• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

कमल थापाले ‘सूर्य’ रोजेपछि रावलको व्यंग्य : ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ?

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नबाट निर्वाचनमा उठ्ने अभिव्यक्ति दिएपछि एमाले नेता भीम रावलले एमाले पार्टीमाथि व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राववले लेखेका छन्- उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त ?

उनले थापाको यो अभिव्यक्तिलाई छेपारो करामत पनि भनेका छन् । उनले समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ? भनी पनि व्यंग्य पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?

राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन्।उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त? धन्य हो! छेपारो राजनीतिको करामत? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो?

— Bhim Rawal, PhD (@BhimRawal179) April 8, 2022