Tag: भीम रावल

  • भीम रावलको प्रश्न : चुनाव चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

    भीम रावलको प्रश्न : चुनाव चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

    काठमाडाैं । नेकपा एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेलको सहमति गरी सूर्य चिन्हमा उम्मेदवार उठाउन गरेको सहमतिमा नेता भीम रावलले प्रश्न उठाएका छन् ।

    विपरीत सिद्धान्त भएका राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चिन्हमा लड्ने तर जितेपछि सम्बन्धित पार्टीमै आवद्ध हुने भन्दै गरिएको सहमतिप्रति रावलले प्रश्न उठाएका हुन् ।

    ‘चुनाव चिन्ह विक्री हुने व्यवसायिक चिन्ह हो ?,’ रावलले प्रश्न गरेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम गर्न दिएजस्तो गर्न मिल्छ ?’

    रावलले विहीबार सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गरी भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’

    एमाले र राप्रपा नेपालबीच भएका सहमतिमा सूर्य चिन्ह लिएर चुनाव उठ्ने राप्रपाका उम्मेदवार चुनावपछि राप्रपा नेपालमै आवद्ध हुने बुँदा समावेश छ ।

     

  • भारतीय राजदूतको रात्रिभोजमा प्रधानमन्त्री तथा नेता पुगेपछि रावलकाे टिप्पणी, ‘नग्न रूप देखियो’

    भारतीय राजदूतको रात्रिभोजमा प्रधानमन्त्री तथा नेता पुगेपछि रावलकाे टिप्पणी, ‘नग्न रूप देखियो’

    काठमाडाैं । भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म शीर्ष नेता सहभागी भएको खबर यतिबेला चर्चामा छ ।

    एकजना सहसचिवस्तरको भारतीय कर्मचारीको बिदाइ कार्यक्रमका लागि बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखसम्म लर्को लागेर लैनचौरस्थित भारतीय दूतावास पुगेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

    नेकपा एमालेका नेता भीम रावलले पनि कडा शब्दमा टिप्पणी गरेका छन् । उनले कूटनीतिक मर्यादा र स्वाभिमानलाई तिलाञ्जली दिएर विदेशभक्ति छताछुल्ल पारेको भन्दै आलोचना गरेका हुन् ।

    ‘भारतीय राजदूतको बिदाइ रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रम माधव नेपाल र पुष्पकमल दाहाल, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरू लर्को लागेर दूतावास गएको समाचार पढियो’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कूटनीतिक मर्यादा र स्वाभिमान भातेकुर्सीले छोपिएपछि विदेशभक्तिको नग्न रूप देखिँदो रहेछ। लाज पचेपछि।’

  • कमल थापाले ‘सूर्य’ रोजेपछि रावलको व्यंग्य : ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ?

    कमल थापाले ‘सूर्य’ रोजेपछि रावलको व्यंग्य : ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ?

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नबाट निर्वाचनमा उठ्ने अभिव्यक्ति दिएपछि एमाले नेता भीम रावलले एमाले पार्टीमाथि व्यंग्य गरेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा राववले लेखेका छन्- उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त ?

    उनले थापाको यो अभिव्यक्तिलाई छेपारो करामत पनि भनेका छन् । उनले समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ? भनी पनि व्यंग्य पनि गरेका छन् ।

    उनले लेखेका छन्, ‘राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?

     

  • प्रधानमन्त्री देउवा र भीम रावलकाे जुहारी : दुई जिब्रे र दिमाग खुस्किएको भनेपछि रावलले फर्काए यस्ताे जवाफ

    प्रधानमन्त्री देउवा र भीम रावलकाे जुहारी : दुई जिब्रे र दिमाग खुस्किएको भनेपछि रावलले फर्काए यस्ताे जवाफ

    काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीलाई लिएर अनावश्यक विरोध गरेको भनी सोमबार नुवाकोटमा पुगेर भीम रावलकाे दिमाग खुस्किएको बताएका थिए ।

    नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको सोमबार उद्घाटन गर्न पुगेका देउवाले दोहोरो चरित्र देखाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    देउवाले आक्रोशित मुद्रामा भनेका थिए ‘यदि एमसीसी खराब थियो भने उनले राजीनामा दिनुपर्थ्यो । अहिले आएर यस्तो दुई जिब्रे कुरा गर्न पाइन्छ ?’

