Tag: भीम रावल

  • मलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसियाे : भीम रावल (पूर्णपाठ)

    मलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसियाे : भीम रावल (पूर्णपाठ)

    काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन् ।

    आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनले आरोप लगाए । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

    ‘मलाई टिकट नदिएको विषयमा होइन एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको हुँ । एमालेमा योगदान नगरेका व्यक्तिलाई टिकट दिनु स्वेच्छाचारी र अन्यायपूर्ण छ’, उनले भने ।

    ‘अछाममा मैले चुनाव जित्ने वा हार्ने सोधखोज गर्दा हराउन नसकिने निष्कर्षपछि मेरो उम्मेदवारी रोकिएको सुनियो,’ उनले भने।

    अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए । उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ ।

  • उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत, उचित समयमा बाेल्छु : भीम रावल

    उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत, उचित समयमा बाेल्छु : भीम रावल

    काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले आफूले नबाेलेकाे विषयमा पनि प्रचार गरेकाेमा आपत्ती जनाएका छन् । उनले ‘आफूलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत’ भएकाे बताएका छन् ।

    साेमबार ट्वीटमार्फत रावलले भनेका छन् ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो ।’

    उनले यस विषयमा उचित समयमा बोल्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई टिकट नदिएपछि केही सञ्चारमाध्यमहरुले भीम रावलले ‘उम्मेदवार नबनाए पनि ठीक छ’ भनेकाे भनी समाचार प्रकाशित गरेका थिए । उनले उक्त भनाइ आफूले नभनेकाे बताएका छन् ।

  • नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूप : भीम रावल

    नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूप : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुले प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् ।

    देशलाई कमजोर पार्ने उदेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको समेत उनले जनाएका छन् ।

    ‘खुकुलो नागरिकताले नेपाल कमजोर पार्ने प्रपञ्च छ । नेपालीले सहजै नागरिकता पाउने र विदेशीले नपाउने नीति देश हितमा छ,’ नेता रावलले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश संविधानको धारा ११३ (३) र राष्ट्रिय हित अनुरूप छ । देश हित रक्षामा संविधानसम्मत पाइला चाल्नु उहाँको कर्तव्य हो ।’

    प्रमाणीकरणको लागि सभामुखले पठाएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभामा फिर्ता पठाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

     

  • सरकारप्रति विश्वास छैन, अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेश गर्नुपर्छ : भीम रावल

    सरकारप्रति विश्वास छैन, अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेश गर्नुपर्छ : भीम रावल

    काठमाडाैं । नेकपा एमालेका सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी नहुने भनि सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेश गर्नुपर्ने बताएका छन् ।

    सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको मिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा राववले एसपीपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र पठाइसकेको अवस्थामा सरकारले संसदीय समितिमा उक्त पत्र पेश गर्नुपर्ने बताएका हुन् ।

    एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ भएकै कारण सरकार प्रति अविश्वास बढेको उनकाे भनाइ छ । संसदीय समितिको निर्णय कानूनी शासन मान्ने सरकारले मान्नुपर्ने रावलले बताए । उनले समितिले मागेका कागजात नपठाएर सरकारले समितिको अवमूल्यन गरेको जिकीर पनि गरे ।

    बैठकमा अन्य सांसदहरुले समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

  • संविधानविपरीत गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

    संविधानविपरीत गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

    काठमाडौं । एमाले सांसद भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् ।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘शपथ सम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले संविधानले व्यवस्था गरेकोभन्दा बाहिर गएर गठबन्धनका नाममा निर्दलीय अभ्यास भएको बताएका हुन् ।

    संविधानको धारा २६९ अनुसार समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुन निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै रावलले तर, यस व्यवस्थाविपरीत गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको बताए ।

    यसको उदाहरणका रुपमा उनले दलहरु बीचको चुनावी तालमेललाई प्रस्तुत गरे ।

  • भीम रावल एक्लैले गराए प्रतिनिधि सभा बैठक स्थगित!

    भीम रावल एक्लैले गराए प्रतिनिधि सभा बैठक स्थगित!

