Tag: भारत

  • बुढानीलकण्ठ मन्दिरमा ‘स्वर नारायण’ कार्यक्रमकाे आयाेजना

    बुढानीलकण्ठ मन्दिरमा ‘स्वर नारायण’ कार्यक्रमकाे आयाेजना

    काठमाडाैं । भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले बुढानीलकण्ठ मन्दिरको एक पूज्य स्थलमा २०७९ ‘स्वर नारायण’ कार्यक्रमको आयोजना गरेकाे छ ।

    बुढानीलकण्ठ मन्दिरसँगको सहकार्यमा यो साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । शास्त्रीय राग ‘शुद्ध सारङ्ग’ को प्रस्तुतिसँगै कार्यक्रमको सुरुवात गरिएकाे थियाे ।

    कार्यक्रममा भगवान विष्णु र वहाँका अवतारहरु भगवान कृष्ण र रामका भजनहरु प्रस्तुत गरिएकाे थियाे । मीराबाई, तुलसीदास जस्ता प्रसिद्ध सन्तद्वारा रचित प्रख्यात भजनहरु कार्यक्रममा प्रस्तुत भएका थिए ।

    यो कार्यक्रम सङ्गीत शिक्षक डा. आशिष सन्त तथा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुको नेतृत्वमा सम्पन्न भएकाे हाे । कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका विद्यार्थीहरुकोसमेत सहभागीता रहेको थियो ।

  • बिहेमा बेहुला धेरै नाचेपछि बेहुली रिसाएर अर्कैलाई लगाइदिइन् वरमाला !

    बिहेमा बेहुला धेरै नाचेपछि बेहुली रिसाएर अर्कैलाई लगाइदिइन् वरमाला !

    भारत । मण्डप सजाइएकाे थियाे । डीजे बजिरहेकाे थियाे । जन्ती टाेली बेहुली घरकाे गेटमा पुगेकाे थियाे । बेहुला कारबाट उत्रेर साथीहरूसँग नाच्न थाले । डीजेकाे धुनमा उनकाे डिस्को-डान्स यति लम्बियाे, बेहुलीका बुवा रिसले चुरचुर भए अनि बिहेमा पुगेका अर्कै एक युवकलाई आफ्नी छाेरी जिम्मा लगाए ।

    घटनाबारे सुन्दा कुनै फिल्मकाे कथाजस्तै लाग्छ । तर, याे वास्तविक घटना हाे, जुन भारतकाे महाराष्ट्रस्थित बुलढाणा जिल्लाकाे मलकार पंगरा गाउँमा २४ अप्रिलमा भएकाे थियाे । बेहुलीका बुवाकाे आराेप छ, बेहुला रक्सीकाे नसामा उफ्रिरहेका थिए । त्यसैले उनले आफ्नी छाेरीकाे बिहे अरू कसैसँग गरिदिए ।

    उनका अनुसार जन्ती टाेली मुहूर्त सकिएपछि साँझ ४ बजे गेटमा पुग्दा बेहुला राति ८ बजेसम्म नाचिरहेका थिए । ढिलाे आउनुकाे कारण साेध्दा जन्ती टाेली कुटपिटमा उत्रिएकाे भन्दै केटीपक्षले बेहुलासहितलाई कुटेर फर्काइदिए । उनीहरू खाना पनि खान नपाउँदै त्यहाँबाट भागे ।

    बेहुलाका बुवाले भनेअनुसार जन्ती गेटमा पुगेका थिए । बिहे भाँडियाे भने बेइज्जेत हुने डर थियाे । यस्ताेमा उनीहरू पञ्चायतकहाँ पुगे । पञ्चायतमै सहमति भयाे, बिहे यही मण्डपमा हुन्छ तर अरू काेहीसँग ।

    यसपछि केटा खाेज्न थालियाे । जन्ती आएका एक युवकमाथि केटीका बुवाकाे नजर गयाे । उनले छाेरीकाे हात तिनै युवककाे हातमा सुम्पिए । खासमा ती युवक बेहुलीकै मिल्ने साथी थिए ।

    अर्कै बेहुला पाएर आफू निकै खुसी भएकाे बेहुली प्रियंकाले बताएकी छन् । उनले भनिन्, ‘बेहुला जँड्याहा छन् भनेर पहिल्यै थाहा भएन । उनी नाचिरहेका थिए । म वरमाला लिएर घण्टाैं उभिएँ । उनकाे हर्कतबाट हाम्राे परिवार आहत थियाे । राम्राे भयाे, उसकाे वास्तविकता बेलैमा सामने आयाे ।’

