Tag: माधव नेपाल

  • झलनाथ खनालकाे अगाडि माधव नेपालले दिए एमसीसीबारे जथाभावी नबाेल्न निर्देशन

    झलनाथ खनालकाे अगाडि माधव नेपालले दिए एमसीसीबारे जथाभावी नबाेल्न निर्देशन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् ।

    नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्त गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न भनेका हुन् । बुधबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय कमिटी बैठक सम्बाेधनका क्रममा उनले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न निर्देशन दिएका हुन् ।

    उनले भने, ‘एमसीसीको विषयमा गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’

    एमसीसीका विषयमा नेता झलनाथ खनालले फरक विचार प्रस्तुत गरिरहेका छन् । उनले एमसीसीकाे विराेध गरिरहेका छन् ।

    बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी छन् । यसअघि उक्त पार्टीले पहिलो पूर्ण बैठक गत असोज र दोस्रो बैठक कात्तिकमा सम्पन्न गरेकाे थियाे ।

  • माधव नेपालले भने- संसद भंग गरेर निर्वाचनामा जाऔँ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

    आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका हुन् ।

    उनले भने ‘संसद्‌मा केपी ओली कति सहने । एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔँ ।’

    एमाले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको छ ।

    केही दिनअघि सत्तारुढ गठबन्धनको बैठकमा पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जाने विषयमा छलफल एको थियो ।

  • व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनसँगै आशङ्का हटे : अध्यक्ष नेपाल

    व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनसँगै आशङ्का हटे : अध्यक्ष नेपाल

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताएका छन् ।

    एमसीसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणापछि आफ्नो पार्टी एमसीसीको पक्षमा उभिएको बताएका हुन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संविधान र संसद्को सर्वोच्चता कायम तथा विधिको शासन स्थापित गर्न गठबन्धनमा आबद्ध दलहरु एमसीसीका सन्दर्भमा जनमानसमा देखिएका आशङ्का निवारण गर्ने गरी व्याख्यात्मक घोषणासहित सम्झौतालाई अनुमोदन गर्ने निर्णयमा पुगिएको बताए । “एमसीसीका सम्बन्धमा स्पष्ट भएर अगाडि जानुपर्छ भनेर पार्टीले संस्थागत निर्णय गरेको हो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएपछि मात्र यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो”, उनले भने ।

    अध्यक्ष नेपालले एमसीसी सम्झौताका कतिपय शङ्का र दोहोरो अर्थ लाग्ने विषयका बारेमा स्पष्ट निरुपण नगरी यथास्थितिमा अनुमोदन गरिनु हुँदैन भनेर आफ्नो पार्टीले दृढ अडान लिएका कारण व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुने अवस्थामा सिर्जना भएको बताए ।

    व्याख्यातमक घोषणाप्रति आलोचना गर्नेलाई उनले अन्तर्राष्ट्रिय कानूनसम्बन्धी ज्ञान नभएको भनी टिप्पणी गरे । नेपालका छिमेकी तथा मित्र राष्ट्रसँगको सहकार्य गर्दै मुलुकलाई समृद्ध बनाइने उनको भनाइ छ । “सबै मित्र राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छौँ, उनीहरुको सहयोग लिएर मुलुकको विकास गर्न चाहन्छौँ”, उनले भने ।

    व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएसँगै मुलुक अगाडि बढेको उल्लेख गर्दै उनले आफूहरुलाई निमिट्यान्न पार्ने षडयन्त्र चकनाचुर भएको बताए । “पछिल्ला दुई हप्तादेखिका षडयन्त्र एकै चुड्कीमा समाप्त भएका छन्, फागुन १ गते हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षडयन्त्र रचिएको थियो”, अध्यक्ष नेपालले भने, “ तर ती षडयन्त्र सफल हुन सकेन ।”

    चीनको चासो स्वाभाविक

    अध्यक्ष नेपालले नेपालको भूमिबाट चीनलाई कुनै खतरा हुन्छ भनेर चासो व्यक्त गर्नु स्वाभाविक भएको बताए । “नेपालको भूमिबाट चीन र भारतले आफूहरु विरोधी गतिविधि हुन्छ कि भनेर चासो राख्नुलाई हामी अस्वाभाविक मान्दैनौँ, नेपाल असंलग्न परराष्ट्र नीति अँगाल्ने देश हो भनेर हामी भन्न चाहन्छौँ,” उनले भने, “नेपालको भूमि शान्ति भूमि हो, अशान्त हुन सक्दैन, नेपाल कुनै पनि गतिविधिमा संलग्न हुँदैन । नेपालबाट छिमेकी ढुक्क भए हुन्छ । हामी त्यस्तो हुन दिँदैनौँ ।”