    काठमाडाैं । नेकपा एमालेका सांसद भीम रावलले रोस्ट्रम छाड्न नमान्दा संसद बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेकाे छ ।

    अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको पत्र सरकारले नपठाइएको भन्दै रावलले सरकारलाई रुलिङ गर्न माग गर्दै रोस्ट्रम छेउ पुगेका थिए ।

    मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे ।

    बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए ।

    सभामुखको आशनमा रहेका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गरे पनि रावलले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोस्ट्रममै उभिए ।

    सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आशन ग्रहण गर्न आग्रह गरे । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

  • निरीह र स्वाभिमानविहीन अभिव्यक्ति दिएकाे भन्दै भीम रावलले गरे प्रचण्डकाे कडा टिप्पणी

    निरीह र स्वाभिमानविहीन अभिव्यक्ति दिएकाे भन्दै भीम रावलले गरे प्रचण्डकाे कडा टिप्पणी

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले माओवादी अध्यक्ष प्रचण्डले दिल्ली भ्रमणमा भारतीय प्रधानमन्त्रीसँग अन्तिममा भेट हुन सकेन भनी निरीह र स्वाभिमानविहीन अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।

    रावलले प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उच्च तहको भ्रमणमा भेटवार्ता र विष्यवस्तु पहिल्यै निर्धारण हुने बताएका छन् । उनले झुकनीतिको आसे र दासे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्ने बताएका छन् ।

    रावलले भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको भन्दै यसबाट नेपाली कम्युनिस्ट नेताले सिक्ने कि नसिक्ने भनी प्रश्न समेत उठाएका छन् । नेपाली कांग्रेससँग गठबन्धन गरेर कम्युनिस्ट पार्टी बलियो नहुने भन्दै उनले आरजु राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी रहेको टिप्पणी समेत गरेका छन् ।

    रावलले भनेका छन्– माओवादी नेता प्रचण्ड र भाजपाबीच दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे । यही हो ‘जनयुद्ध’ को लक्ष्य ? यस्तै कामकुराले देश कमजोर हुँदैछ । अँझ प्रम पत्नी आरजु देउवा राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकि छ । राष्ट्र हितप्रति खेलवाड र स्वार्थको भद्दा रुप ।

     

  • बरु जेल जान तयार छु, इम्बोस्ड नम्बर प्लेट हाल्दिनँ : भीम रावल

    बरु जेल जान तयार छु, इम्बोस्ड नम्बर प्लेट हाल्दिनँ : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् ।

    बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।

    उनले भने, ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिनँ । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु ।’

    सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ ।

    तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ ।

  • एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल

    एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल

    काठमाडौं । एमाले सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन् । उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए ।

    तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशंका रहेको बताए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी स्वीकार गर्न नसक्ने पत्र पठाउने निर्णय गरेकाले अझै पनि संशय रहेको बताए ।

    प्रधानमन्त्री देउवा नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नभएर संसदीय समितिको मानमार्दन गरेको आरोप लगाए ।

    नेता रावलले प्रधानमन्त्री संसदीय समिति बैठकमा नआउने बरु बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक राखेर छलफल गरेकोमा आपत्ति जनाउँदै गठबन्धन संविधानसम्मत हो र भन्दै प्रश्न गरे ।

  • संसदीय समितिको बैठकमा देउवा नआएपछि ‘खेद प्रस्ताव’ पारित गर्न भीम रावलको माग

    संसदीय समितिको बैठकमा देउवा नआएपछि ‘खेद प्रस्ताव’ पारित गर्न भीम रावलको माग

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा अनुपस्थित भएको भन्दै खेद प्रस्ताव पारित गर्न माग गरिएको छ।

    आइतबार बिहान बोलाइएको संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि यस्तो माग गरिएको हो।

    बैठकमा सांसद भीम रावलले बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभइ अनुपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन हुने बताए । संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेका देउवा संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हुने रावलले बताए ।

    अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) विवादबारे छलफलका लागि समितिको बैठक जारी छ । शुक्रवार प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर समितिले यसबारे सेनाको धारणा बुझेको थियो ।

    सोही बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि एसपीपीबारे सरकारको धारणा राखेका थिए । समितिले यसबारे थप छलफलका लागि आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई डाकेको थियो ।

    यद्यपि देउवा समितिको बैठकमा उपस्थित भएनन् । प्रधानमन्त्री देउवाले यसअघि पनि संसद छल्दै आएका छन् । अमेरिका भ्रमणबारे जानकारी दिन सदनमा सांसदहरुले प्रधानमन्त्रीसँग माग गरेका थिए ।