एमाले अब पानीको फाेकाजस्तै भयाे : नेता खनाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमाले विखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पूरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब बिखण्डनतर्फ जान लागेको भन्दै अब माथि उठ्न नसक्ने तर्क गरेका हुन् ।

उनले जनताले शक्तिशालि बनाएको एमालेलाई केपी ओलीले कमजोर बनाएकाले एमाले अब पानीको फोका जस्तै भएको जिकीर गरे । खनालले गएको निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई पनि ओलीले तिलाञ्जली दिएको र पार्टीलाई सही बाटोमा हिँडाउन नसकेका कारण आफूहरुले नयाँ बाटो रोजेको उनकाे भनाइ छ ।

त्यस्तै खनालले पार्टी निर्माणको चार महिनामै आफूहरुले राष्ट्रव्यापी पार्टी बनाइसकेको समेत दाबी गरे । खनालले समाजवादमा पुगेर मात्र सुखी नेपाली समृद्ध नेपालको चाहाना पूरा हुने धारणा राखे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१