Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • ५ दल समेटेर सातौं पटक मन्त्रिपरिषद् विस्तार, सरकार अझ अपूर्ण

    ५ दल समेटेर सातौं पटक मन्त्रिपरिषद् विस्तार, सरकार अझ अपूर्ण

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

    १० पुसमा प्रधानमन्त्री भएका प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् ।

    उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

    जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

    यस्तै, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

    माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् ।

    उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।

    नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।

    अब ५ मन्त्रालय प्रधानमन्त्रीसँग छ । ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।

  • चितवन पुगेर प्रधानमन्त्रीले भने- निर्माणाधीन रंगशालाकाे समस्या एक-दुई हप्तामा समाधान हुन्छ

    चितवन पुगेर प्रधानमन्त्रीले भने- निर्माणाधीन रंगशालाकाे समस्या एक-दुई हप्तामा समाधान हुन्छ

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् ।

    भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए ।

    झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम चाँडै अगाडि बढ्ने उनको भनाइ छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ ।

    रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन ।

  • बालेन शाहलाई प्रचण्डकाे जवाफ : याे सरकार पाँच वर्षसम्मै टिक्छ

    बालेन शाहलाई प्रचण्डकाे जवाफ : याे सरकार पाँच वर्षसम्मै टिक्छ

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्षसम्म टिक्ने दाबी गरेका छन् ।

    बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने भन्दै सरकार फेरिने चिन्ता नगर्न आग्रह गरे ।

    त्यसअघि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले केन्द्रको सरकार पाँच बर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्या हुने गरेको बताएका थिए । उनले महानगर सभ्यता जोगाउन र सार्वजनिक सम्पति जोगाउन लागिपरेको भन्दै यसमा केन्द्र सरकारले साथ दिनुपर्ने जिकीर गरे ।

    प्रधानमन्त्री प्रचण्डले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको भन्दै यसको ठीक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने उल्लेख गरे ।

    संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व गरेकाले वर्तमान सरकार संघीय शिक्षा ऐन, संघीय निजामती ऐन लगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको उनले बताए ।

    उनले स्थानीय तहको सेवाप्रवाहरुलाई चुस्त र जनउत्तरदायी बनाउदै नागरिकको आत्मीयता र अपनत्वबोधका निम्ति गम्भीर भूमिका खेल्नुपर्ने बताए । सरकारले जारी गरेका १६ ऐनहरूमा न्यायिक समितिको भूमिकाबारे व्यवस्था गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका माध्यमबाट न्याय निरूपणमा ध्यान दिनुपर्ने धारणा राखे ।

    बिहीबारसम्म चल्ने सम्मेलनमा सवै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागीता रहेको छ । विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने महानगरकी उपप्रमुख सुनिता डंगाेलले बताइन् ।

  • पत्रकारिता विकास कोष र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

    पत्रकारिता विकास कोष र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

    बिहीबार ललितपुरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

    उनले भने, ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ ।’

    यस्तै, प्रधानमन्त्री प्रचण्डले केन्द्र र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    उनले भने, ‘सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिबद्धता छ।’

     

  • प्रधानमन्त्रीको विरोध गरेको भन्दै पक्राउ परेका युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा

    प्रधानमन्त्रीको विरोध गरेको भन्दै पक्राउ परेका युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा

    काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा मंगलबार बानेश्वरबाट पक्राउ परेका युवाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ ।

    महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले उनीहरूलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको छ ।

    मंगलबार प्रधानमन्त्री प्रचण्ड सहभागी एक कार्यक्रममा केही युवाले नाराबाजी गर्दा प्रहरीले मुख थुनेर बल प्रयोग गर्दै पक्राउ गरेको थियो ।

    ती युवाले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । यस नागरिकलाई बोल्न नदिएको भन्दै बुधबारको राष्ट्रियसभा बैठकमा एमाले सांसद डा. विमला राईले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

     

  • राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय शक्तिबीच शंकाकाे घेरामा प्रधानमन्त्री प्रचण्ड !

    राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय शक्तिबीच शंकाकाे घेरामा प्रधानमन्त्री प्रचण्ड !

