प्रतियाेगीमा काेराेना संक्रमण पुष्टि भएपछि राेकियाे ‘मिस वर्ल्ड’

काठमाडौं । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि ‘मिस वर्ल्ड’ प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएकाे छ ।

मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गरी ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना गर्ने तयारी गरिएको थियो । शुरुमा सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसपछि अन्यको परीक्षण गर्दा पनि कोरोना देखिएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो ।

अब आयोजकले सबै प्रतियोगीहरुको कोरोना परीक्षण गरेर उनीहरुलाई आफ्नो देश फर्काउने तयारी गरेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१