Tag: चीन

  • चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे

    चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ काठमाडौं आइपुगे

    काठमाडौं । चार दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज बिहान काठमाडौं आइपुगेका छन् ।

    आठ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी आज काठमाडौं आएका हुन् ।

    नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार उनले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् ।

    केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियो मार्फत कुराकानी गरेका थिए । केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा. खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए ।

  • के चीनले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सम्भव छ ?

    के चीनले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सम्भव छ ?

    न्युयोर्क । के चीनले साँच्चै चन्द्रमा कब्जा गर्न सम्भव छ ? वा उसले चन्द्रमालाई आफ्नै क्षेत्र घोषणा गर्छ ? नासाको आरोपले यस्तै संकेत गर्छ । नासाका प्रमुख बिल नेल्सनले एक अन्तर्वार्तामा चीनले कुनै दिन चन्द्रमामा अवतरण गर्न सक्ने बताएका थिए ।

    उनले बेइजिङले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सक्ने दाबीसमेत गरे । नेल्सनका अनुसार सन् २०३५ सम्ममा चीनले आफ्नो चन्द्रमा स्टेसनको निर्माण पूरा गर्नेछ । त्यसपछि बेइजिङले धेरै चन्द्रयानहरू प्रक्षेपण गर्न सक्नेछ ।

    चीनले चन्द्रमामा अवतरण गर्ने योजना बनाएको छ । प्राकृतिक उपग्रह लिने बेइजिङको एजेन्डाको बारेमा अमेरिकी अन्तरिक्ष प्रशासन धेरै चिन्तित रहेको नासाका प्रमुखले स्वीकार गरेका छन् ।

    ‘हामी धेरै चिन्तित हुनुपर्दछ किनकी चीन चन्द्रमामा अवतरण गरिरहेको छ र उसले यो हाम्रो हो र तपाई बाहिर बस्नुहोस भन्दै छ’, नासा प्रशासक बिलले भने । नेल्सनले चीनको अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम रहेको दाबी गरे । चीनले अरूको विचार र प्रविधि चोरेको समेत उनले आरोप लगाए । जवाफमा चीनले सधैं बाह्य अन्तरिक्षमा राष्ट्रहरूको समुदाय निर्माण गर्न आह्वान गरेको बताउँछ । उसले नासाका प्रमुखको दावीलाई गैरजिम्मेवारपूर्ण भनेको छ ।

    हालैका वर्षहरूमा चीनले चन्द्रमा अन्वेषणमा ध्यान केन्द्रित गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमको गति बढाएको छ । चीनले सन् २०१३ मा कारिन्दारहित यान अवतरण गरायो । यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन पर्याप्त शक्तिशाली रकेटहरू प्रक्षेपण गर्ने अपेक्षा गरेको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकी नेसनल एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनका प्रमुखले तथ्यलाई बेवास्ता गरेको र चीनको बारेमा गैरजिम्मेवारीपूर्ण कुरा गरेको यो पहिलो पटक होइन । ’

    चीनले यो दशकपछि चन्द्रमाको दक्षिणी ध्रुवमा क्रुबिनाको मिसनको योजना बनाइरहेको छ ।

  • बेलायती र अमेरिकी खुफिया एजेन्सीले दिए चिनियाँ खतराको चेतावनी

    बेलायती र अमेरिकी खुफिया एजेन्सीले दिए चिनियाँ खतराको चेतावनी

    काठमाडौं । बेलायतको खुफिया (इन्टेलिजेन्सी) एजेन्सी एमआई५ र अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का प्रमुखहरूले बुधबार लण्डनमा भएको एक विशेष कार्यक्रममा चिनियाँ आर्थिक जासुसीको बारेमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

    एमआई५का निर्देशक केन म्याकलमले विश्वभर चिनियाँ सरकारको गुप्त दबाब आफूहरूले सामना गर्ने सबैभन्दा ठूलाे चुनाैती रहेकाे बताएका हुन् ।

    यस्तै, एफबीआईका निर्देशक क्रिस रेले पश्चिमी फर्महरूलाई बेइजिङ प्रतिस्पर्धात्मक लाभका लागि उनीहरूको प्रविधि चोर्न कटिबद्ध रहेको चेतावनी दिए ।

