कृष्ट बलिङ, यूएईले दियो नेपाललाई १६९ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईबाट १६९ रनको लक्ष्य पाएको छ ।

    टस जितेर ब्याटिङ थालेको यूएईले ४६ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ६८ रन बनाएको हाे ।

    नेपालका सोमपाल कामीले ४ र करण केसीले ३ विकेट लिए । सागर ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे ।

    यूएईका लागि सबैभन्दा बढी रोहन मुस्तफाले ८१ बलमा २ चौका र १ छक्कासहित ४० रन बनाए । यस्तै, सिपी रिजवान ८५ बलमा ४० रन जोडे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

    माथिल्लोक्रमका मोहम्मद वासिम २१, चिराग सुरी ६ र विकेटकिपर भित्र्या अरविन्द ३ रनमा आउट भए ।

  • पीएनजीविरुद्ध नेपालकाे राेमाञ्चक जित, राेहित र आरिफकाे अर्धशतक

    पीएनजीविरुद्ध नेपालकाे राेमाञ्चक जित, राेहित र आरिफकाे अर्धशतक

    काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध जित निकालेकाे छ ।

    पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध रोमाञ्चक जित हात निकाल्न सफल भएकाे हाे । नेपालको जितमा रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले ।

    पौडेलले ८५ बलमा ४ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । आरिफ शेख ८१ बलमा २ चौकासहित ५३ रनमा एलबीडब्लू आउट भए ।

    नेपालले संघर्षपूर्ण खेल खेलेर राेमाञ्चक जित हात पारेकाे हाे ।

    राेमाञ्चक यसकारण कि, अन्तिम ६ बलमा जितको लागि ५ रन चाहिएको थियो । अन्तिममा पहिलो बलमा लेग वाइको रुपमा नेपालले चौका प्राप्त गर्‍याे । दोस्रो बलमा करण केसीले छक्का प्रहार गरी नेपालको जित पक्का गराए ।

    करण २५ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे । पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर भेट्टाएकाे हाे ।

  • पीएनजीविरुद्धकाे खेलमा आरिफको पनि अर्धशतक

    पीएनजीविरुद्धकाे खेलमा आरिफको पनि अर्धशतक

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध नेपालका आरिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

    आरिफले ८० बलमा २ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । आरिफको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

    यसअघि जारी खेलमा नेपालका रोहित कुमार पौडेलले समेत अर्धशतक पूरा गरेका थिए ।

    खराब सुरुवात गरेको नेपालका लागि रोहित र आरिफले शतकीय साझेदारी पूरा गरेपछि केही राहत मिलेकाे छ ।

  • आईसीसीकाे ‘प्लेअर अफ द मन्थ’ काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी

    आईसीसीकाे ‘प्लेअर अफ द मन्थ’ काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी

    काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको ‘प्लेअर अफ द मन्थ’ काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी पर्न सफल भएका छन् ।

    आईसीसीले बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी, भारतका श्रेयस अय्यर र यूएईका वृत्य अरविन्द परेका हुन् । भोटिङका आधारमा तीन जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन् ।

    आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल छनोट हुन नसके पनि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    भारतीय खेलाडी श्रेयस अय्यरले वेस्ट इन्डिजसँगको एकदिवसीय र टी–२० तथा श्रीलङ्कासँगको शृङ्खलामा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

    यूएईका वृत्य अरविन्दले आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटमा उत्कृष्ट ब्याटिङ गरी टिमलाई विश्व कपमा पुर्‍याएका छन् ।

    भाेट गर्नका लागि यहाँ क्लिक गर्नुहाेस्

  • ओमानविरुद्ध नेपाल ९ विकेटले विजयी, ग्लाेबल क्वालिफायरमा तेस्राे स्थानमा

    ओमानविरुद्ध नेपाल ९ विकेटले विजयी, ग्लाेबल क्वालिफायरमा तेस्राे स्थानमा

    काठमाडौं । ओमानविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ । नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सम्पन्न गरेकाे छ ।

    सेमिफाइनलमा पराजित भएको नेपाल ओमानलाई ९ विकेटले हराएर नेपाल तेस्रो भएको हो ।

    ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो ।

    भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । यस्तै, आरिफ शेखले अविजित २१ रन जोडे ।

    पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ७.३ ओभरमा ५० रनको साझेदारी गरेका थिए । आसिफ शेख १३ रन बनाएर आउट भए ।

    त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ८७ रनमै रोकिएको थियो ।

  • ओमानले दियाे नेपाललाई ८८ रनको लक्ष्य

    ओमानले दियाे नेपाललाई ८८ रनको लक्ष्य

    काठमाडौ । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट एमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

    ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको हो ।

    नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कमल ऐरी, आरिफ शेख, अबिनाश बोहोरा, र सागर ढकालले १–१ विकेट लिए ।

