२ सय ९३ जना काेराेना संक्रमित थपिए, कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । बिहीबार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ५ सय १० पिसिआर परीक्षणका क्रममा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टीजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार ७ सय ५६ पुगेको छ । त्यस्तै, कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ५ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै, थप २ सय ६३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ९ सय २२ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ हजार १ सय ६१ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१