    चीनले भने यी आरोपहरू निराधार भएको भन्दै अस्वीकार गरेको छ ।

  • काेभिड फैलिएपछि चीनको सियान सहरमा फेरि लकडाउन

    काेभिड फैलिएपछि चीनको सियान सहरमा फेरि लकडाउन

    बेइजिङ । कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ ।

    १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए ।

    आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण काेभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो ।

    सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस–संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ ।

    सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछन् ।

  • मानव अधिकारकर्मीहरूलाई गिरफ्तार गरेर राजनीतिक विरोध रोक्दै चीन

    मानव अधिकारकर्मीहरूलाई गिरफ्तार गरेर राजनीतिक विरोध रोक्दै चीन

    बेइजिङ । चीनको मानवअधिकार विरुद्धको आक्रमणमा तीव्र वृद्धि भएको छ । चिनियाँ अधिकारीहरुले ‘राज्य शक्तिलाई विध्वंस’ पारेकाे आरोपमा पक्राउ परेका मानवअधिकारवादी कार्यकर्ताहरुलाई उनीहरुको न्यूनतम अधिकारको पनि हनन् गर्न चीन लागि परेको छ ।

    यस वर्षको अन्त्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङले शीर्ष नेताको रूपमा अर्को पाँच वर्षको कार्यकाल प्राप्त गर्ने तयारीमा रहेको पार्टीको महाधिवेशन अघि सुरक्षा अधिकारीहरूले कुनै पनि राजनीतिक विरोधलाई पूर्णरुपमा अन्त्य गर्ने योजना बनाएका छन् ।

    चिनियाँ कार्यकर्ता सु झियाङ र मानवअधिकारवादी वकिल डिङ जियाक्सीलाई चीनले ‘राज्य शक्तिको विध्वंस’ गरेको आरोप लगाएको थियो र उनीहरूलाई जुन १७ र जुन २० मा छुट्टाछुट्टै मुद्दा चलाइएको थियो ।

    बेइजिङ युनिभर्सिटी अफ पोष्ट एण्ड टेलिकम्युनिकेसन्सका पूर्व लेक्चरर सु झियाङ नागरिक अधिकार कार्यकर्ता हुन् । उनले ‘नयाँ नागरिक आन्दोलन’ सुरु गरेका थिए । जसले चीनलाई संवैधानिकतातर्फको संक्रमणलाई सहज बनाउने उद्देश्य राखेको छ ।

    तर, चीनले आफ्नोविरुद्ध योजना बनाएको र विरोध गर्ने प्लेटफर्म सिर्जना गरेको भन्दै २० वा सो भन्दा बढी वकिल र कार्यकर्तालाई पक्राउ गरी विभिन्‍न अभियोग लगाएको छ ।

    चीन सरकारले वर्षौँदेखि सिन्जियाङका उइगरहरुलाई नियन्त्रणमा लिने र यातना दिने कामलाई पनि तीव्रता नै दिइरहेका छन् । अमेरिकालगायतका पश्‍चिमा मुलुकहरुले त्यसकाे विरोध गरे पनि उनीहरुले त्यसलाई बेवास्ता गरिरहेका छन् ।

  • वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी

    वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी

    काठमाडौं । नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिडिओ कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को विदेश विभागले आफ्नो वेबसाइटमार्फत् जनाएको छ ।

    प्रचण्डसँग बिहीबार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भिडिओ कुराकानी भएको विभागले आफ्नो वेबसाइटमार्फत् जानकारी गराएको हो ।

    भिडिओ वार्तापछि दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्र एमओयुमा हस्ताक्षर पनि भएको सिपिसीले जनाएको छ।भिडिओ वार्तामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउले पनि सहभागी थिए ।

    दाहालसँग बिहीबार भएको कुराकानीमा चिनियाँ नेता लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी रहेको उल्लेख गरेका थिए। उनले दुई मुलुकका भविष्य साझा रहेको समेत बताएको सिपिसीले उल्लेख गरेको छ ।

    सिपिसीका महासचिव समेत रहेका चिनियाँ राष्ट्रपति सि चिनफिङको सन् २०१९ मा सम्पन्न नेपाल भ्रमणको प्रसंग निकाल्दै नेता लिउले उक्त ऐतिहासिक यात्रापछि दुई देशबीचको सम्बन्ध विकास र समृद्धिको लागि रणनीतिक साझेदारीमा स्तरोन्नति भएको बताएका थिए।उनले सीको भ्रमणपछि द्विपक्षीय सम्बन्ध द्रूत विकासको नयाँ युगमा प्रवेश गरेको समेत बताएका थिए ।