    सभामुखको पक्षमा दृढतापूर्वक उभिन्छौँ

    अध्यक्ष नेपालले सभामुख अग्निप्रसाद सापकोटाले घुँडा टेक्ने कुरै नभएको बताएका छन् । उनले सभामुखको पक्षमा एकीकृत समाजवादी पार्टी दृढतापूर्वक उभिने बताए । “सभामुखले खुरुक्क राजीनामा दिने ? यो कुरा केपी ओलीले नचिताए हुन्छ”, उनले भने, “हामी सभामुखको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।”

    सभामुखले संसद् र सांसदहरुको अधिकारको रक्षा गरिरहेको उनको टिप्पणी थियो । सभामुखमाथि अनुचित आरोप नलगाउन पनि उनले एमालेलाई चेतावनी दिए । “सभामुखप्रति अपमानजनक व्यवहार गर्ने, सभामुखको गरिमाको रक्षा गर्नुपर्दैन ?”, प्रश्न गर्दै अध्यक्ष नेपालले भने, “एमालेको यो प्रवृत्ति गलत छ ।”

  • केपी ओली फेरि सत्तामा आए नेपाल सिध्याउँछन् : माधव नेपाल

    केपी ओली फेरि सत्तामा आए नेपाल सिध्याउँछन् : माधव नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको आरोप लगाएका छन् ।

    शनिबार काठमाडौंमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले ओली सरकारका तत्कालीन मन्त्री प्रदिप ज्ञवालीले नै नेपाललाई इन्डो प्यासेफिकको अंग बनाउने कागजमा सही गरेको आरोप लगाएका हुन् ।

    नेपालले भने, ‘एमसीसी कहाँ-कहाँ जोडिएको छ त ? यो इन्डोप्यासिफिक अंग बनाएर आएको छ । यो अंग बनायो कसले ? वामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदीप ज्ञवालीले गएर नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए । त्यसपछि नेपाल त्यसको अंग बन्यो । पछि श्रीलंकाको नाम काटियो । नेपालको नाम रह्यो । जब नेपालमा त्यसको हामीले जोडदार विरोध गर्‍याैँ । त्यसैको कारण अहिले बल्ल त्यसमा नेपालको नाम काटिन पुगेको छ । यो नेपाली जनताको संघर्षबाट भएको हो । केपी ओलीले सिध्याइसकेका थिए, नेपाललाई इन्डोप्यासिफिक अंग बनाउनका लागि । केपी आएपछि त फेरि सिध्याइदिन्छन् । फेरि बनाइदिन्छन् । त्यो हुनाले हामी रह्यौं भने त्यो बन्दैन ।’

    उनले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहोर्‍याए । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा भएको भन्दै उनले विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने धारणा राखे ।

    त्यस्तै अध्यक्ष नेपाले छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने जिकीर गरे । उनले एमसीसीका बाहानमा एमालेले षड्यन्त्र गर्न खोजेको टिप्पणी गरे ।

    त्यस्तै अध्यक्ष नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरुलाई अपदस्थ गर्न खोजेको समेत उल्लेख गरे ।

     

  • दाहाल–नेपालबीच भेटवार्ता : गठबन्धन जाेगाउन पर्नेमा जाेड

    दाहाल–नेपालबीच भेटवार्ता : गठबन्धन जाेगाउन पर्नेमा जाेड

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    शुक्रबार दिउँसाे अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुगेका थिए ।

    भेटवार्ताका क्रममा अलमलमा परेकाे वर्तमान राजनीतिक विषयलाई समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरूलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उनकाे भनाइ छ ।

    प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताए । गठबन्धनको आवश्यकता र महत्त्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडि बढ्नुपर्ने पार्टीको जोड रहेको उनले स्पष्ट पारे ।

  • आइतबार पनि भएन एमालेले निष्कासन गरेका सांसदविरुद्ध परेको मुद्दाको सुनुवाइ

    काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ सांसदमाथिकाे मुद्दाकाे सुनुवाई आइतबार पनि राेकिएकाे छ ।

    नेकपा एमालेले निष्कासन गरेका सांसदहरुलाई सभामुख अग्नि सापकाेटाले गैरकानूनी रुपमा जोगाएका भन्दै एमालेले मुद्दा दर्ता गरेकाे थियाे ।

    लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण भएको भन्दै सुनुवाई सार्न निवेदन परेपछि आइतबार पेशी तोकिएको मुद्दाकाे सुनुवाई सरेको हो । न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।

