Tag: रवि लामिछाने

  • मिडियाले चारैतिरबाट प्रहार गरेको आराेपसहित रविले मिडिया सम्पादकलाई साेधे- मेरो अपराध के हो ?

    मिडियाले चारैतिरबाट प्रहार गरेको आराेपसहित रविले मिडिया सम्पादकलाई साेधे- मेरो अपराध के हो ?

    काठमाडौं । सरकार छाड्ने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताएका छन् ।

    आइतबार पार्टीकाे बैठकपछि पत्रकार सम्मेलन गरेका लामिछानेले भने, ‘मेरो अपराध केही छैन, १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे ।’

    रविले केही मिडिया र सम्पादकको नाम लिएर क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिए ।

    उनले सम्पादकहरुले मिटिङ गरेर ‘सिध्याउने हिसाब’ले आधारबिहीन समाचार लेखेकाे जिकीर गरे ।

    पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमप्रति निकैबेर खनिएका उनले विभिन्न समयमा छापिएका समाचारका उदाहरण प्रस्तुत गर्दै सञ्चारमाध्यम र तिनका मालिकहरूले गलत गर्दा पनि पत्रकारहरूले लेख्न नसकेको बताए ।

    गृहमन्त्रालय आफ्नो भागमा परेको र पार्टीले पठाएको मान्छे गृहमन्त्री हुने आफूहरूले बताइरहँदा पनि सञ्चारमाध्यमहरूले गलत समाचार लेखेको उनले बताए ।

    पटक–पटक मिडिया सञ्चालकहरूको नाम लिएर लामिछाने उनीहरूप्रति पोखिइरहे । देशमा कानूनी शासन भएको भन्दै उनले कानून सबैलाई बराबर भएको पनि बताए ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

    राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

    आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

    बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।

    रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

  • सरकारबाट बाहिरिने रास्वपाकाे निर्णय, सरकारलाई दिएकाे समर्थन कायम राख्ने

    सरकारबाट बाहिरिने रास्वपाकाे निर्णय, सरकारलाई दिएकाे समर्थन कायम राख्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो ।

    आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।

    सरकारबाट बाहिरिने निर्णय लिए पनि सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।

  • सत्ता साझेदार दललाई रवि लामिछानेकाे पटक-पटककाे धम्की !

    सत्ता साझेदार दललाई रवि लामिछानेकाे पटक-पटककाे धम्की !

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता साझेदार दलहरुलाई धम्की दिएका छन् । आफू गृहमन्त्रालयमा फर्कने प्रयास असफल भएपछि उनले आज पार्टीको बैठकबाट ठोस् निर्णय लिने चेतावनी दिएका हुन् ।

    सभापति लामिछानेले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने जानकारीसमेत दिएका छन् ।

    यसअघि बिहीबार उनले आफू अभिमन्यू नभएको भन्दै सरकारबाट बाहिरिने संकेत गरेका थिए ।

    सामाजिक सञ्जालमार्फत आफू अब चुप नबस्ने बताएका लामिछानेले त्यसपछि बोलाइको पार्टीको बैठकअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनको समय मागेका थिए ।

    अल्टिमेटम सकिएको भोलिपल्टसम्म कुनै जानकारी नआए पछि पार्टीको बैठक राखेर आवश्यक निर्णय लिन लागिएको सभापति लामिछानेको भनाइ छ । सामाजिक सञ्जालमार्फत लामिछानेले जनतासँग सिधा कुरा नगरेको धेरै भएको भन्दै देश तथा विदेशमा रहने सबैलाई पत्रकार सम्मेलन हेर्न आग्रह गरेका छन् ।

    ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ’, रविले लेखेका छन् ।

    तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता लिन कानुनबमोजिम प्रक्रिया नपुर्‍याएको भन्दै सर्वोच्च अदालतले माघ १३ मा सांसद पदबाट मुक्त गर्‍यो । त्यसपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो ।

    सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक–पटक भेटेका थिए । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

    वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

    सर्वाेच्चकाे फैसलापछि पद गुमाएका रवि यतिबेला पुन: गृहमन्त्री बन्नका लागि दाैडधूप गरिरहेका छन् । बेलाबेलामा लामिछानेले सामाजिक सञ्जालमार्फत सत्ता साझेदार दललक्षित धम्कीकाे स्टाटस पनि लेखिरहेका छन् । उनकाे ‘हार्ड एण्ड फास्ट’ निर्णय आफैँलाई अप्ठेराेमा पार्ने विषय पनि बन्न सक्ने कतिपयकाे बुझाइ छ ।

    यतिबेला सामाजिक सञ्जालमा लामिछाने ‘पदलाेलुप’ भएकाे भन्ने चर्चा पनि उत्तिकै छ । यसअघि सरकारमा जाने निर्णय गरिरहेकाे बेलामा सरकारभित्र बसेर सुधार गर्ने याेजना रहेकाे बताएका रविले गरेका निर्णयहरु कार्यान्वयनमा आउन सकेनन् ।

    उनी प्रचण्ड नेतृत्वकाे सरकारमा एक महिना उपप्रधानसहित गृहमन्त्री बने । गृहमन्त्री बनेकाे दाेस्राे दिन गत पुस १२ मा लामिछानेले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिए । सामाजिक सञ्जालमा उनकाे कामकाे वाहवाही सुरु भइहाल्याे ।

    निर्देशनअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २ सय २१ सुरक्षाकर्मी फिर्ता भए । तर लामिछानेको निर्देशन एक साता पनि टिकेन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुस १९ मा गृह मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (बालुवाटार) मा कार्यरत ३५ सुरक्षाकर्मी (सवारी चालक) लाई अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता गर्न निर्देशन दियो । त्यही दिन ती सुरक्षाकर्मी बालुवाटार फिर्ता भए ।

    उनी नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयमा पनि आलाेचित बन्न पुगे ।

    गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रको कारण पनि तत्कालीन गृहमन्त्री लामिछाने निकै आलोचित बने ।

    यसैगरी, लामिछानेले पुस २० मा मुलुकभरका अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गरे । लगत्तै प्रमुख जिल्ला अधिकारीले अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गराए । तर उनी गृहमन्त्री रहेकै बेला मन्त्रिपरिषद् बैठकले माघ ११ मा ती क्रसर उद्योगलाई जस्ताको तस्तै चल्न दिने निर्णय गरिसकेकाे छ ।

  • पार्टीकाे बैठकअघि रास्वपा सभापति रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई

    पार्टीकाे बैठकअघि रास्वपा सभापति रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई

    काठमाडाैं । पार्टी बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

    आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेलाई प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ ।

    लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रचण्डले गृहको विकल्प रोज्न आग्रह गरेकाे स्राेतले बताएकाे छ ।

    प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

    नागरिकता प्रकरणमा सांसद र गृह मन्त्री गुमाएका लामिछाने फेरि गृहमै फर्किन चाहेका छन् । तर प्रचण्डले भने गृह दिन चाहेका छैनन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धरामा बस्न लागेकाे छ । उक्त बैठकपछि आफूले विशेष पत्रकार सम्मेलन गर्ने लामिछानेले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

  • प्रधानमन्त्रीलाई दिएको समय सकिएपछि रास्वपाकाे आकस्मिक बैठक

    प्रधानमन्त्रीलाई दिएको समय सकिएपछि रास्वपाकाे आकस्मिक बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति साढे ८ बजे आकस्मिक रुपमा बैठक बसेकाे हाे ।

    रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

    यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।

    प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।

     

  • रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा सरकारी कर्मचारीद्वारा आत्मदाह प्रयास

    रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा सरकारी कर्मचारीद्वारा आत्मदाह प्रयास