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्री हुँदा पहिलो पटक पुष २६ मा २६८ जना सांसदको विश्वासको मत प्राप्त गरे । कुल २७५ सांसद मध्ये उनले लगभग शतप्रतिशत सांसदकै विश्वासको मत प्राप्त गर्न सफल भएका थिए ।

    यसलाई प्रधानमन्त्री दाहालले ऐतिहासिक सफलता भनेर चर्चा गरे । यसलाई उनले राष्ट्रिय सहमतिको रुपमासमेत व्याख्या गरे ।

    दुई महिना नबित्दै प्रधानमन्त्री दाहाल पुनः विश्वासको मत लिन बाध्य भए । पहिलाेपटक लगभग शतप्रतिशत मत प्राप्त गरेका दाहालले १ सय ७२ मत पाए । प्रधानमन्त्री दाहाल दुई महिनामै यो अवस्थामा कसरी पुगे ?

    वास्तवमा दाहालले यसअघि प्राप्त गरेको विश्वासको मतमा षडयन्त्रै–षडयन्त्र थियो । विश्वासको नाममा अविश्वासको पहाड थियो ।

    तत्कालिन अवस्थामा विश्वासको मत मात्र होइन दाहाललाई प्रधानमन्त्री नै बनाउन कस्सिएका एमाले र राप्रपाले सबैभन्दा पहिले सरकारबाट समर्थन फिर्ता लिए । उनीहरुले सरकार पनि छाडे ।

    त्यसअघि रवि लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएको थियो, यद्यपी समर्थन कायम राख्दै अहिले पनि जारी राखेको छ ।

    त्यसबेला नेपाली कांग्रेसले प्रतिपक्षी दाबी गरेपनि दाहाललाई विश्वासको मत दिएको थियो । यो कांग्रेसको दाउ थियो ।

    अर्थात् एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषामा भन्दा यो ढोक्सा थियो । कांग्रेसले दाहाललाई विश्वासको मत दिनुको कारण गुमेको सत्ता फर्काउन गरिएको दाउपेच थियो ।

    एमालेले दाहाललाई समर्थन गरेर प्रधानमन्त्री बनाउनुको कारण तत्कालीन अवस्थाको पाँच दलीय गठबन्धन फुटाउनु थियो । गठबन्धन फुटाउन एमालेले सो जोखिम उठाएको थियो ।

    नेपाली राजनीतिमा यदि सबैभन्दा बढी अविश्वास कसैमा छ भने त्यो ओलीको प्रचण्डमाथि र प्रचण्डको ओलीमाथि छ । यो अवस्थामा एकले अर्कालाई हित्तचित्त मिलेर वा विचार सिद्धान्तमा समानता भएर समर्थन गरेका होइनन् । यो दाउ थियो । यो चाल थियो । अन्ततः त्यसको पटाक्षेप भएर छाड्यो ।

    यतिबेला नेपालको राजनीतिमा सबैभन्दा बढी अविश्वास प्रचण्डमाथि छ । राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय शक्तिहरुकोबीचमा उनी शंकै–शंकाले घेरिएका छन् ।

    दाहाल अमेरिकासँग एमसीसी कार्यान्वयनको बचन दिन्छन् भने चीनसँग बिआरआई अघि बढाउने प्रतिबद्धता जनाउँछन् । पहिलो भ्रमण भारतबाट सुरु गर्छु भन्छन् तर चिनियाँ राजदूतलाई बोआओ सम्मेलनमार्फत विदेश भ्रमण सुरु गर्ने सन्देश प्रवाह गर्छन् ।

    अहिले दाहाल भारत भ्रमणको तयारीमा रहेका बेला राष्ट्रघाती सन्धी हुनसक्ने आशंका नेपाली राजनीति वृत्तमा छ । यसअघि नेपालको परराष्ट्र र सुरक्षा मामिलामा भारतसँग मिलेर व्यवहार गर्ने सम्झौता गरेका दाहालले यसपटक नेपालका महत्वपूर्ण जलविद्यूत परियोजना भारतको जिम्मा लगाउने आशंका छ ।

    माथिल्लो कर्णाली, पश्चिम सेती, अरुण तेस्रो, तल्लो अरुणलगायतका आयोजनाबारे भारतसँग विशेष सम्झौता गर्ने आशंका गरिएको छ । नेपालको जलविद्यूतमा आफू बाहेक अन्य देशको लगानी भए विद्युत खरिद नगर्ने भारतको नीति छ । भारतको यो नीतिले नेपालको विकास नहुने पक्का छ । भारतको मात्र लगानी रहने हो भने यहाँका खोलानाला उसको कब्जामा पुग्नेछन् ।

