प्रचण्डलाई दिपकराज गिरीको प्रश्न : सामन्त नहुन विदेशी बैंकमै पैसा राखौँ त कमरेड ?

आज म लेख्दैछु…

१) प्रचण्ड कमरेडको पुरानो महावाणी– बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !

यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइरहेका छन् ! उहाँकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कुल गएर त्यही छुटेको पुरानो शिक्षा पढिरहेका छन् !

२) अहिले फेरि एक्कासी नयाँ महावाणी आयो– सेयर बजार सामन्तीहरूको बजार हो !!!

तपाइँले भनेजस्तै कतिपयले कल–कारखाना पनि नखोल्या हो र कमरेड ? तर, अनावश्यक रूपमा तपाइँहरूले युनियनहरू गठन गरेर हडताल गराई गराई साहुजीहरुकै बाह्र बजाएर उठीबास नै लगाइयो नि होइन र?

अब आफ्नै कुरा गरौँ–

फिल्म हल खोलौँ भनेको त्यो ‘फÞल्मी’ भन्ने चिज पनि बिलासितामा पर्ला कि नपर्ला ?

सामन्तीहरूको लिस्टमै परिएर भोलि फेरि अप्ठेरो पर्ला भनेर सोधेको मात्रै हो कामरेड!

कि ब्युटी पार्लर खोलौँ त ?

हुन त धनाढ्यका बूढीहरू, छोरीहरू जाने ठाउँ त्यो पनि पक्कै सामन्तवादी लगानीमै पर्छ होला ?

अब केमा लगानी गरौँ त?

अब ती खाई नखाई गरेर लहैलहैमा भए पनि लागेर ४७ लाख डिम्याट खाता खोलेका नवसामन्तहरूलाई चाहिँ के गर्ने त कमरेड ?
आफ्नो कमाइलाई कहाँ लगाउने त ? ता कि हाम्रो लगानी सामन्तवादी लगानी नहोस !

प्लिज कमरेड भनिदिनु पर्यो ! तपाइँको लगानी कहाँ छ ? कि त्यहीँ लगानी गर्न प्रेरित गरिदिनुपर्यो !

मलाई त सामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला ? ‘….कि यसो गरौँ विदेशी बैंकमै लगेर राखौँ त कमरेड ? त्यसो गर्दा कसो होला ?

जे जसरी हुन्छ मलाई सामन्त हुनबाट बचाउनुस् कमरेड ’ म हातै जोड्छु ! मलगायत थुप्रै जनताले जय गाउने छन कमरेड !

लाल सलाम!!!

 (कलाकार दिपकराज गिरीबाट फेसबुकबाट जस्ताको तस्तै साभार)

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१