  • पशुपतिनाथ मन्दिरमा भारतीय राजदूतावासको ‘शिव पूजा’ कार्यक्रम

    पशुपतिनाथ मन्दिरमा भारतीय राजदूतावासको ‘शिव पूजा’ कार्यक्रम

    काठमाडाैं । भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरको एक पूज्य स्थलमा कार्तिक २८ साँझ ‘शिव पूजा’ कार्यक्रम गरेकाे छ ।

    पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यो कार्यक्रमको आयोजना गरिएको हो । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए ।

    कलाकारहरुले भरतनाट्यम विधाको पुष्पाञ्ली नृत्य पनि गरेका थिए । यस नृत्यमा फूल अर्पण गरी परम्परागत शैलीमा अभिवादन गर्ने गरिन्छ । करिब एक घण्टा लामो कार्यक्रममा कलाकारहरुले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरे ।

    कार्यक्रममा शिव नृत्यसँगै देवी र गणेशको पनि नृत्य प्रस्तुत गरियो र सम्पूर्ण शिव परिवारप्रति भक्तिभाव प्रकट गरिएकाे थियाे । देवीको आराधना गर्दै नेपाली शास्त्रीय प्रस्तुति समेत भएकाे थियाे ।

    उक्त कार्यक्रमकाे उद्घाटन पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश रावलले गरेका थिए ।

    कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारी र प्रतिष्ठित व्यक्तित्वसहित २०० जनाभन्दा बढी उपस्थित थिए ।

  • सेमिफाइनलमा लज्जास्पद हारपछि भावुक बने विराट कोहली

    सेमिफाइनलमा लज्जास्पद हारपछि भावुक बने विराट कोहली

    काठमाडाैं । अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भारतीय टोली नराम्ररी पराजित भएपछि विराट कोहलीले ट्वीटमार्फत आफ्नो निराशा व्यक्त गरेका छन् ।

    सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डले भारतलाई १० विकेटले पारजित गरेकाे थियाे । अब आइतबार पाकिस्तानले इङ्ग्ल्यान्डको सामना गर्नेछ ।

    अष्ट्रेलियाबाट भारत जानुअघि काेहलीले ट्वीटमार्फत् आफ्नो सपना पूरा नगरी निराशाका साथ अस्ट्रेलिया छाडिरहेको लेखेका छन् ।

    उनले लेखेका छन्, ‘एक समूहको रूपमा हामी धेरै अविस्मरणीय पलहरू र थप राम्रो गर्ने लक्ष्यलाई हामीसँग लिएर गइरहेका छौँ ।’

    विराट कोहलीले भारतीय टोलीलाई समर्थन गर्न ठूलो संख्यामा स्टेडियममा आएका सबै क्रिकेट फ्यानहरूलाई धन्यवाद पनि दिएका छन् ।

    यो विश्वकपमा भारतले उत्कृष्ट प्रदर्शन गरेको थियो । विराट कोहली भारतका लागि सबैभन्दा ठूलो खेलाडी साबित भए ।

    उनले ६ खेलमा २९२ रन बनाए, जुन यस विश्वकपमा सबैभन्दा धेरै रन हो ।

  • टी–२० विश्वकप : भारत सेमिफाइनलमा

    टी–२० विश्वकप : भारत सेमिफाइनलमा

    काठमाडाैं । अष्ट्रेलियामा जारी टी–२० विश्वकपको खेलमा आइतबार नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेकाे छ ।

    खेलको यो नतिजापछि भारत सेमिफाइनलमा पुगेको छ ।

    समूह–२ को यो खेलपछि भारत ६ अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ ।

    दक्षिण अफ्रिकाले आफ्नो पाँच खेल खेलेको छ र उसकाे पाँच अंक छ । अब आइतबार हुने पाकिस्तान र बंगलादेशबीचको खेलले अर्को क्वालिफायरको नाम तय गर्नेछ ।

    आइतबार नै भारतको जिम्बाब्वेसँग पनि खेल छ । यो खेलमा भारत पराजित भए पनि सेमिफाइनल पुग्ने निश्चित छ ।

    तर, सेमिफाइनलमा भारतले समूह ‘ए’ बाट कुन टोलीको सामना गर्ने भन्ने कुरा जिम्बाब्वेको खेलले तय गर्नेछ । समूह १ मा न्यूजिल्याण्ड पहिलो र इङ्ल्यान्ड दोस्रो स्थानमा छ ।

