• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत, उचित समयमा बाेल्छु : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले आफूले नबाेलेकाे विषयमा पनि प्रचार गरेकाेमा आपत्ती जनाएका छन् । उनले ‘आफूलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत’ भएकाे बताएका छन् ।

साेमबार ट्वीटमार्फत रावलले भनेका छन् ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो ।’

उनले यस विषयमा उचित समयमा बोल्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई टिकट नदिएपछि केही सञ्चारमाध्यमहरुले भीम रावलले ‘उम्मेदवार नबनाए पनि ठीक छ’ भनेकाे भनी समाचार प्रकाशित गरेका थिए । उनले उक्त भनाइ आफूले नभनेकाे बताएका छन् ।