Tag: प्रचण्ड

  • प्रधानमन्त्रीको प्रश्न : के देशमा साँच्चै केही नभएकै हो ?

    प्रधानमन्त्रीको प्रश्न : के देशमा साँच्चै केही नभएकै हो ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली समाजमा देशमा केही हुँदैन र छैन भन्ने भ्रम चलाएकोप्रति चिन्ता व्यक्ति गरेका छन् ।

    सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै अहिले नेपाली समाजमा अत्यन्तै चिन्ताजनक रुपमा चारैतिर हिनताबोध र नकारात्मकताको डडेलो लगाइँदै गरेको देखिरहेको बताए ।

    उनले भने, ‘सकिँदैन, बन्दैन हुँदैन भन्ने नकारात्मकताले जरैदेखि सिर्जनात्मकता मरिरहेको छ। एकथरी तत्वले यो मानिसिकतालाई नियोजित रुपमा मलजल गरिरहेका छन् । देशमा सबै नराम्रो मात्रै भइरहेको छ। के देशमा साँच्चै केही नभएकै हो रु के देश पूर्ण रुपमा सम्भावनाहिन बन्दै गएको हो त रु नकारात्मक भावनाले हामीकहाँ सम्भव कामपनि असम्भव बनाइरहेका छौं। हामीले आफ् आफ्नै छेउको उज्यालोृलाई पनि पत्याउँन छाडेका छौं ।’

  • रास्वपालाई  सरकारमा सामेल हुन प्रधानमन्त्रीको आग्रह

    रास्वपालाई सरकारमा सामेल हुन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । आज बालुवाटारमा भएको भेट्मा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सरकारमा सामेल हुन् प्रस्ताव गरेका छन् ।

    प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ ।

    भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डालाई अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।

    प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार गरेको घुमाउरो संकेत गरेका थिए । तर, रविले भने पार्टी प्रतिपक्षमै बस्न सक्ने प्रधानमन्त्रीलाई बताएका छन् ।

    रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ । भोलिको बैठकले सरकारबाट समर्थन झिक्ने विषयमा निर्णय भने लिने छैन । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने मनस्थिति नेतृत्वले बनाइसकेको बुझिएको छ ।

  • मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू, मिटरव्याज पीडीतको समस्या समाधानबारे छलफल हुने सम्भावना

    मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू, मिटरव्याज पीडीतको समस्या समाधानबारे छलफल हुने सम्भावना

    काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक डाकेका हुन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मिटरव्याजपीडीतको समस्या समाधानका लागि केही निर्णय लिनसक्ने बताइएको छ ।

    मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भइरहेको प्रेस संयोजक सूर्यकिरणले बताएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार र बिहीबार बस्दै आएको छ ।

  • भोलिबाटै सरकार विस्तारको प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    भोलिबाटै सरकार विस्तारको प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको प्रक्रिया सुरु हुने बताएका छन्। विश्वासको मत पाएर प्रतिनिधि सभाबाट बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै उनले दुईरचार दिनमै सरकारले पूर्णता पाउने बताए।

    प्रधानमन्त्री दाहालले सोमबार दोस्रोपटक विश्वासको मत पाएका छन्। पुस १० गते प्रधानमन्त्री भएका दाहालले पहिलो पटक एमालेसहित सबै दलको विश्वासको मत पाएका थिए।

    तर, यसपटक एमाले र राप्रपाले पनि विपक्षमा मतदान गरेको छ। एमालेको सर्मथनमा प्रधानमन्त्री भएका प्रचण्डले दुई महिनामै सत्ता गठबन्धन परिर्वतन गर्दै नेपाली कांग्रेससहितको सरकार विस्तार गर्दै छन्।

  • ८ दलकाे भेलामा प्रचण्डकाे अभिव्यक्ति : ओलीले संसद विघटन ठीक भनेपछि बिकल्प खाेजियाे

    ८ दलकाे भेलामा प्रचण्डकाे अभिव्यक्ति : ओलीले संसद विघटन ठीक भनेपछि बिकल्प खाेजियाे

    काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद विघटन ठीक रहेको अभिमत दिएपछि आफूले नयाँ बिकल्प खोजेको बताएका छन् ।

    आठ दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले बिहीबार काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठीक रहेको बिचार व्यक्त गरेपछि आफूहरु सोच्न बाध्य भएको र नयाँ बिकल्प खोजेको बताए ।

    उनले विकास र समृद्धिको जनचाहना सम्बोधन गर्ने चाहना भए पनि बीचमा अलिकति अल्मलिएको र अब ठिक ठाउँमा आएको धारणा राखे । उनले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको र यो लोकतन्त्र र संविधानको हितमा रहेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले पौडेलको पक्षमा आठ दलको मात्रै नभई १० दलको समर्थन रहेको र स्वतन्त्र सांसदहरुको पनि समर्थन रहेको बताएकाे कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।

    आठ दलले राष्ट्रपतिमा अघि सारेको उम्मेदवारका बिषयमा स्पष्ट पार्न अभिमुखी करण कार्यक्रम गरिएको उनले बताए । उनले पौडलको पक्षमा अझै समर्थन बढ्ने दाबी गरे ।

    त्यस्तै, अभिमुखी कार्यक्रमपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको विषयमा प्रस्टता आवश्यक रहेको बताए । उनले अबको राष्ट्रपतिले मुलुकलाई एकताबद्ध बनाएर जानुपर्ने भन्दै पौडेलको पक्षमा भोट दिने उल्लेख गरे ।

    त्यस्तै, आठ दलका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलले संविधानको परिधिभित्र रहेर आफूले काम गर्ने बताए । उनले अहिलेसम्म सबै दलबाट आफूलाई सहयोग गर्ने प्रतिबद्धता आएको बताए ।

    कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठलगायतले राष्ट्रपतिमा भारी मतका साथ विजयी गराउनुपर्ने धारणा राखेका थिए ।

    राष्ट्रपतिको निर्वाचन आगामी फाल्गुन २५ गते हुँदैछ ।

  • नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढ्यो : प्रचण्ड

    नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढ्यो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको बताएका छन् ।

    काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नेपालको राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढिरहेको उल्लेख गरेका हुन् ।

    देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी रहेको भन्दै प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘राष्ट्रिय राजनीति विशिष्ट अवस्थामा छ । प्रतिगमनकारी षड्यन्त्र र चलेखल अझै पनि जारी छ । स्थानीय तहको निर्वाचन र त्यसको परिणामले संविधान र लोकतन्त्रको सुदृढीकरण एवं कार्यान्वयनमा महत्वपूर्ण योगदान दिएको छ । स्वभावैले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निवार्चनमा कस्तो खाले मोर्चा, गठबन्धन र तालमेल हुन्छ आमचासोको विषय बनेको छ । यो नयाँ र सकारात्मक स्थितिका बाबजुद देशमा प्रतिगमनकारी षडयन्त्र र चलखेल जारी छ । आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेर गएको छ ।’

  • प्रचण्डले फेरि भने- एमसीसीकाे विपक्षमा छाैँ, प्रहरी दमनकाे विराेध गर्छाैँ

    प्रचण्डले फेरि भने- एमसीसीकाे विपक्षमा छाैँ, प्रहरी दमनकाे विराेध गर्छाैँ

    काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको स्पष्ट पारेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले एमसीसी संसदमा टेबल गरेको छ ।

    तर प्रचण्डले भने सरकारले विवाद र विरोधकै बीच एमसीसी टेबल गरेकोमा विरोध जनाउँदै माओवादी एमसीसीको विपक्षमा उभिने बताएका छन् ।

    यस्तै, उनले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शन गर्नेहरूमाथि प्रहरीले गरेको दमनको विरोध गर्दै घाइतेको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

  • प्रचण्डलाई दिपकराज गिरीको प्रश्न : सामन्त नहुन विदेशी बैंकमै पैसा राखौँ त कमरेड ?

