Tag: क्रिकेट

  • टी–२० विश्वकप छनोट: यूएईलाई हराउँदै नेपाल पहिलोपटक ग्लोबल क्वालिफायरमा

    टी–२० विश्वकप छनोट: यूएईलाई हराउँदै नेपाल पहिलोपटक ग्लोबल क्वालिफायरमा

    काठमाडौं।  नेपालले आईसीसी महिला टी–२० विश्वकपको एसियाली क्षेत्र छनोट अन्तर्गत सुपर–३ चरणमा यूएईलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। यो जितसँगै नेपाल पहिलोपटक विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको हो।

    थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा सोमबार भएको खेलमा यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान इन्दु बर्माले अविजित ३० रनको योगदान दिँदै टिमको जितमा प्रमुख भूमिका निभाइन्। उनले २८ बलमा २ चौका प्रहार गरेकी थिइन्।

    यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। यूएईका लागि ओपनर इशा ओझाले ३९ बलमा ३९ रन (२ चौका, १ छक्का) बनाइन् भने तीर्थ सतीशले २१ रनको योगदान दिइन्।

    नेपालका लागि बलिङमा मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिईन्। यसअघि आयोजक थाइल्यान्ड सुपर–३ को एक खेल बाँकी छँदै ग्लोबल छनोटमा पुगिसकेको छ। आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो। नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड र यूएई क्रमशः समूह ‘ए’ र ‘बी’का विजेता हुन्।

    सुपर–३ चरणमा तीन टिमले एक–अर्काविरुद्ध एक खेल खेल्नेछन्। नेपाल अब सुपर–३ अन्तर्गत दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ। सुपर–३ को शीर्ष दुई टिमले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्।विश्वकप ग्लोबल छनोट प्रतियोगितामा १० टिम सहभागी हुनेछन्। हालसम्म बंगलादेश, स्कटल्यान्ड र अमेरिका मात्र छनोट भइसकेका टिम हुन्।

  • नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य

    नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसियाली क्षेत्र छनोटको सुपर–३ चरणअन्तर्गत यूएईले नेपाललाई ११५ रनको चुनौती प्रस्तुत गरेको छ।

    थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ रोजेकी थिइन्। पहिलो ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो।

    यूएईका लागि ओपनर इशा ओझाले ३९ बलमा २ चौका र १ छक्काको मद्दतले ३९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन्। अर्की ओपनर तीर्थ सतीशले ३२ बलमा २१ रनको योगदान दिइन्। नेपालको बलिङतर्फ मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिइन्।

    यस खेलमा जित हासिल गर्न सकेमा नेपालले टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाउनेछ। प्रतियोगिताकी आयोजक थाइल्यान्ड भने सुपर–३ चरणको एक खेल बाँकी हुँदा–नहुँदै नै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ।आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो। समूह चरणमा नेपाल समूह ‘सी’, थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता बनेका थिए।

    सुपर–३ चरणमा सहभागी तीन टिम (नेपाल, थाइल्यान्ड र यूएई) एक–अर्काविरुद्ध एक खेल खेल्नेछन्। शीर्ष दुई स्थानमा रहने टिमले आगामी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।नेपालले अब सुपर–३ अन्तर्गत दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ। विश्वकप ग्लोबल छनोटमा कुल १० टिम सहभागी हुने छन्। हालसम्म बंगलादेश, स्कटल्यान्ड र अमेरिका छनोट भइसकेका टिम हुन्। बाँकी स्थानका लागि प्रतिस्पर्धा जारी छ।

  • आईसीसी टी २० विश्वकपको फाइनल खेल्ने पहिलो टोली बन्यो दक्षिण अफ्रिका

    आईसीसी टी २० विश्वकपको फाइनल खेल्ने पहिलो टोली बन्यो दक्षिण अफ्रिका

    काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । वेस्टइन्डिजमा आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

    अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनायो ।

    समूह चरणदेखि सुपर ८ सम्म उत्कृष्ट प्रदर्शन गरेको अफगानस्तिानको सेमिफाइनलमा ब्याटिङ नै चलेन ।

    अफगानिस्तानका रमनुल्लाह गुर्वाज खाता नै नखोलेर आउट भएका थिए । त्यसलगत्तै गुलबद्दिन नइब ९ रन बनाएर आउट हुँदा अफगानिस्तानले १६ रनको स्कोरमा २ विकेट गुमाउन पुग्यो । तेस्रो विकेटको रुपमा ओपनर इब्राहिम जर्दानलाई गुमायो । जर्दान २ रन बनाएर आउट हुँदा अफगानिस्तानले २० रन बनाएको थियो ।

