प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

बुधबार नेकपा एमालेको अवरोधकै बीच चार अध्यादेश स्वीकृत गर्दै बैठक ११ दिनका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

प्रतिनिध सभाको अर्को बैठक पुस १८ गते आइतबार दिउसो १ बजे बस्ने बताइएको छ ।

गत भदौदेखि संसदमा विरोध जनाइरहेकाे एमालले बुधबार पनि विराेध जारी राखेको थियो । सरकारले र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्ष दल फुटाउने मतियारको भूमिका खेलेको भनी निरन्तर विरोध गरिरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१