    चीन र नेपालका शीर्ष तहमा भएका महत्वपूर्ण सहमती कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजना सक्रिय रूपमा अघि बढाउन र ‘बेल्ट एण्ड रोड’ अवधारणाअन्तर्गत विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य अघि बढाउन चीन नेपालसँग काम गर्न इच्छुक रहेको भिडिओ कुराकानीमा लिउले बताएका थिए ।

    चिनियाँ नेता लिउले चिनियाँ कम्युनिष्ट पार्टी, माओवादी केन्द्र र एमालेका विचार र भावना समान रहेको बताएका बताउँदै दुवै पार्टीसँगको आदानप्रदानलाई थप सुदृढ गर्न तथा जनस्तरको सम्पर्क बढाउन चाहेको बताएको सिपिसीले उल्लेख गरेको छ ।

    निकट भविष्यमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले चीनको विकासको खाका तयार गर्नुका साथै नेपाल–चीन सम्बन्धको विकासमा नयाँ गति दिने लिउले बताएका थिए ।

    भिडिओ वार्तामा दाहाल र ओलीले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताएको सिपिसीले जनाएको छ। त्यक्रममा दुवै नेताले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने बताउँदै कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने प्रतिवद्धता जनाएका थिए ।

    यसअघि चीनले नेपालले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेकोमा प्रशंशा गरेको थियो।बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वेनबिनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयबारे भनेका थिए ।

  • विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त

    विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त

    काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

    नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

  • दसगजामै चीनले लगायो बार, परराष्ट्र मन्त्रालय बेखबर

    दसगजामै चीनले लगायो बार, परराष्ट्र मन्त्रालय बेखबर

    काठमाडाैं । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ । सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो । यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै ।

    गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, भन्छन्, ‘सीमा क्षेत्रमा तारबार गरिएका बारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी छैन र समन्वय पनि गरिएको छैन ।’

    यता परराष्ट्र मन्त्रालय पनि यो विषयमा आंशिक मात्रै जानकार देखिन्छन् । परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएकाले चीनले त्यसै गरेको हुनुपर्ने बताउँछिन् । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

  • चीनको इन्डो-प्यासिफिक विस्तारवादी महत्वाकांक्षाको सामना गर्न ‘क्वाड’

    चीनको इन्डो-प्यासिफिक विस्तारवादी महत्वाकांक्षाको सामना गर्न ‘क्वाड’

    बेइजिङ । राम्रोका लागि बल ‘क्‍वाड’ ले आफ्नो समुद्री पहल इन्डो-प्यासिफिक मेरिटाइम डोमेन अवेयरनेस (आईपीएपडीए) को सहयोगमा दक्षिणमा चीनको विस्तारवादी महत्वाकांक्षाविरुद्ध लड्ने प्रयास गरिरहेको छ ।

    चीनले पूर्वी क्षेत्रमा पनि निरन्तर माछा मार्ने र सैन्य अभ्यास गरिरहेको छ, जुन अभ्यासहरू लामो समयदेखि ‘अपारदर्शी, विशाल र कहिलेकाहीं अवैध’ रहेको क्यानाडास्थित थिंक ट्यांक इन्टरनेशनल फोरम फर राइट्स एन्ड सेक्युरिटी (आईएफएफआरएएस) ले रिपोर्ट गरेको छ ।

    हालसालै दक्षिण चीन सागरको विवादित पानीमा सार्वभौमसत्ताको सवालमा चिन्ता बढ्दै गए र यसले आगामी दिनमा थप समस्या सिर्जना गर्नसक्ने जनाइएको छ। क्‍वाड सदस्य देशहरू बीच स्थापना गरिएको सञ्चार प्रणालीले यी प्रमुख विश्वव्यापी खेलाडीहरूलाई इन्डो-प्यासिफिक क्षेत्रमा चीनले गरेको राजनीतिक, सैन्य र अव्यवस्थित आर्थिक गतिविधिहरूको निगरानी र जाँच गर्न अनुमति दिनेछ ।