    भारतले जिम्बावेसँग जित्यो भने ८ अंकसहित शीर्ष स्थानमा रहनेछ र सेमिफाइनलमा इङ्ल्यान्डसँग भिड्नेछ ।

    समूह–२ को दोस्रो टोली सेमिफाइनलमा पुग्ने पाकिस्तान र बंगलादेशबीचको खेलको नतिजा कस्तो हुन्छ त्यसमा भर पर्छ ।

    दुवै टोलीले चार खेल खेलिसकेका छन् र उनीहरुको हाल ४–४ अंक छ । तर, अहिले पाकिस्तानको नेट रन रेट बंगलादेशभन्दा बढी छ ।

  • टी २० विश्वकप क्रिकेट : विराट काेहलीमाथि फेक फिल्डिङकाे आराेप

    टी २० विश्वकप क्रिकेट : विराट काेहलीमाथि फेक फिल्डिङकाे आराेप

    भारत । टी–२० विश्वकपमा भारत र बंगलादेशबीचको खेल अझै चर्चामा छ । खेल निकै रोमाञ्चक बनेको थियो । अन्त्यमा भारतले पाँच रनले जित हात पारेको थियो ।

    खेलकाे सुरुवातमा बंगलादेश बलियो अवस्थामा थियो । तर वर्षाले खेलमा बाधा पुर्‍याएपछि बंगलादेश कमजाेर बन्न पुगेकाे हाे । तर, लगातार धेरै विकेट गुमाए पनि बंगलादेशले हार मानेन र खेल अन्तिम ओभरसम्म गयो ।

    यो जितपछि पनि भारतको सेमिफाइनलको बाटो स्पष्ट छैन । तर उनको स्थिति पक्कै बलियो छ ।

    तर विश्वकपमा भारतका लागि उत्कृष्ट ब्याटिङ गरिरहेका विराट कोहलीलाई लिएर विवाद उत्पन्न भएको छ ।

    बंगलादेशी क्रिकेटर नुरुल हसनले विराट कोहलीमाथि नक्कली फिल्डिङ गरेको आरोप लगाएका छन् । आईसीसीको नियम अनुसार अम्पायरले त्यस्तो महसुस गरेमा ५ पेनाल्टी रन दिन सकिन्छ ।

    भारतसँगको खेल सकिएपछि पत्रकारसँगको कुराकानीमा नुरुल हसनले यस्तो सनसनीपूर्ण आरोप लगाएका हुन् ।

    बंगलादेशको इनिङ्समा सबैभन्दा ठूलो योगदान लिटन दासको थियो । तर नुरुलले पनि २५ रनको द्रुत इनिङ्स खेले । तर अन्त्यमा बंगलादेश पराजित भयो ।

    तर खेलपछि उनले विराट कोहलीमाथि नक्कली फिल्डिङ गरेको आरोप लगाए ।

    विराटमाथि के छ आरोप ?

    पत्रकारसँग कुरा गर्दै नुरुल हसनले भने– ‘जमिन भिजेको देख्यौं । सबै कुरा गर्ने हो भने त्यो म्याचमा ‘फेक थ्रो’ पनि थियो भन्नु पर्छ । हामीले पेनाल्टीमा पाँच रन पाउन सक्थ्यौँ । यो कुरा हाम्रो लागि फाइदाजनक साबित हुन सक्छ, तर त्यो पनि हुन सकेन ।

    खेलका क्रममा उत्कृष्ट फर्ममा रहेका बंगलादेशी ओपनर लिटन दासले २४ बलमा ५६ रन खेल्दै थिए ।

    खेलको सातौं ओभरमा अक्षर पटेलको दोस्रो बलमा उनले स्वीपरलाई बाउन्ड्री प्रहार गरे ।

    पहिलो रन सहजै लिएपछि बंगलादेशका ब्याट्सम्यान दोस्रो रनका लागि दौडिएपछि ३० गजको घेरामा उभिएका विराट कोहलीले नन स्ट्राइकरको छेउमा बल फाल्ने अभिनय गरेको देखियो ।

    जब अर्शदीप सिंहको बाउन्ड्रीबाट विकेटकिपरतर्फको थ्रो कोहलीको दाहिने तर्फबाट गुज्रिरहेको थियो त्यतिबेला यस्ताे भएकाे थियाे । बंगलादेशले रन पूरा गरेपछि बाउन्ड्रीबाट बल विकेटकिपर दिनेश कार्तिकको ग्लोभ्समा पुगेकाे थियाे ।

    नियम अनुसार ब्याट्सम्यानको ध्यान हटाउनु गलत हो । तर के कोहलीले साँच्चै ब्याट्सम्यानलाई भ्रममा पारेका हुन् त ?

