२७१ जना संक्रमित थपिए, २२५ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमित थपिएका छन् । यसैगरी २२५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७२९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा हाल संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ । यीमध्ये हालसम्म ८ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५८६ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको कुल संख्या ४ हजार ९३१ जना रहेको छ भने तीमध्ये ७८ जना आईसीयू तथा २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१