    यतिखेर प्रचण्डमाथि सर्वोच्च अदालतमा मुद्दा छ । अदालतले कारण देखाउ आदेश जारी गरेको छ । युद्धकालमा ५ हजारजनाको हत्याको जिम्मेवारी लिने विवादास्पद अभिव्यक्ति दिएका दाहालले यतिखेर द्रुतगतिमा संसदमा सत्यनिरुपण सम्बन्धी विधेयक अघि बढाएका छन् ।

    यो विधेयकमाथि संसदीय समितिमा छलफल नै नगरी पास गर्ने उनको योजना छ । राप्रपा, नेमकिपालगायतका दलहरुले जघन्य अपराध गरेकाहरुलाई आममाफी दिन खोजिएको भन्दै आपत्ति जनाइसकेका छन् ।

    ६ महिना भित्र टुंग्याउनुपर्ने विषय १६ वर्षमा पनि नटुंग्याउने तर अहिले मुद्दा परेपछि हतार गर्ने शैलीमै सबैभन्दा बढी अविश्वास छ । यसमा द्वन्द्वपीडित र अधिकारकर्मीहरुले चरम अविश्वास व्यक्त गरेका छन् ।

    तेस्रो ठूलो दल भएर पनि राज्यसत्ताको बागडोर हातमा लिन सफल दाहालमाथि उनकै सहकर्मी पूर्व माओवादीहरुले समेत विश्वास गर्दैनन् । मोहन बैद्यले त प्रचण्डले जनताको विश्वास सम्पूर्णरुपमा गुमाइसकेको टिप्पणी गरेका छन् ।

    यो बेला फेरि एकपटक दाहालले संसदमा सांसदहरुको विश्वास आर्जन गरेका छन् । संख्यामा विश्वास नामको पोको ठूलो देखिए पनि यो अविश्वास र घातको पोको हुनसक्ने आशंका गर्न सकिन्छ ।

  • पर्याप्त विश्वासकाे मत पाएकाे छु, अब आरामसँग सरकार चल्छ : प्रधानमन्त्री दाहाल

    पर्याप्त विश्वासकाे मत पाएकाे छु, अब आरामसँग सरकार चल्छ : प्रधानमन्त्री दाहाल

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु हुने बताएका छन् ।

    साेमबार विश्वासको मत पाएपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अब सरकार बिस्तार गर्ने बताएका हुन् ।

    उनले केही दिनभित्रै सरकारले पूर्णता पाउने जानकारी दिए । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफूलाई पर्याप्त विश्वासको मत प्राप्त भएकाले आरामसँग सरकार चल्ने जिकिर गरे ।

    उनले आफ्नो भारत भ्रमण यो महिनाको अन्तिमतिर हुने बताए । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका थिए ।

     

  • प्रचण्डकाे आशा : शतप्रतिशत विश्वासकाे मत आउँछ (भिडिओसहित)

    प्रचण्डकाे आशा : शतप्रतिशत विश्वासकाे मत आउँछ (भिडिओसहित)

    काठमाडाैं । प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले आफूलाई शतप्रतिशत नै विश्वासकाे मत प्राप्त हुने आशा व्यक्त गरेका छन् ।

    आइतबार संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले राखेकाे जिज्ञासामा उनले आफूलाई शतप्रतिशत नै मत आउने आश रहेकाे बताएका हुन् ।

    उनले भने- ‘अघिल्लाे पटक विश्वासकाे मत लिँदा ९९ सय दशमलव २५ प्रतिशत आउँछ भनेकाे थिएँ । यसपटक शतप्रतिशत नै आउने आश छ ।’

    प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिन लागेका छन् ।

    यसअघि गत पुस २६ मा एमालेसँगको गठबन्धन सरकारले संसदबाट अभूतपूर्व विश्वास पाएको थियो । उनको पक्षमा ९९.२७ प्रतिशत सांसदले समर्थन जनाएका थिए ।

  • पुटिनलाई पक्राउ आदेश र प्रचण्डलाई मुद्दा

    पुटिनलाई पक्राउ आदेश र प्रचण्डलाई मुद्दा

    काठमाडाैं । अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको अभियोग लगाउँदै पक्राउ आदेश दिएलगत्तै पुटिन निस्फीक्रि घुमफिरमा निस्केका छन् । उनी क्रिमिया र मारिउपोलमा घुमिरहेका छन् ।

    नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले हत्या अभियोगमा कारण देखाउ आदेश जारी गरेको छ । प्रचण्ड निस्फीक्रि राजनीतिक गतिविधि र सरकारी काम गरिरहेका छन् ।