  • भारतको गुजरातमा पुल चुँडिदा १३२ जनाको मृत्यु

    भारतको गुजरातमा पुल चुँडिदा १३२ जनाको मृत्यु

    काठमाडौं । भारतको गुजरातमा पुल चुँडिएर १३२ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिएको हो ।

    बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।

    गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् ।

    राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    मोरबी पुल वर्षौं पुरानो हो । केही वर्षयता बन्द रहेको उक्त पुल मर्मत गरेर दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त पुल गुजरातको मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर बनाइएको थियो ।

  • विराट काेहली चम्किँदा पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित

    विराट काेहली चम्किँदा पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित

    काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग ४ विकेटको हार ब्यहोरेको छ । १६० रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो ।

    सुरुवाती तीन बलमा २ रन खर्चेर हार्दिक पाण्ड्याको विकेट लिएका मोहम्मद नवाजले अन्तिम ओभरमा नो बल फालेपछि भारतकाे जित भएकाे हाे ।

    अन्तिम १ बलमा भारतलाई २ रन आवश्यक थियो । तर, नवाजले वाइड बल फाले र स्कोर बराबरी भयो । भारतले थप एक बल खेल्न पायो ।

    विश्वकपमा पाकिस्तानसँग विरलै हारेको भारतले रोमान्चक अन्तिम ओभरमा जित हासिल गरेको हो ।

    भारतलाई जिताउन विराट कोहलीले अविजित ८२ रनको योगदान गरे । उनले ५३ बलमा ४ छक्का र ६ चौका हिर्काए ।

    यसअघि मेलवर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५९ रनकाे लक्ष्य प्रस्तुत गरेकाे थियाे ।

     

  • एसएसबी प्रमुख काठमाडौंमा, सीमा सुरक्षा समन्वय समितिको बैठक मंगलबारदेखि

    एसएसबी प्रमुख काठमाडौंमा, सीमा सुरक्षा समन्वय समितिको बैठक मंगलबारदेखि

    काठमाडौं । सीमा सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रमुख सुजोय लाल थाउसेन सोमबार काठमाडौं आइपुगेका छन् ।

    सीमा सुरक्षा समन्वय समितिको बैठक मंगलबारदेखि सुरु हुनेछ । बैठकमा नेपाली टोली नेतृत्व सशस्त्र प्रहरी बल (एपीएफ) प्रमुख राजु अर्यालले गर्नेछन् ।

    दुई दिनसम्म चल्ने बैठकमा सीमा विवाद, सिमामा हुने अपराध र आवतजावतमा हुने समस्यालाई लिएर छलफल हुने बताइएको छ ।

    बैठकमा परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधी पनि रहनेछन् । हरेक वर्ष सीमा सुरक्षा समन्वय समितिको बैठक बस्दै आएको छ । गत वर्ष यो बैठक भारतले आयोजना गरेको थियो ।

  • रिसेप्सनिस्टको हत्या आरोपमा भाजपा नेताका छोरा पक्राउ

    रिसेप्सनिस्टको हत्या आरोपमा भाजपा नेताका छोरा पक्राउ

    भारत । उत्तराखण्डमा भाजपा नेता विनोद आर्यका छोरा पुलकित आर्य एक रिसेप्सनिस्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

    भारतको उत्तराखण्ड प्रहरीले अंकिता भण्डारी नामकी युवतीको शव शनिबार बिहान फेला पारेको छ ।

    अंकिताको शव ऋषिकेशको चिला नहरबाट फेला परेको हो । प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई नछोड्ने बताएका छन् ।

    अंकिताको हत्यामा संलग्न पुलकित आर्यसहित रिसोर्टका प्रबन्धक सौरभ भास्कर र सहायक प्रबन्धक अंकित गुप्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

    सोधपुछका क्रममा उनले हत्यापछि अंकिताको शव चिला नहरमा फालेको बताए । प्रहरी नायब उपरीक्षक शेखरचन्द्र सुयालका अनुसार प्रारम्भिक सोधपुछमा उनले झुक्याउन खोजे पनि कडाइ गरेपछि सत्य स्वीकार गरेका थिए ।