टी–२० विश्वकप : भारत सेमिफाइनलमा

काठमाडाैं । अष्ट्रेलियामा जारी टी–२० विश्वकपको खेलमा आइतबार नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेकाे छ ।

खेलको यो नतिजापछि भारत सेमिफाइनलमा पुगेको छ ।

समूह–२ को यो खेलपछि भारत ६ अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ ।

दक्षिण अफ्रिकाले आफ्नो पाँच खेल खेलेको छ र उसकाे पाँच अंक छ । अब आइतबार हुने पाकिस्तान र बंगलादेशबीचको खेलले अर्को क्वालिफायरको नाम तय गर्नेछ ।

आइतबार नै भारतको जिम्बाब्वेसँग पनि खेल छ । यो खेलमा भारत पराजित भए पनि सेमिफाइनल पुग्ने निश्चित छ ।

तर, सेमिफाइनलमा भारतले समूह ‘ए’ बाट कुन टोलीको सामना गर्ने भन्ने कुरा जिम्बाब्वेको खेलले तय गर्नेछ । समूह १ मा न्यूजिल्याण्ड पहिलो र इङ्ल्यान्ड दोस्रो स्थानमा छ ।

भारतले जिम्बावेसँग जित्यो भने ८ अंकसहित शीर्ष स्थानमा रहनेछ र सेमिफाइनलमा इङ्ल्यान्डसँग भिड्नेछ ।

समूह–२ को दोस्रो टोली सेमिफाइनलमा पुग्ने पाकिस्तान र बंगलादेशबीचको खेलको नतिजा कस्तो हुन्छ त्यसमा भर पर्छ ।

दुवै टोलीले चार खेल खेलिसकेका छन् र उनीहरुको हाल ४–४ अंक छ । तर, अहिले पाकिस्तानको नेट रन रेट बंगलादेशभन्दा बढी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७