    बाँके । नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन् ।

    जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ ।

    जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले एक पुरुषले आत्मदाहको प्रयास गरेको जानकारी दिइन् ।

    ‘उहाँले रवि लामिछानेलाई गृह मन्त्री नबनाएको भन्दै आफ्नो शरीरमा आगो लगाउनु प्रयास गर्नुभएको रहेछ। तर, लाइटर बलेन,’ सहायक प्रमुख जिल्लाअधिकारी रिजालले भनिन् ।

    उनका अनुसार उक्त पुरुषले आफ्नो पूरै शरीरमा पेट्रोल झर्केका थिए । तर, आगो लगाउन खोज्दा लाइटर नबलेकाले जल्न पाएन ।

    बाँकेको कोहलपुर नगरपालिका-११ स्थायी घर भएका कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत थिए ।

  • रविले बाेलाए आकस्मिक बैठक, रास्वपा सरकारबाट बाहिरिने तयारी

    रविले बाेलाए आकस्मिक बैठक, रास्वपा सरकारबाट बाहिरिने तयारी

    काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने तयारी गरेको छ ।

    त्यस विषयमा निर्णय लिन बिहीबार साँढे चार बजे बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय बसुन्धारामा बस्नेछ ।

    पछिल्लो राजनीतिक घटनाक्रमम र सरकारमा सहभागिताबारे निर्णय लिन बैठक बोलाइएको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

    बैठकले सरकारबाट बाहिरिने निर्णय लिने सम्भावना प्रबल रहेको स्रोतको दाबी छ । रास्वपा सभापति लामिछाने स्वयंले पनि त्यसको संकेत गरिसकेका छन् ।

    ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन,’ रविले फेसबूकमा लेखेका छन् ।

  • रवि लामिछानेले भने – माैनता आजसम्म मात्र हाे, म अभिमन्यु हाेइन

    रवि लामिछानेले भने – माैनता आजसम्म मात्र हाे, म अभिमन्यु हाेइन

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नाे माैनता आजसम्मका लागिमात्र भएकाे बताएका छन् ।

    उनले बिहीबार सामाजिक सञ्जालमा एक पाेस्ट लेखेर अब आफूलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरीहाल्नु होला, लेखिहाल्नु होला भन्ने आग्रह गरेका छन् ।

    उनले अब आफ्नाे माैनता आज सम्मका लागि मात्र भएकाे पनि उल्लेख गरेका छन् । उनले आफू अभिमन्यु नभएकाे पनि उल्लेख गरेका छन् ।

    अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।

    त्यसपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए । आइतबार उनले पुनः नागरिकता लिने प्रक्रिया पूरा गरिसकेका छन् ।

    त्यसपछि रास्वपाले गृह मन्त्रालयमा दाबी गरिरहेको छ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा छन् ।

  • रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसदलाई

    रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसदलाई

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराएका छन् ।

    बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराएका हुन् ।

    सभामुख घिमिरेले भने– ‘सर्वोच्च अदालतको पत्रको चलानी नम्बर २७४०६, मुद्दा नम्बर ०७९ डब्ल्यु सी ००३५ को मिति २०७९ माघ १५ गते, युवराज पौडेल निवेदक भई दायर भएको रिट निवेदनबाट प्रतिनिधिसभा सदस्य भएका रवि लामिछानेले अमेरिकी नागरिकता विधिवत् त्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता प्राप्त गर्न प्रक्रिया पूरा नगरिएको हुँदा निजले प्रतिनिधि सभाको सदस्य रहन देखिन उपयुक्त नदेखिएकोले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन उपयुक्त नदेखिएकोले उम्मेदवार भई निर्वाचित भएको देखिएकोले निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने काम नेपालको संविधानको धारा ३३ को उपधारा २, ३ र धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुन्छ भन्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ८९ को खण्ड ख बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको कुरा प्रतिनिधिसभा नियमावली २०७५ नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

    प्रतिनिधिसभाको बैठक माघ २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।