एमसीसी र प्रधान न्यायाधीशविरुद्ध महाअभियोगबारे दलहरुकाे सहमतिका आधारमा निर्णय हुन्छ : प्रचण्ड

चितवन । सत्ता गठबन्धनमध्येक एक शीर्ष नेता तथा माओवादी अध्यक्ष प्रचण्डले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने बताएका छन् ।

माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधान न्यायाधीशविरुद्ध महाअभियोगका विषय दलहरुकाे सहमतिका आधारमा हुने र एमसीसीमा जबरजस्ती नहुने बताएका हुन् ।

उनले भने – ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ ।’

उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गरेका छन् । एमसीसीको बैठक र संसद बैठक एकैदिन संयाेगमात्र भएकाे र याे संसदकाे हिउँदे अधिवेशन भएकाे उनले बताएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ का लागि संसदका दुवै सदनको बैठक डाकेकी छिन् । संयोग के परेको छ भने अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को वासिङ्टनस्थित मुख्यालयले सोही दिन बोर्ड बैठक पनि राखेको छ । जहाँ एससीसी–नेपाल सम्झौताबारे छलफल हुने कार्यसूची छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१