थप २१९ जनामा कोरोना भाइरस पुष्टि, २ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २८३ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ । मृत्‍यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ । यसैगरी, ८ लाख १० हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ जना रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१