• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा पार्टी

काठमाडाैं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, दर्शनाले भनेकी छन्, ‘पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

उनले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर नेतृत्वले पार्टीमा फोहोर गरिरहेको आरोप पनि लगाएकी छन् । उनले आफ्नो वक्तव्यमा विवेकशील साझा पार्टीभन्दा माथि देश हुने पनि बताएकी छन् । उनले पार्टीको जग असली हालेको भए पनि तला थप्ने क्रममा कमसल बन्न पुगेको टिप्पणी पनि गरेकी छन् ।

दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेकी थिइन् ।