    रक्षामन्त्री हुँदा संसदमा ल्याउन सघाएर आफूले पास गराउँदा विरोध गरिरहेको भन्दै देउवाले आपत्ति पनि जनाए ।

    देउवाकाे उक्त आराेपपछि रावलले जवाफ फर्काएका हुन् । उनले देउवाले तथ्यमा आधारित भएर नबोलेको बताएका हुन् ।

    उनले प्रधानमन्त्रीले सही तथ्य नबुझी बोलेको भन्दै प्रधानमन्त्रीकै दिमाग खुस्किएको बताएका छन् ।

    ‘यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुटो बोल्ने प्रधानमन्त्रीको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ । जनतामा भ्रम छरेर देश हितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ’, उनले भनेका छन्,’मैलै एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानलाई तथ्यगत रूपमा सार्वजनिक गरेकोप्रति आक्रोशित हुँदै देउवाले ‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने प्रश्न गर्नुभएको रहेछ ।’

    रावलले आफूले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने पनि बताएका छन् ।

    ‘नेपालको संविधान, देश र जनतासामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाबीच सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईँको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो ।’

  • निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड : भीम रावल

    निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड : भीम रावल

    काठमाडौं । नेकपा(एमाले)का सांसद भीम रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् ।

    उनले भने, ‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलवाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो । किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जिविका जस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद भनेको देशमा उत्पन्न समस्याहरुको निकास दिने महत्वपूर्ण थलो हो ।’

    उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणीसमेत गरे ।

  • गगन थापाप्रति भीम रावलकाे टिप्पणी : मन्त्री, महामन्त्री, महामन्त्रीभन्दा ठूला मन्त्री !

    गगन थापाप्रति भीम रावलकाे टिप्पणी : मन्त्री, महामन्त्री, महामन्त्रीभन्दा ठूला मन्त्री !

    काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आक्राेश व्यक्त गरेका छन् ।

    नेकपा एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चकाे सम्बाेधनका क्रममा थापाप्रति आक्राेश पाेखेका हुन् । उनले एमसीसीका कम्प्याक्टमा राष्ट्रघात भएकाे जिकीर गर्दै भने,’नेपाली काङ्ग्रेसका मन्त्री, महामन्त्री, महामन्त्री भन्दा ठूला मन्त्रीले राष्ट्रघात गरे ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रघात गरेर देशलाई अर्ध उपनिवेश बनाउन लागेको पनि बताए ।

    नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको एकताले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ स्वरूप धारणा गर्ने विश्वास भएकोमा तीन वर्ष पनि नबित्दै एकता भड्किनुमा दु:ख लागेकाे पनि उनले बताए ।

    व्यक्तिगत स्वार्थका कारण बाम एकता भड्किएकाे रावलको टिप्पणी छ ।

    एमसीसी प्रतिनिधिसभाबाट पास गर्ने राजनैतिक दल र तिनका नेतालाई इतिहासमा राष्ट्रघाती भनेर चिनिने राववले ठाेकुवा गरे ।

    लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा नबाेलेकाे, कर्णाली प्रदेशमा चीनले सीमाना मिचेको भनेर जनतालाई दिग्भ्रमित बनाउन खोजेको आरोप पनि रावलले लगाए । कांग्रेस र माओवादी केन्द्र र समाजवादीले लोकतन्त्रको नाममा एमसीसी पास गरेर ठोकतन्त्र लादेको पनि उनकाे भनाइ छ ।

    फरक प्रसंगमा बिहीबार बिहान नेत्रविक्रम चन्द विप्लवसँगकाे भेटवार्ताबारे पनि उनले जानकारी गराए । उनले विप्लवले राष्ट्रवादी वामपन्थी शक्तिहरु बाम एकता गर्नुपर्ने आजकाे आवश्यकता रहेकाे बताएकाेमा ‘राष्ट्रवादकाे पक्षमा सँधै उभिने तर एमाले नछाेड्ने’ बताएकाे जानकारी दिए ।

  • ओलीले ‘हिराे’ भन्दै आलाेचना गरेपछि भीम रावलकाे जवाफ : ‘महाहिराे’ बन्नुस्

    ओलीले ‘हिराे’ भन्दै आलाेचना गरेपछि भीम रावलकाे जवाफ : ‘महाहिराे’ बन्नुस्

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधवार आफूमाथि गरेको टिप्पणीको जवाफ फर्काएका छन् ।

