प्रधानमन्त्रीको विरोध गरेको भन्दै पक्राउ परेका युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा मंगलबार बानेश्वरबाट पक्राउ परेका युवाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले उनीहरूलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड सहभागी एक कार्यक्रममा केही युवाले नाराबाजी गर्दा प्रहरीले मुख थुनेर बल प्रयोग गर्दै पक्राउ गरेको थियो ।

ती युवाले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । यस नागरिकलाई बोल्न नदिएको भन्दै बुधबारको राष्ट्रियसभा बैठकमा एमाले सांसद डा. विमला राईले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१