  • चुनावसँग एकीकृत समाजवादी अत्तालिएको छैन : माधव नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनसँग आफूहरु नडराएको बताएका छन् ।

    आफूनिकट कर्मचारीहरुको भेला सम्बोधनका क्रममा चुनावसँग आफ्नो दल र गठबन्धनमा रहेका दल नअत्तालिएको बताएका हुन् । नेपालले भने- ‘हामी चुनाव जहिले भएपनि जनताको जान तयार छौँ, गठबन्धनमा यही आशय व्यक्त भएको छ । निर्वाचनसम्म गठबन्धन कायम राख्ने प्रतिवद्धता कांग्रेसबाट आएको छ ।’

    स्थानीय निर्वाचनभन्दा अघि संघीय संसद वा त्यअसघि वैशाख वा जेठमा स्थानीय चुनाव भए पनि एकीकृत समाजवादी सामाना गर्न तयार रहेको बताए । अनेकौँ भ्रम छर्दै एमालेले गठबन्धन तोड्ने कोशिस गरेको आरोप लगाउँदै नेपालले चुनावसँग एमाले डराएको पनि जिकीर गरे । ‘गठबन्धनलाई तोड्न खोजेर एमाले अत्तालिएको होला हामी अत्तालिएका छैनौँ,’ उनले भने ।

  • राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीका यी हुन् उम्मेदवार

    राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीका यी हुन् उम्मेदवार

    ठमाडाैं । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारको टुंगो लगाएको छ । ५ दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ ।

    समाजवादीले प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी शाहलाई उम्मेदवार बनाएकाे छ ।

    राष्ट्रियसभाको निर्वाचन आगामी १२ माघमा हुनेछ ।

  • एकीकृत समाजवादी पार्टीप्रतिकाे आकर्षणले थप उत्साहित बनाएकाे छ : माधव नेपाल

    एकीकृत समाजवादी पार्टीप्रतिकाे आकर्षणले थप उत्साहित बनाएकाे छ : माधव नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको लक्ष्य र उदेश्य जनतामात्र भएको बताएका छन् ।

    शुक्रबार नेकपा (एकीकृत समाजवादी) र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो उदेश्य चूनाव नभएर जनता र जनताको समस्या भएको बताएका हुन् । उनले जनताको समस्या समाधानका लागि आफ्नो पार्टी अग्रपङ्तीमा उभिने जिकिर गरे ।

    उनले छलफल र परामर्शका आधारमा पार्टीले सहि निर्णय गर्ने बताए । अध्यक्ष नेपालले अहिले एकीकृत समाजवादी पार्टी प्रति आकर्षण बढेको भन्दै यसले थप उत्साहित बनाएको पनि जानकारी गराए ।

    कार्यक्रममा राष्ट्रिय जागरण परिषद भण्डारीले आफू सदैव राष्ट्रिय हितको पक्षमा लाग्ने व्यक्ति भएकाले एकीकृत समाजवादीमा आएको बताए । उनले एमसीसीको चालवाजीलाई अब नेपाली जनताले बुझ्नुपर्ने धारणा राखे ।

    भण्डारी केही वर्षअघि राष्ट्रिय जनमोर्चामा र एमालेमा पनि थिए । तर, एमालेले एमसीसीको पक्ष लिएकोमा असन्तुष्ट भण्डारीले गत वर्ष जागरण परिषद् गठन गरेका थिए ।

  • माओवादी महाधिवेशनमा माधव नेपालले भने- मन मिलेपछि अरू केही चाहिँदो रहेनछ

    माओवादी महाधिवेशनमा माधव नेपालले भने- मन मिलेपछि अरू केही चाहिँदो रहेनछ

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीसँग आफूहरूको मन मिलेको बताएका छन् ।

    ‘तपाईँहरूसँग मन मिल्यो । मन मिलेपछि अरू केही चाहिँदो रहेनछ । मन मिलेपछि भावना मिल्दै जाँदो रहेछ,’ उनले भने ।

    उनले नेपाली समाजवाद कस्तो हुने भन्ने सबैसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह पनि गरे । सत्ता गठबन्धन, संसदमा रहेका दलहरूबीच र बौद्धिक समुदायमा नेपाली समाजवाद कस्तो हुने भन्ने व्यापक रूपमा छलफल गर्न अध्यक्ष नेपालले प्रधानमन्त्री देउवासँग आग्रह गरेका हुन् ।

    उनले पार्टीहरूभित्र पनि नेपाली समाजवाद कस्तो हुने भन्ने छलफल हुनुपर्ने बताए ।