    सेमिफाईनलमा यूएईसँग पराजित भएको नेपालकाे विश्वकप ढाेका बन्द भइसकेकाे छ । आजको खेल जिते नेपालले तेस्रो स्थान पक्का गर्नेछ ।

  • ओमानविरुद्ध फिल्डिङमा नेपाल

    ओमानविरुद्ध फिल्डिङमा नेपाल

    काठमाडौं । ओमानमा जारी आईसिसी टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गतकाे खेलमा नेपालले ओमानविरुद्ध फिल्डिङ गरिरहेकाे छ ।

    सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि भिड्न लागेका हुन् । टस जितेर ओमानले ब्याटिङ गरिरहेकाे छ ।

    अन्तिम चारमा नेपालले यूएई र ओमानले आयरल्यान्डसँग हार ब्यहोरेपछि विश्वकपमा छनोट हुन असफल भएका थिए ।

     

  • विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

    विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

    काठमाडाैं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी चैतको पहिलो सातादेखि संयुक्त अरब इमिरेट्समा सुरुआत हुनेछ ।

    उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीसँग खेल्ने छ । नेपाल र पपुवा न्युगिनीबीचको खेल आगामी चैत २ गते युएइको शारजहा क्रिकेट मैदानमा हुनेछ ।

    त्यस्तै नेपालले आफनो दोस्रो खेल युएईसँग चैत ४ गते खेल्नेछ भने तेस्रो खेल युएईविरुद्ध चैत ७ गते खेल्नेछ । नेपालले पपुवा न्युगिनिसँग चैत ८ गते खेल्नेछ । आइसिसी विश्वकप लिग–२ को नेपालले ८ खेलमा ४ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ ।

    नेपाल ८ अंक जोड्दै अंक तालिकाको छैटाैँ स्थानमा छ । त्यसैगरी ओमानले २३ खेलमा १५ खेलमा जित तथा ७ खेलमा हार बेहोर्दै ३० अंक जोडेको छ । ओमन अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हारसहित १६ अङ्कका साथ दोस्रो स्थानमा छ । अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हारसहित तेस्रो स्थानमा छ ।

    युएई १० खेलमा ५ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थाानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ अन्तिम स्थानमा छ । सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

  • क्याच छाेडेकाे भन्दै बलरले सहकर्मीकाे गाला चड्काएपछि… (भिडियाेसहित)

    क्याच छाेडेकाे भन्दै बलरले सहकर्मीकाे गाला चड्काएपछि… (भिडियाेसहित)

    काठमाडाैं । लाहोरस्थित गद्दाफी स्टेडियममा पाकिस्तानका तीव्र गतिका बलर ह्यारिस रउफले क्याच छुटाएको भन्दै आफ्ना एक साथीमाथि थप्पड हानेका छन् ।

    पाकिस्तान सुपर लिगअन्तर्गत मंगलबार भएको खेलमा रउफले आफ्ना साथी कमरान घुल्मनलाई थप्पड हानेका हुन् । पेशावर जाल्मीविरुद्धकाे खेलमा ओपनर हजरातुल्लाह जाजाईले प्रहार गरेको बलमा घुल्मनले क्याच छाडेका थिए।

    लाहोर कालान्डर्सका रउफले आफूले बलिङ गर्दा विपक्षी टोलीका खेलाडीको क्याच नसमाएको रिसमा घुल्मनलाई थप्पड हानेका हुन् ।

    त्यही ओभरमा रउफले अर्का ब्याट्सम्यानलाई आउट गरे । विपक्षी खेलाडी आउट भएपछि खुसीयाली मनाउन पुगेका घुल्मनलाई रउफले थप्पड हानेका हुन् ।

    यो घटनाले उनीहरुको सम्बन्धमा कुनै नराम्रो असर नपरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । क्रिकेटका जानकारहरुले भने रउफले देखाएको व्यवहारको आलोचना गरेका छन् ।

  • टुट्याे नेपालकाे विश्वकप खेल्ने सपना, यूएईसँग ६८ रनले पराजित

    टुट्याे नेपालकाे विश्वकप खेल्ने सपना, यूएईसँग ६८ रनले पराजित

    काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना टुटेकाे छ ।

    मंगलबार ओमानमा भएको विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले पराजित गरेपछि नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर भएकाे हाे । जितपछि यूएई भने आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ ।

    एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन जोड्यो ।

    नेपालका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २० र आरिफ शेखले ११ रन बनाएर आउट भए । आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । कुशल भुर्तेल ७ रन जोडेर आउट भए ।

    टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो । यूएईका मुहम्मद वासिमले सर्वाधिक ७० र अरविन्दले ४६ रन बनाएका थिए ।

    समूहगत चरणमा नेपालले तीनवटा खेल जितेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । तर यूएईसँगकाे खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्न नसक्दा विश्वकपकाे ढाेकामा पुगेर फर्किन बाध्य भयाे ।