    मंगलबार एक पत्रकार सम्मेलनमा ओलीले भीम रावल पार्टी नीति विपरीत गएर ‘हिरो’हुन खोजेको आरोप लगाएका थिए । रावलले ओलीको आक्षेपको एकदिनपछि बुधबार देशको हितमा बोलेर महाहिरो हुन सुझाव पनि दिए ।

    उक्त टिप्पणीबारे रावलले जवाफ फर्काउँदै ट्वीट गरेका हुन् ।

    रावलले लेखेका छन् ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले हिरो हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर महाहिरो हुनुभएको भए म खुशी नै हुनेथिएँ, देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।’

    ओलीले रावलका गतिविधि पार्टी अनुशासन विपरीत भएको बताएका थिए । उनले रावललाई कारवाही हुनसक्ने संकेत पनि गरेका थिए ।

  • एमसीसीमाथि भीम रावलकाे चर्काे विराेध : ब्याख्यात्मक हाेइन, भ्रमात्मक घाेषणा र ठगपत्र

    एमसीसीमाथि भीम रावलकाे चर्काे विराेध : ब्याख्यात्मक हाेइन, भ्रमात्मक घाेषणा र ठगपत्र

    काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीकाे चर्काे विराेध गरेका छन् ।

    दोस्रोपटक जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले हताहतार पारित गर्न खोजेको भनेर विरोध गरे । उनले भने, ‘व्याख्यात्मक घोषणा होइन, यो भ्रमात्मक घोषणा हो।’

    दोस्रोपटक बसिरहेको प्रतिनिधि सभाको बैठकबाट एमसीसी पारित गर्ने प्रक्रिया सरकारले अघि बढाइरहेको छ । यसअघि पनि रावलले एमसीसी पारित हुन नहुने बताइरहेका थिए ।

    उनले एमसीसी राष्ट्रघाती भएकाे र यसकाे पुष्टि गर्न सक्ने प्रधानमन्त्रीसमक्ष चुनाैती पनि दिए ।

    उनले प्रधानमन्त्री र उनका सल्लाहकारलाई एमसीसीका दफाहरुमा बहसमा आउन चुनौती दिएका हुन् । राष्ट्रियताको विषय जोडिएको सम्झौतालाई हतारहतार पारित गर्नु देशप्रतिको नाङ्गो षडयन्त्र भएको उनको भनाइ छ ।

    महाकाली सन्धिका क्रममा पास भएको संकल्प प्रस्ताव कहाँ छ ? भनेर रावलले प्रधानमन्त्री देउवासमक्ष प्रश्न समेत गरेका छन् ।

  • जसले एमसीसी पास गर्छन्, उनीहरु देशमा गद्दारकाे रुपमा चिनिनेछन् : भीम रावल

    जसले एमसीसी पास गर्छन्, उनीहरु देशमा गद्दारकाे रुपमा चिनिनेछन् : भीम रावल

    काठमाडाैं । नेकपा एमालेका नेता भीम राववले एमसीसी पास गर्नेहरु देशमा गद्दारकाे रुपमा चिनिने बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा बाेल्ने क्रममा राववले एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने दाबी गरेका हुन् ।

    उनले व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै भएकाे पनि बताएका छन् । राववले भने, ‘राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुनेछ ।’

    उनले एमसीसीकाे कतिपय बुँदा राष्ट्रघाती भएकाे पनि प्रष्ट पारे ।

  • सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको छ : भीम रावल

    सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको छ : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने पनि बताएका छन् ।

    रावलले लेखेका छन् ‘सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता, हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिँदै छ । यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फसाउने कुकृत्य गर्दैछन् । सजग रहौं !’

    पछिल्लाे समय नेपाली कांग्रेस एमसीसी पास गराउने कसरतमा लागेकाे छ । कांग्रेसले गठबन्धनभित्र र प्रतिपक्षी दल एमालेसँग छलफल तीव्र बनाइरहेकाे छ ।

    नेकपा एमालेले एमसीसीकाे पक्षमा आफ्नाे धारणा नबनाइरहेकाे बेलामा रावल भने निरन्तर एमसीसीकाे विराेध गरिरहेका छन् ।