    सोही स्कोरमा मोहमद नावी खाता नखोलेर आउट भए । २३ रनको स्कोरमा अफगानिस्तानले पाँचौं विकेट गुमाएको हो । अफगानिस्तानका नानगेलिया खरोटे २ रन बनाएर आउट भए । पावर प्लेको समाप्तीमा अफगानिस्तानले ५ विकेट गुमाएर २८ रन बनाएको थियो ।

    छैटौं विकेटको रुपमा अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए । ५० रनको स्कोरमा सातौं विकेट गुमाउँदा करिम जनतले ८ रनको योगदान गरे । यसैगरी १०.२ ओभरमा कप्तान रासिद खान पनि ८ रन बनाएर नवौं विकेटको रुपमा पभेलियन फर्किए । ११.५ ओभरमा ५६ रन हुँदा नभिन उल हक २ रन बनाएर आउट हुँदा अफगानिस्तान अलआउट भयो । फजलहक फारुकी २ रनमा नटआउट रहे ।

    दक्षिण अफ्रिकाका मार्को जेनसेनले ३ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी तबरेज शम्सीले १.५ ओभरमा ६ रन दिएर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिदै २ विकेट लिँदा एनरिच नोट्जेले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए ।

    ५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए । उनी ५ रन बनाएर आउट भएका थिए । त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५ ओभरमा जिताए । रिजाले २५ बलमा २९ रनको नटआउट पारि खेल्दा मार्करमले २१ बलमा २३ रनको नटआउट पारि खेले । फजलहक फारुकीले १ विकेट लिए । दक्षिण अफ्रिकाले अब फाइनलमा भारत र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

  • नेपालमाथि दक्षिण अफ्रिकाको एक रनको जित, नेपालको सुपर एटमा पुग्ने सम्भावना सकियो

    नेपालमाथि दक्षिण अफ्रिकाको एक रनको जित, नेपालको सुपर एटमा पुग्ने सम्भावना सकियो

    काठमाडौं । टी–ट्वेन्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।

    शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो ।

    उक्त लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ओभरको अन्तिम एक बलमा दुई रन आवश्यक थियो । नेपालले जितेको खेल समेत अन्तिम ओभरमा गुमायो । अन्तिम बलको सामना गरेका ब्याटर कुशल भुर्तेल रन आउट भएपछि नेपालले जितिसकेको खेल गुमाएको हो ।

    खेलको १८.२ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १०० रन बनाएको थियो नेपालले ६ बलमा तीन विकेट गुमायो हो । त्यसपछि दबाबमा परेको नेपाललाई खेलमा फर्किन मुस्किल भयो ।

    नेपालका लागि ४९ बलको सामना गरेका ओपनर आसिफ शेखले ४ चौका र १ छक्का प्रहार गरी ४२ रनको पारि खेले । अनिल कुमार साहले २४ बलमा तीन चौका र एक छक्कासहित २७ रनको जोडे । यस्तै, ओपनर कुशल भुर्तेलले २१ बलमा एक चौका र एक छक्का प्रहार गरी १३ रन जोडे । दिपेन्द्र सिंह ऐरिले ६ रन जोडे । नेपालले कप्तान रोहितकुमार पौडेललाई शून्यमा गुमाउन पुग्यो ।

    दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए भने क्याप्टेन आइदेन मार्करम र एनरिच नोर्टले समान १ –१ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।

    दक्षिण अफ्रिकाका रेज हेनड्रिक्कसले सर्वाधिक ४३ रनको पारि खेले । यस्तै, ट्रिस्टान स्टुब्सले २७ रन, कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १९ रन खर्चिएर ४ लिए । यस्तै, ऐरीले चार ओभर बलिङ गरेका अलराउण्डर दीपेन्द्रसिंह पनि २१ रन खर्चिएर ३ विकेट निकाले । यो सँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ ।

  • क्रिकेटमा अराजकता फैलाउन खोज्नेहरुविरुद्ध पारस खड्को चेतावनी

    क्रिकेटमा अराजकता फैलाउन खोज्नेहरुविरुद्ध पारस खड्को चेतावनी

    काठमाडौं । नेपाल क्रिकेटको अभिभावकीय संस्था नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारख खड्काले संस्थाभित्रकै सदस्यहरुले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको बताएका छन् । उनले त्यसविरुद्ध कानूनी काराबाही गर्ने चेतावनी दिएका छन् ।

    सोमबार सचिव खड्काले पछिल्लो नौं महिनायता क्रिकेट भित्र आफ्नो नेतृत्वले गरेका केही सराहनीय कार्यको फलस्वरुप संस्था सही मार्गमा अघि बढिरहेको उल्लेख गर्दै संस्थाको हित नचाहने जिम्मेवार व्यक्तिहरुले आफू र संस्थाविरुद्ध अराजगता फैलाएको बताएका हुन् । उनले त्यस्ता गतिविधिविरुद्ध छानबिन गरी कानूनी कारबाहीमा जाने चेतावनी पनि दिएका छन् ।

