काठमाडाैं । एनपीएलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ । कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ खेले । उनी ६२ रनमा अविजित रहे ।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।
आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे ।
बलिङमा कर्णालीका मौसम ढकाल र जिशन मक्सुदले एकएक विकेट लिए ।
त्यसअघि जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।