Tag: पाकिस्तान

  • पाकिस्तानको संसद भंग, तीन दिनभित्र नयाँ प्रधानमन्त्री

    पाकिस्तानको संसद भंग, तीन दिनभित्र नयाँ प्रधानमन्त्री

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको सरकारले संसद भंग गरेको छ ।

    संसदको कार्यकाल तीन दिन मात्र बाँकी रहेका बेला बुधबार रातिको मन्त्रिपरिषदले राष्ट्रपति आरिफ अल्वीलाई संसद भंगको सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार मध्यरातमै संसद भंग गरिदिएका छन् ।

    सरकारी सञ्चार माध्यम प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तानको संसदको कार्यकाल १२ अगस्ट सम्म रहेको थियो । संसद भंगसँगै मन्त्रिपरिषद पनि विघटन भएको छ । तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन तयारी भएको छ । विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीचको सहमतिमा नयाँ प्रधनमन्त्री तोकिने बीबीसीले जनाएको छ । पाकिस्तानमा ९० दिनभित्रमा आम निर्वाचन हुनेछ ।

    राजनीतिक नेतृत्व भन्दा त्यहाँ सेना सरकार सञ्चालनमा सेना हावी हुँदै आएको छ । भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजायँ तोकिएपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई बुधबार मात्र पाँच वर्षका लागि सार्वजनिक पद धारणा गर्न प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय घोषणा भएको उनको सांसद पद पनि त्यहाँको निर्वाचन आयोगले खारेज गरिदिएको छ । त्यससँगै उनको राजनीतिक भविष्य अन्योलमा रहेका बेला संसद पनि भंग भएको हो ।

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, तीन वर्षको जेल, एक लाख रुपैयाँ जरिवाना

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, तीन वर्षको जेल, एक लाख रुपैयाँ जरिवाना

    काठमाडाैं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । इस्लामावादको जिल्ला तथा सत्र अदालतले ताेशखाना मामिलामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेपछि उनी पक्राउ परेका हुन् ।

    इमरानको पार्टी तेहरिक-ए-इन्साफले यो निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ । पार्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इतिहासकै सबैभन्दा खराब मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेका छन् र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ ।’

    पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले अदालतले सजाय सुनाएपछि खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन् । तोशखाना सरकारी विभाग हो। यहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन् ।

    कुनै पनि विदेश यात्राको समयमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ । इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारहरूबारे अधिकारीहरूलाई सही जानकारी नदिएको आरोप लगाइएको थियो ।

  • इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

    इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

    पाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ ।

    बिहीबार त्यहाँको सर्वोच्च अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।

    खानलाई मंगलबार भ्रष्टाचार आरोपमा इस्लामावादस्थित उच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो । अदालत परिसरबाट पक्राउ गर्नुअघि अदालतकै अनुमति नलिएको भन्दै त्यहाँको सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी रहेको ठहर गरेको हो ।

    यो आदेशपछि पाकिस्तानमा सेना र अदालतबीच टसल पैदा हुने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।

  • इमरान खान पक्राउपछि पाकिस्तानमा चर्को झडप, ८ जनाले गुमाए ज्यान

    इमरान खान पक्राउपछि पाकिस्तानमा चर्को झडप, ८ जनाले गुमाए ज्यान

    इस्लामावाद । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

    ती झडपमा २९० भन्दाबढी घाइते भएका छन् । झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका छ ।

    प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् ।

    इस्लामावादको एक अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिएपछि देशभर तनावको स्थिति सिर्जना भएको हाे ।

    पीटीआईका अध्यक्ष समेत रहेका खानको गिरफ्तारीपछि हिंसात्मक प्रदर्शन सुरु भएको थियो । प्रहरी र पीटीआई समर्थकहरू बिचको रक्तपातपूर्ण झडपको नजितास्वरुप प्रहरी चौकीसहित धेरै सरकारी भवनहरूमा क्षति पुगेको छ ।

    प्रहरीले बुधवार पीटीआईका केन्द्रीय महासचिव असद उमर र वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पनि पक्राउ गरिसकेको छ ।

    बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न सरकारले पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामावादमा सेना परिचालन गरेको छ ।