    पुटिनलाई पक्राउ आदेशको कुनै त्रास छैन । अमेरिका लगायतका मुलुकको उक्साहटमा प्रचारका लागि आफुमाथि पक्राउ आदेश जारी गरिएको पुटिनको बुझाइ छ । रुसी विदेश मन्त्रालयले समेत अर्थहीन आदेश भनी जवाफ फर्काइसकेको छ ।

    हुन पनि अपराध अदालत गठन गर्दा हस्ताक्षर गर्ने मुलुकका लागि मात्र सो आदेश पालना गर्नुपर्ने बाध्यता छ । रुस अदालत गठनको सदस्य नभएकाले सुपर्दगी गर्नुपर्ने बाध्यता छैन ।

    यता, प्रचण्ड आफै प्रधानमन्त्री छन् । उनले अदालतबाट आफूलाई कारण देखाउ आदेश जारी भएपछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन सम्बन्धी विधेयक संसदमा पेस गरेका छन् ।

    विस्तृत शान्ति सम्झौताको ६ महिना भित्र शान्ति प्रक्रिया टुंग्याउने सहमति गरेका दलहरुले १६ वर्ष वितिसक्दा पनि यस सम्बन्धी कामहरु गरेका छैनन् । बरु उनीहरुले आयोगलाई कार्यकर्ता भर्ती केन्द्र बनाए । पदाधिकारी नियुक्त नगरेर बर्षौसम्म आयोग रित्तै राखे । पदाधिकारी राखेपनि खल्तीका मान्छे राखेर काम गर्न दिएनन् ।

    यो निश्चित छ कि अन्तर्राष्ट्रिय अपराध अदालतको पुटिन पक्राउ आदेश कार्यान्वय हुने छैन । यो कार्यान्वयन गर्न सकिने तागत अदालतसंग छैन । यो प्रचारवाजी मात्र हो । यसले अदालत आफै पंगू हुनेबाहेक अर्को उपाय देखिँदैन ।

    नेपालमा प्रचण्डलाई पनि हत्या अभियोगमा पक्राउ आदेश गरी जेल हाल्छन भन्ने कसैले पत्याएका छैनन् । सकभर प्रचण्डलाई सफाइ दिने नभए सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै विवाद टुंग्याउनु भनी आदेश हुनसक्ने अनुमान गरिएको छ ।

    यही मौकामा सम्पूर्ण माओवादी घटकहरु एक भएर पुनः युद्धको ध्वाँस दिइरहेका छन् । उनीहरुले शान्ति प्रक्रिया बिथोलिने धम्की दिइरहेकाछन् । यसमा सबैभन्दा बढी चासो डा. बाबुराम भट्टराई र नेत्रबिक्रम चन्द विप्लवलाई रहेको देखिन्छ ।

    युक्रेनको नाममा अमेरिका र नाटोले रुससंग युद्ध गरिरहेको छ । दुवैतर्फ गरी हजारौँ सैनिक र सर्वसाधारण मारिएका छन् । युद्ध अन्त्य हुने वा मेलमिलापको कुनै गुञ्जास देखिँदैन ।

    अझ चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा जाने भएपछि रुसको हौसला झन बढेको छ । चीनले रुसलाई हतियार आपूर्ती गरिरहेको अमेरिकाको दाबी छ । यो बेला पुटिन कमजोर हुने, पक्राउ पर्ने होइन झन बलिया हुँदैछन् ।

    प्रचण्डलाई मुद्दा परेर पक्राउको चर्चा चलाइएका बेला नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ । प्रचण्डले कांग्रेसको समर्थन पाउनु भनेको राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा बलियो हुनु मात्र होइन सुरक्षितसमेत हुनु हो । पुटिन जस्तै प्रचण्ड शक्तिशाली भएका छन् ।

  • माओवादी घटकहरुको अन्तर्क्रिया कार्यक्रम स्थगित

    माओवादी घटकहरुको अन्तर्क्रिया कार्यक्रम स्थगित

    काठमाडौं । माओवादी घटकहरुले मंगलबार गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ ।

    प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

    कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

    द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको २६ फागुनमा बसेको बैठकले शान्ति प्रक्रियाका पक्षधरलगायतसँग ३० फागुनमा अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

    पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नै सर्वोच्चमा उजुरी परेपछि पूर्व माओवादी धारका नेताहरु झस्केका छन् ।

    १ माघ २०७६ मा माघीकाे अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

    सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नगरे पनि रिटलाई अग्राधिकार दिएको छ ।