    प्रचण्डलाई दिपकराज गिरीको प्रश्न : सामन्त नहुन विदेशी बैंकमै पैसा राखौँ त कमरेड ?

    आज म लेख्दैछु…

    १) प्रचण्ड कमरेडको पुरानो महावाणी– बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !

    यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइरहेका छन् ! उहाँकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कुल गएर त्यही छुटेको पुरानो शिक्षा पढिरहेका छन् !

    २) अहिले फेरि एक्कासी नयाँ महावाणी आयो– सेयर बजार सामन्तीहरूको बजार हो !!!

    तपाइँले भनेजस्तै कतिपयले कल–कारखाना पनि नखोल्या हो र कमरेड ? तर, अनावश्यक रूपमा तपाइँहरूले युनियनहरू गठन गरेर हडताल गराई गराई साहुजीहरुकै बाह्र बजाएर उठीबास नै लगाइयो नि होइन र?

    अब आफ्नै कुरा गरौँ–

    फिल्म हल खोलौँ भनेको त्यो ‘फÞल्मी’ भन्ने चिज पनि बिलासितामा पर्ला कि नपर्ला ?

    सामन्तीहरूको लिस्टमै परिएर भोलि फेरि अप्ठेरो पर्ला भनेर सोधेको मात्रै हो कामरेड!

    कि ब्युटी पार्लर खोलौँ त ?

    हुन त धनाढ्यका बूढीहरू, छोरीहरू जाने ठाउँ त्यो पनि पक्कै सामन्तवादी लगानीमै पर्छ होला ?

    अब केमा लगानी गरौँ त?

    अब ती खाई नखाई गरेर लहैलहैमा भए पनि लागेर ४७ लाख डिम्याट खाता खोलेका नवसामन्तहरूलाई चाहिँ के गर्ने त कमरेड ?
    आफ्नो कमाइलाई कहाँ लगाउने त ? ता कि हाम्रो लगानी सामन्तवादी लगानी नहोस !

    प्लिज कमरेड भनिदिनु पर्यो ! तपाइँको लगानी कहाँ छ ? कि त्यहीँ लगानी गर्न प्रेरित गरिदिनुपर्यो !

    मलाई त सामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला ? ‘….कि यसो गरौँ विदेशी बैंकमै लगेर राखौँ त कमरेड ? त्यसो गर्दा कसो होला ?

    जे जसरी हुन्छ मलाई सामन्त हुनबाट बचाउनुस् कमरेड ’ म हातै जोड्छु ! मलगायत थुप्रै जनताले जय गाउने छन कमरेड !

    लाल सलाम!!!

     (कलाकार दिपकराज गिरीबाट फेसबुकबाट जस्ताको तस्तै साभार)

  • एमसीसी र प्रधान न्यायाधीशविरुद्ध महाअभियोगबारे दलहरुकाे सहमतिका आधारमा निर्णय हुन्छ : प्रचण्ड

    एमसीसी र प्रधान न्यायाधीशविरुद्ध महाअभियोगबारे दलहरुकाे सहमतिका आधारमा निर्णय हुन्छ : प्रचण्ड

    चितवन । सत्ता गठबन्धनमध्येक एक शीर्ष नेता तथा माओवादी अध्यक्ष प्रचण्डले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने बताएका छन् ।

    माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधान न्यायाधीशविरुद्ध महाअभियोगका विषय दलहरुकाे सहमतिका आधारमा हुने र एमसीसीमा जबरजस्ती नहुने बताएका हुन् ।

    उनले भने – ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ ।’

    उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गरेका छन् । एमसीसीको बैठक र संसद बैठक एकैदिन संयाेगमात्र भएकाे र याे संसदकाे हिउँदे अधिवेशन भएकाे उनले बताएका हुन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ का लागि संसदका दुवै सदनको बैठक डाकेकी छिन् । संयोग के परेको छ भने अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को वासिङ्टनस्थित मुख्यालयले सोही दिन बोर्ड बैठक पनि राखेको छ । जहाँ एससीसी–नेपाल सम्झौताबारे छलफल हुने कार्यसूची छ ।