Tag: एनपिएल

  • ७४ रनमै रोकियो पोखरा एभेन्जर्स, चितवन राइनोज ८७ रनले विजयी

    ७४ रनमै रोकियो पोखरा एभेन्जर्स, चितवन राइनोज ८७ रनले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । टस जितेर फिल्डिङ गरेको पोखराले १६२ रनको लक्ष्य पायो । चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। कप्तान कुशल मल्लले २३ बलमा ३८ रन बनाए ।

    तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३–३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।

    पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक २३ बलमा ३० रन बनाए । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । मार्कसले १७ रन जोडे । पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए ।

    रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।

  • चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

    चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

    नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ।

    टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो।

    चितवनका लागि इंग्लिस ब्याटर बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन–तीन चौका र छक्का प्रहार गरे।कप्तान कुशल मल्ल र रवी बोपाराबीच ५६ रनको साझेदारी भएपछि चितवनको इनिङ्ग्स अघि बढ्यो।

    बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २– २ विकेट लिए।

  • एनपिएल : विराटनगर ९२ रनमा अलआउट, सुदूरपश्चिम ९० रनले विजयी

    एनपिएल : विराटनगर ९२ रनमा अलआउट, सुदूरपश्चिम ९० रनले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको छ ।

    टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।

    विराटनगरका लागि बसिर अहमतले सर्वाधिक २४ रन बनाए । त्यसैगरी, राजेश पुलामीले १५ रन बनाउनबाहेक अरूले दोहोरो अंकरमा रन बनाउन सकेनन् ।

    टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन बनाएको थियो ।

    इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीबिच छैटौँ विकेटको लागि ४९ रनको बलियो साझेदारी भएपछि सुदूरपश्चिम प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउन सफल भएको हो ।

    दीपेन्द्रले २४ बलमा तीन चौका र पाँच छक्कासहित अविजित ५७ रन बनाए ।

    छैटौँ नम्बरमा आएर १६ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाएका इशान पाण्डेलाई अनिल खरेल र विकेटकिपर लोकेश बमले रनआउट गराए ।

    सुदूरपश्चिमका लागि स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलेनले २६ बलमा समान दुई चौका र छक्कासहित ३६ रन बनाए । अनुभवी ओपनिङ ब्याटर विनोद भण्डारीले २० बलमा चार चौकासहित २३ रन जोडे ।

    इंग्ल्यान्डका सेफ जैब १५ बलमा एक छक्कासहित १४ रन बनाए । तीनै खेलाडीलाई अनिल खरेलले आउट गरेका थिए ।

    न्युजिल्यान्डका ३२ वर्षीय स्कट कुगेलेइनले १० रन जोडे । यसअघि ओपनर अमित श्रेष्ठ एक रनमै आउट भएका थिए । आरिफ शेख पनि नौ रनमै आउट भएका थिए ।

  • एनपिएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

    एनपिएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनकाे लक्ष्य दिएको छ ।

    कप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानी इनिङ्सको मद्दतमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको हो ।

    कप्तान ऐरीले २४ बलमा सर्वाधिक ५७ रन बनाए । यस्तै, ब्राण्डन मुल्लेनले २६ बलमा ३६ रन बनाए ।

    २० बल खेलेका विनोद भण्डारी २३ रन बनाएर आउट भए ।

    यसैगरी, इशान पाण्डेले १६ बलमा २१, सैफ जैबले १५ बलमा १४, स्कट कुग्गेलैज्नले १० रन बनाउँदा अमित श्रेष्ठ १ रनमा आउट भए ।

    विराटनगरका लागि अमित खरेलले ३ विकेट लिए । उनले चार ओभरमा २६ रन दिएर ३ विकेट लिएका हुन् ।

    क्रिश सोल, इश्मत आलम र बसिर अहमतले समान एक/एक विकेट लिए । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स्सँग पराजित भएको थियो ।

    म‌गलबार दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

  • विराटनगरले टस जितेर बलिङ् गर्दै

    विराटनगरले टस जितेर बलिङ् गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगरले पहिले बलिङ गर्दै छ । विराटनगरले टस जितेर पहिले बलिङ् रोजेको हो । आजको खेल विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

    आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो ।

    विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।

  • जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

    जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

    काठमाडाैं । एनपीएलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ । कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

    जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ खेले । उनी ६२ रनमा अविजित रहे ।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

    आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे ।

    बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एकएक विकेट लिए ।

    त्यसअघि जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

  • कर्णाली याक्सले दियो जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य

    कर्णाली याक्सले दियो जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयु क्रिकेट मैदानमा साेमबार भएकाे दोस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएकाे हाे ।

    अन्तिम दुई बल बाँकी हुँदा रनआउट भएका अर्जुन घर्तीले २२ बलमा ३३ रन र सोमपाल कामीले नटआउट १३ बलमा नटआउट २९ रन जोडेपछि जनकपुर बोल्ट्सले १४२ रनकाे लक्ष्य पाएकाे हाे ।

    अर्जुन र सोमपालबीच सातौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो ।

    त्यसअघि ओपनर देव खनालले दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीबाट बोल्ड हुनुअघि पाँच बलमा एक रन मात्र जोड्न सके।

    उनका ओपनिङ पार्टनर भारतीय ब्याटर शिखर धवनले १४ रन भन्दा बढी जोड्न सकेनन् ।

  • जनकपुर बोल्ट्सविरूद्ध टस जितेर कर्णाली याक्सले रोज्याे ब्याटिङ

    जनकपुर बोल्ट्सविरूद्ध टस जितेर कर्णाली याक्सले रोज्याे ब्याटिङ

    काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ । टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ।

    खेलमा भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ । दुवै खेलाडी एनपिएलमा आबद्ध चर्चित खेलाडी मध्येमा पर्छन् ।

    ३८ वर्षीय धवनले भारतका लागि टेस्ट, एकदिवसीय र टी-२० तीनै फर्म्याटका खेल खेलेका छन् । उनले टेस्टमा ७ शतक प्रहार गर्दा एकदिवसीय खेलमा १७ शतक प्रहार गरेका छन् ।

    न्युजिल्यान्डका अलराउन्डर जिमी निशम भने जनकपुर बोल्ट्समा आबद्ध छन् । उनी एनपिएलका लागि आइतबार दिउँसो नेपाल आइपुगेका थिए । जनकपुरका लागि पहिलो खेल भने उनले गुमाएका थिए ।

  • चितवनसँग काठमाडौं ५ विकेटले पराजित

    चितवनसँग काठमाडौं ५ विकेटले पराजित

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हराएको छ । सोमबार भएको खेलमा चितवन राइनोले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १७.१ ओभरमै केवल पाँच विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको हो ।

    चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।

    काठमाडाैंका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन ।

    त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडाैंले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

    काठमाडौंका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।

    बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए । कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।आजै हुने अर्को खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच हुनेछ ।

  • एनपिएलकाे उद्घाटन खेलमा जनकपुर बोल्टकाे सहज जित

    एनपिएलकाे उद्घाटन खेलमा जनकपुर बोल्टकाे सहज जित

    काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) काे उद्घाटन खेलमा जनकपुर बोल्टले सहजै जित हात पारेकाे छ ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्टले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

    विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

    जनकपुरको जितमा लाहिरू मिलन्थाले अर्धशतक प्रहार गरे । उनले नटआउट ७५ रन जोड्ने क्रममा ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । हर्ष थाकरले नटआउट २९ रन जोडे। उनले ३३ बलमा २ चौका हिर्काए ।

    जनकपुरका ओपनरद्वय अनिल साह र आसिफ शेख भने चल्न सकेनन् । आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा शून्यमा बोल्ड गरे । दोस्रो ओभरको अन्तिम बलमा अनिललाई विराटनगरका प्रतिश जिसीले पनि ५ रनमा बोल्ड गरेका थिए ।

    त्यसपछि जनकपुरका लाहिरू मिलन्था र हर्ष थाकरबीच तेस्रो विकेटका लागि नटआउट ११६ रनको साझेदारी भयो । मिलन्था अमेरिकामा क्रिकेट खेल्ने श्रीलंकन मूलका खेलाडी हुन् । थाकर क्यानडाका अलराउन्डर हुन् ।

    विराटनगरले मार्टिन गप्टिलको अर्धशतकका बावजुत कमोजर ब्याटिङ गरेकाे थियाे । टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो ।

    विराटनगरका लागि न्युजिल्यान्डका गप्टिलले ५५ रन जोडेका थिए भने अन्य चल्न सकेनन् ।