काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ ।
भ्रष्टाचार गरेको आरोपमा महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाइका प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकनमा पाँचजनाको संलग्नता रहेको आयोगले जनाएको छ ।