थपिए २६० जना कोरोना संक्रमित, कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । यही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएपछि ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१