    छिमेकी राष्ट्रहरूको सार्वभौमसत्ता र न्यायिक अधिकारको उल्लंघन गर्न चीनको रणनीतिक र कठोर मनोवृत्तिलाई ध्यानमा राख्दै प्रशान्त महासागरमा चीनको अवैध विस्तार चिन्ताको गम्भीर कारण बनेको छ ।

    चिनियाँ सामुद्रिक मिलिसियाको अवैध माछा मार्ने समस्या छैन। चीनले पनि ‘संदिग्ध कार्यहरु’ गरिरहेको छ । भियतनाम र फिलिपिन्सलाई दक्षिण चीन सागरमा माछा मार्ने गतिविधिमा प्रतिबन्ध लगाउने चीनको कदमले समुद्रको विवादित पानीमा यी राष्ट्रहरूको सार्वभौम अधिकारको बारेमा गम्भीर चिन्ता खडा गरेको छ ।

    चीनको विस्तारित सामुद्रिक गतिविधिहरू, गैरकानूनी र गोप्य दुवैको सम्बन्धमा जाँच गर्न आह्वानसमेत गरिएक छ। हनोईको सरकारले बेइजिङको निरंकुश कदमको निन्दा गरेको छ भने भियतनामको क्षेत्राधिकार र सार्वभौम अधिकारको सम्मान गर्न देशलाई अपील गरेको छ । यद्यपि, बेइजिङले माछा मार्ने प्रतिबन्धलाई अमान्य ठान्दै अस्वीकार गरेको छ र आफ्ना नागरिकहरूलाई भियतनामी समुद्री क्षेत्रको सीमाभित्र माछा मार्ने गतिविधिहरू गर्न निर्देशन दिएको छ ।

    सन् २०२१ को सुरुमा फिलिपिन्स र चीनबीच सार्वभौमिकता द्वन्द्वमा तनाव रहेको थियो । फिलिपिन्सले दाबी गरेको दक्षिण चीन सागरको क्षेत्र ह्वाइटसन रिफमा लंगरमा राखिएको २०० भन्दा बढी माछा मार्ने जहाजहरू समावेश थिए । क्‍वाड सदस्यहरू भारत, जापान, अष्ट्रेलिया र अमेरिकाले मे २४ मा आईपीएमडीएमा हस्ताक्षर गरेका छन् । एक समुद्री सुरक्षा पहल भनेको अवैध माछा मार्ने गतिविधिहरू, रातको समयम ढुवानी, र इन्डो-प्यासिफिक क्षेत्रमा अन्य रणनीतिक गतिविधिहरूको निगरानी र समाधान गर्ने हो ।

    यो सामुद्रिक सुरक्षा साझेदारीले सदस्य राष्ट्रहरूलाई अवैध माछा मार्ने, ‘डार्क शिपिंग’ र अन्य रणनीतिक-स्तर गतिविधिहरू ट्र्याक गर्न अनुमति दिनेछ । क्वाड देशहरू यस क्षेत्रको समुद्री डोमेन जागरूकतामा योगदान गर्न प्रतिबद्ध छन् । उनीहरुले यस क्षेत्रको शान्ति, स्थिरता र समृद्धिको लागि आधारभूत आवश्यकतामा लगानी गर्ने व्हाइट हाउसले विज्ञप्तिमार्फत भनेको छ ।

  • रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता

    रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता

    किभ । युक्रेन युद्धबीच रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । भन्सार तथ्यांकले उक्त जानकारी दिएको हो । युक्रेनमाथि आक्रमण गरेपछि मस्कोमाथिको प्रतिबन्धबीच मे महिनामा रुसबाट चीनको तेलको आयात ५५ प्रतिशतले बढेको छ ।

    मे महिनामा चीनले रुसबाट करिब ८ दशमलब ४२ मिलियन टन तेल आयात गरेको थियो । पश्चिमा देशले जस्तो बेइजिङले रुसी हमलाको निन्दा गरेको छैन् ।

    यसै वर्षको फेब्रुवरीमा चीन र रुसले दुई देशबीचको मित्रताको कुनै सीमा नभएको जनाएका थिए ।

    यसबाहेक चिनियाँ राष्ट्रपति सी जिनपिङले गत हप्ता आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई बेइजिङले मस्कोको ‘सार्वभौमिकता र सुरक्षा’लाई समर्थन गर्ने आश्वासन दिएका थिए ।

    रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।