Tag: दुर्घटना

  • सिमलताल बाढी: फेला परेका १९ शवमध्ये १४ को सनाखत

    सिमलताल बाढी: फेला परेका १९ शवमध्ये १४ को सनाखत

    काठमाडाैं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।

    तीमध्ये १४ शवको सनाखत भएको प्रहरीले जनाएकाे छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ । बाँकीको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।

    बिहीबार भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतका सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ।

    यसैगरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ।

    गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए।

    दुवै बसमा गरी ६५ यात्रु रहेको थिए । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए ।

  • वेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

    वेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

    चितवन । चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि सरकारले छिमेकी देशबाट आवश्यक प्रविधि झिकाउने भएको छ ।

    आइतबार स्थलगत अध्ययनपछि गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिए ।

    ‘आवश्यक प्रविधि ल्याउनका लागि लागि सम्बन्धित देशका राजदूतसँग कुराकानी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिबद्धता आएको छ,’  उनले भने ।

    उनले मृतकहरूको पहिचानका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतका विषयमा पनि गृहले आवश्यक पहल गर्ने जिकिर गरे ।

    भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

  • रुपन्देहीमा बसको ठक्करबाट एकै घरका २ जनाको मृत्यु

    रुपन्देहीमा बसको ठक्करबाट एकै घरका २ जनाको मृत्यु

    काठमाडौं । स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

    शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

    बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाएका छन् भने शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।

    घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतीक नगरपालिका वडा नं ४ का २१ बर्षिय मोहम्मद इरसाद र १६ बर्षीया रुविना खातुनको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि बस चालक भने फरार रहेको र उनको खोजीकार्य भैरहेको छ ।

     

  • जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

    जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । गम्भीर घाइते भएका थप एकजनाको पनि मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।

    बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो । गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए। दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् ।

    मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

  • जीप दुर्घटना अपडेट : मृतकमध्ये चारजनाकाे सनाखत

    जीप दुर्घटना अपडेट : मृतकमध्ये चारजनाकाे सनाखत

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।

    बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।

    मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन । जिपमा सातजना सवार थिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

  • त्रिशूली नदीमा बस खस्दा ८ जनाकाे मृत्यु

    त्रिशूली नदीमा बस खस्दा ८ जनाकाे मृत्यु

    काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

    काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

    दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे हाे । अन्य ८ जना घाइते भएकाे बताइएकाे छ ।

    घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

  • काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्याे, उद्दार जारी

    काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्याे, उद्दार जारी

    काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खसेको छ ।

    स्थानीय सञ्चारकर्मी पोषनाथ अधिकारीका अनुसार प्रदेश ३ ०१००५ ख ९९५२ नम्बरको काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुवाहक धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो ।

    दुर्घटनामा परेको बसमा सवार अहिलेसम्म १८ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीले जानकारी दिएको छ । उद्दार अहिले पनि जारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

  • चितवनमा बस, बोलेरो, मोटरसाईकल र स्कुटर ठोक्किए : १० भन्दा बढी घाइते

    चितवनमा बस, बोलेरो, मोटरसाईकल र स्कुटर ठोक्किए : १० भन्दा बढी घाइते

    चितवन । चितवनमा चारवटा भन्दाबढी सवारी साधन आपसमा ठोक्किएर दुर्घटना हुदा कम्तिमा १० जना घाइते भएका छन् ।

    महेन्द्र राजमार्गअन्तर्गत पर्ने भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक–आपसमा ठोक्किएका हुन् ।

    दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • मनाङ एयर हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित ६ जनाकै मृत्यु

    मनाङ एयर हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित ६ जनाकै मृत्यु

    काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ ।

    मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५ को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको हाे ।

    मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

    अहिले सबै शव संकलन भइसकेको पनि प्रहरीले जनाएकाे छ ।

  • दुर्घटनाग्रस्त मनाङको हेलिकप्टरमा थिए ५ मेक्सिकन नागरिक

    दुर्घटनाग्रस्त मनाङको हेलिकप्टरमा थिए ५ मेक्सिकन नागरिक

    काठमाडाैं । मंगलबार बिहानैदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सुर्के नजिकै फेला परेको छ । लिखुपिके गाउँपालिकामा हेलिकप्टर भेटिएको हो ।

    हेलिकप्टरमा एकजना नेपाली पाइलटसहित ५ मेक्सिकन नागरिक रहेका पुष्टि भएको छ । हालसम्म ५ जनाकाे शव फेला परिसकेकाे छ । एक जना बेपत्ता छन् ।

    मनाङ एयरको हेलिकप्टर सीबी गुरुङले कमान्ड गरेका थिए । जसमा मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष रहेका छन् ।

    मनाङको यात्रु लिस्टअनुसार हेलिकोप्टरमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन् ।