कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।

पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि फेरि दोस्रो चरणमा मतदान हुन लागेको हो । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएका तीन ठाउँमा दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।

याे पनि :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१