    ‘कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण छ । यद्यपि, यि सबैकाबीच संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउंदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य दुःखद छ’ खड्काले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

    खड्काले नेपाली क्रिकेटलाई खेलाडीका रुपमा आफ्नो लगानीको २० वर्षलाई स्मरण गर्दै नेपाललाई क्रिकेटिंङ राष्ट्रका रुपमा आत्मनिर्भर बनेको हेर्ने सबैको सपनालाई साकार पार्न आफू लागेको बताएका छन् ।

    तर, पछिल्लो समय उनी र संस्थाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेको विषयलाई लिएर चर्को आलोचना भइरहेको बेला उनले आफ्नो तर्फबाट सामाजिक संजालमार्फत स्पष्ट पारेका हुन् । तर, उनले व्यक्तिगत लाभका लागि आफ्नो र संस्थाको नाम बद्नाम गर्न खोज्ने संस्थाभित्रकै सदस्यलाई भने कानूनी कारबाहीको दायरामा ल्याउने बताए ।

    ‘मैले २० वर्ष देशको लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउनेगरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहिन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्दतिबाट छिट्टै नै कानूनी उपचार समेत खोजिने छ,’ सचिव खड्काले भनेका छन् ।

    खड्काले व्यक्तिगत, राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई समर्थन गरिरहन समेत आग्रह गरेका छन् ।

  • विराट कोहलीले बंगलादेशसँगको म्याच गुमाउने

    विराट कोहलीले बंगलादेशसँगको म्याच गुमाउने

    मुम्बई । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली बंगलादेशविरुद्धको म्याच गुमाउने भएका छन् ।

    जून १ मा हुने वार्म–अप खेलमा उनी नखेल्ने विसिसिआईले जनाएको छ । कोहलीले आइपीएल खेलेपछि केहि समयको लागि ब्रेक लिएका हुन् । त्यस्तै उपकप्तान हार्दिक पाण्डे र सन्जु श्यामसनपनि उक्त खेल नखेल्ने भएका छन् ।

    कोहली ३० मे मा अमेरिका प्रस्थान गर्ने छन् ।

  • नेपालकाे शानदार प्रदर्शन, वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जित

    नेपालकाे शानदार प्रदर्शन, वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जित

    काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खलाकाे अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ ।

    वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे ।

    नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए ।

    यसैगरी, कुशल मल्लले १८ बलमा ३७ रन बनाएर टोलीलाई जित दिलाए । उनले ३ चौका र ३ छक्का हाने ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाएका थिए ।

    कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

    नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे । सोमपालले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने सागरले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे । अविनाश बोहराले १ विकेट लिए ।

    नेपालकाे जितकाे बाबजुद वेस्ट इन्डिजले ३–२ ले शृङ्खला आफ्नो पक्षमा पारेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपाल लगातार तीन खेलमा पराजित भयाे ।

    दोस्रो खेलमा १० रनले हारेको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा नेपाल २८ रनले स्तब्ध बनेकाे थियाे ।

  • वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १ सय ७३ रनको लक्ष्य

    वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १ सय ७३ रनको लक्ष्य

    काठमाडाैं । अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

    वेस्ट इन्डिजका लागि एलिक आथान्जेले नटआउट सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हाने ।

    कप्तान रोस्टन चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चार्ल्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

    नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे । सोमपालले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने सागरले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे । अविनाश बोहराले १ विकेट लिए ।

    वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो ।

    दोस्रो खेलमा १० रनले हारेको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुग्यो ।

  • नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

    नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

    काठमाडाैं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ । २ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट १ सय ५१ रन मात्र बनाउन सक्यो ।

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो ।

    वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्सले शानदार शतक बनाए । उनले ६१ बलमा ११९ रन बनाए । त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ५३ रन हिर्काए । यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए ।

    त्यस्तै, फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए । नेपालका लागि करन केसी र सागर ढकालले एक–एक विकेट लिए ।

    शृङ्खला वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो ।

  • जोन्सन चार्ल्सको शतकमा नेपाललाई वेस्ट इन्डिजले दियाे २ सय २८ रनको विशाल लक्ष्य

    जोन्सन चार्ल्सको शतकमा नेपाललाई वेस्ट इन्डिजले दियाे २ सय २८ रनको विशाल लक्ष्य

    काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो ।

    वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चार्ल्सले शानदार शतक बनाए । चार्ल्सले ६१ बलमा ११९ रन बनाए । यसक्रममा उनले १३ चौका र ७ छक्का प्रहार गरे ।

    त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ५३ रन हिर्काए । यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए । फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए ।

    पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो ।