इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

पाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ ।

बिहीबार त्यहाँको सर्वोच्च अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो ।

खानलाई मंगलबार भ्रष्टाचार आरोपमा इस्लामावादस्थित उच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो । अदालत परिसरबाट पक्राउ गर्नुअघि अदालतकै अनुमति नलिएको भन्दै त्यहाँको सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी रहेको ठहर गरेको हो ।

यो आदेशपछि पाकिस्तानमा सेना र अदालतबीच टसल पैदा हुने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७