    प्रदर्शनकारीहरूले लाहोरस्थित ‘कोर्प्स कमाण्डर’को निवासमा आक्रमण गर्नुका साथै रावलपिंडीमा रहेको सेनाको मुख्यालयको गेट भत्काएपछि सरकारले सेना परिचालन गरेको हो ।

  • पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

    पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो ।

    उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ ।

    इस्लामावादको हाइ कोर्टमा उनीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइमा उपस्थित हुने क्रममा अदालतको गेटबाट खानलाई अचानक उक्त फोर्सले पक्राउ गरेको प्रत्यक्षदर्शीले जनाएको रोयटर्सले लेखेको छ ।

    खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रुपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका थिए ।

    गतवर्ष अप्रील प्रधानमन्त्रीको रुपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहेका थिए ।

  • अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा गाेली हानाहान, १० जनाकाे मृत्यु

    अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा गाेली हानाहान, १० जनाकाे मृत्यु

    काठमाडौं । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् ।

    घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका बीबीसीले जनाएको छ ।

    अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप छ ।

    अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले बताएको छ ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन् ।

  • आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानकाे पहिलो जित

    आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानकाे पहिलो जित

    काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।

    सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

    यसअघि लगातार दुई खेल हारेको पाकिस्तानले पहिलो जितपछि ३ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनलको झिनो सम्भावना कायम राखेको छ ।

    यसअघि भारत र जिम्बावेसँग पराजित भएको पाकिस्तानले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । पाकिस्तानले बाँकी दुवै खेल जितेमा ६ अंक हुनेछ ।

  • साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

    साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

    इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

    विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको बताइएको छ । मागेको रकम नदिएको युवतीको भिडियो भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको जनाइएको छ ।

    लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो जसमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाइएको थियो ।

    प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘पुलिसले दानिश र उनकी छोरी सहित सात संदिग्धहरूलाई पक्राउ गरेको छ र बाँकी संदिग्धहरूलाई पक्राउ गर्न छापा मारिरहेको छ’, पञ्जाब प्रहरीका प्रवक्ताले भने ।

    पीडित युवती आफ्नी वृद्ध आमासँग बस्दै आएकी थिइन् । उनका दुई भाइ बेलायत र अष्ट्रेलियामा छन् ।

  • इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

    इमरान खानका सहयोगीलाई देशद्रोहको मुद्दा लगाइने

    इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने बताइएको छ ।

    सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज गिललाई देशद्रोहको मुद्दा लगाउने तयारी भएको गृहमन्त्री राणा सनाउल्लाहलले बताएका छन् ।

    खानका सल्लाहकार गिलले एउटा टेलिभिजनमा व्यक्त गरेको भनाईलाई लिएर उनीमाथि मुद्दा चलाउन लागिएको बताइएका छ । सेनामा विद्रोहलाई उक्साएको अभियोगमा गिलमाथि देशद्रोहको मुद्दा लाग्ने गृहमन्त्री सनाउल्लाहलले बताए ।

    उनले इस्लामाबादमा बुधबार पत्रकारहरूलाई भने, ‘हामीले यसको अनुसन्धान गर्न विशेष टोली गठन गरेका छौंँ, यो हाम्रा संस्थाहरूलाई बदनाम गर्ने योजनाबद्ध कदम हो ।’

  • ९ वटा क्षेत्रमा उम्मेदवारी दिने इमरान खानको घोषणा

    ९ वटा क्षेत्रमा उम्मेदवारी दिने इमरान खानको घोषणा

    इस्लामाबाद । पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा नौ वटै क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    आफ्ना पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि रिक्त ९ वटै स्थानमा उपनिर्वाचन हुँदै छ ।

    आगामी २५ सेप्टेम्बरमा उपनिर्वाचन हुने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । सबै रिक्त सिटमा चुनाव लड्ने खानको निर्णयले राजनीतिक वृत्तमा तरंग खडा गरेको छ ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले पत्रकार सम्मेलनमा बोल्दै खान नौ वटै निर्वाचन क्षेत्रबाट उठ्ने निर्णय गरेको पुष्टि गरेका छन् ।